Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विरोधीबाट डराउने अवस्था छैन, रास्वपाको उदय ‘सुनामी’ जस्तै थियोः माधव नेपाल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १६, २०८३
विरोधीबाट डराउने अवस्था छैन, रास्वपाको उदय ‘सुनामी’ जस्तै थियोः माधव नेपाल

काठमाडौँ, १६ जेठ । नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी अहिले पनि राजनीतिक रूपमा मजबुत अवस्थामा रहेको दाबी गरेका छन् । विरोधी शक्तिहरू आक्रामक देखिएपनि आफूहरूलाई टाउको लुकाएर हिँड्नुपर्ने वा भाग्नुपर्ने कुनै कारण नरहेको उनले बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन सफलतालाई ‘सुनामी’ सँग तुलना गरे । उनका अनुसार रास्वपाले हासिल गरेको उल्लेखनीय मत र सिटको पछाडि रहेका कारणबारे अझै खोजबिन र बहस भइरहेको छ ।

उनले पार्टीभित्रकै केही व्यक्तिहरूले समय–समयमा विभिन्न रहस्य सार्वजनिक गर्ने चेतावनी दिँदै आएको उल्लेख गर्दै त्यसबेला भएका घटनाक्रमबारे भविष्यमा थप तथ्य बाहिर आउने संकेत गरे । निर्वाचन प्रक्रियामा विभिन्न निकायहरूको भूमिका, मतपत्र व्यवस्थापन तथा अन्य पक्षहरूबारे समेत एक दिन वास्तविकता खुल्ने उनको भनाइ थियो । नेपालले निर्वाचनको परिणामलाई केवल सामान्य राजनीतिक परिवर्तनका रूपमा नभई असाधारण घटनाका रूपमा व्याख्या गरे । उनले त्यसको पृष्ठभूमि र त्यसबेलाको परिस्थितिबारे अझै गहिरो अध्ययन आवश्यक रहेको बताए ।

भेलालाई सम्बोधन गर्ने क्रममा उनले नेपालको लोकतान्त्रिक अभ्यासमा महिला र दलित समुदायको सहभागिता सुनिश्चित गर्न आफ्नो राजनीतिक धाराले खेलेको भूमिकाको पनि चर्चा गरे । वि.सं. २०४७ सालको संविधान निर्माण प्रक्रियादेखि नै राज्यका महत्वपूर्ण निकायमा महिलाको प्रतिनिधित्व अनिवार्य बनाउन आफूहरू अग्रसर रहेको उनको दाबी थियो । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायत संवैधानिक तथा राजनीतिक पदहरूमा महिला सहभागिता सुनिश्चित गर्ने व्यवस्थाको श्रेय आफ्नो राजनीतिक धारालाई जाने उनले बताए ।

अहिले राजनीतिक सफलता हासिल गरेका दलका नेताहरूले त्यस प्रक्रियामा कति योगदान दिएका थिए भन्ने प्रश्नसमेत उनले उठाए । नेपालले लोकतान्त्रिक अधिकार, समावेशी प्रतिनिधित्व र सामाजिक न्यायका लागि आफूहरूले लामो समयदेखि संघर्ष गर्दै आएको उल्लेख गर्दै ती उपलब्धिहरूको मूल्यांकन इतिहासले गर्ने विश्वास व्यक्त गरे ।

Tags: माधवकुमार नेपाल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

साउन २, २०८३
पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

साउन २, २०८३
तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

साउन २, २०८३
कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

साउन २, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि