Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चौहान समुदायलाई अल्पसंख्यकमा सूचीकृत गर्न सरकारसमक्ष माग

ज्ञापनपत्रमा मधेश प्रदेशका विभिन्न जिल्लासहित पर्सामा समेत चौहान समुदायको उल्लेख्य उपस्थिति रहे पनि सरकारी अभिलेख, जनगणना, नागरिकता तथा अन्य आधिकारिक दस्तावेजमा समुदायको स्पष्ट पहिचान स्थापित हुन नसकेको उल्लेख गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १, २०८३
चौहान समुदायलाई अल्पसंख्यकमा सूचीकृत गर्न सरकारसमक्ष माग

वीरगंज (पर्सा), १ असार । नेपाल चौहान कल्याण समाज, पर्साले चौहान जातिलाई अल्पसंख्यक समुदायको रूपमा आधिकारिक सूचीमा समावेश गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । समाजका प्रतिनिधिहरूले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमन्त्री कार्यालय, सिंहदरबार काठमाडौंमा उक्त ज्ञापनपत्र पठाएका हुन् ।

ज्ञापनपत्रमा मधेश प्रदेशका विभिन्न जिल्लासहित पर्सामा समेत चौहान समुदायको उल्लेख्य उपस्थिति रहे पनि सरकारी अभिलेख, जनगणना, नागरिकता तथा अन्य आधिकारिक दस्तावेजमा समुदायको स्पष्ट पहिचान स्थापित हुन नसकेको उल्लेख गरिएको छ । यही कारण समुदायका सदस्यहरू राज्यबाट प्रदान गरिने विभिन्न अवसर, अधिकार तथा सुविधाबाट वञ्चित हुने अवस्था रहेको समाजको दाबी छ ।

समाजका अनुसार पर्सा जिल्लाका विभिन्न स्थानीय तह र वडाहरूमा मात्रै करिब पाँच हजार चौहान समुदायका नागरिक बसोबास गर्दै आएका छन् । तर, ‘मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन–२०७८’ मा चौहानलाई अन्य जातिको सूचीमा समावेश गरिएको भन्दै उक्त व्यवस्था पुनरावलोकन गरी चौहान जातिलाई छुट्टै पहिचानसहित अल्पसंख्यक समुदायमा सूचीकृत गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा नेपालको संविधान–२०७२ ले सुनिश्चित गरेका मौलिक हक, समावेशी प्रतिनिधित्व तथा राज्यका सेवा–सुविधामा समान पहुँच सुनिश्चित गर्न चौहान समुदायको पृथक् पहिचान आवश्यक रहेको उल्लेख छ । साथै समुदायको संरक्षण, संवद्र्धन र सशक्तीकरणका लागि आवश्यक नीति तथा कानुनी व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ ।

जातीय सूचीकरण अभियानका संयोजक चन्देश कुमार चौहान तथा नेपाल चौहान कल्याण समाजका कार्यवाहक अध्यक्ष अवध बिहारी प्रसाद चौहानद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सम्बन्धित निकायमार्फत चौहान समुदायलाई अल्पसंख्यक सूचीमा समावेश गर्न आवश्यक पहल र सिफारिस गरिदिन अनुरोध गरिएको छ । समाजका अनुसार ज्ञापनपत्रको बोधार्थ राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा मधेश प्रदेश सरकारअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत पठाइएको छ ।

Tags: नेपाल चौहान कल्याण समाज
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय पक्षले एकतर्फी रूपमा सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, रौतहटको गौर डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी रूपमा सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, रौतहटको गौर डुबानको जोखिममा

असार १, २०८३
एसएसपी कृष्णबहादुर पल्ली मगरले सम्हाले प्रदेश प्रहरी कार्यालय वीरगंजको नेतृत्व

एसएसपी कृष्णबहादुर पल्ली मगरले सम्हाले प्रदेश प्रहरी कार्यालय वीरगंजको नेतृत्व

असार १, २०८३
चौहान समुदायलाई अल्पसंख्यकमा सूचीकृत गर्न सरकारसमक्ष माग

चौहान समुदायलाई अल्पसंख्यकमा सूचीकृत गर्न सरकारसमक्ष माग

असार १, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

बैंकिङ कसुर र चेक अनादर मुद्दाका फरार प्रतिवादी सहनी पक्राउ

असार १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि