Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सडकबाट सहारासम्मः मानवसेवा आश्रम वीरगंजको ९ वर्षे प्रेरणादायी यात्रा

शाखा स्थापना भएदेखि २०७९ सालसम्म वीरगंज-९ मा इन्डियन एम्बेसी पछाडिको भाडाको घरबाट सेवा सञ्चालन गरिएको थियो । पछि २०८० सालमा प्रदेशसभा सदस्य रमेश पटेलको पहलमा वीरगंज-२५ श्रीसियामा निर्माण गरिएको वृद्धाश्रम भवनमा आश्रमलाई व्यवस्थित रूपमा स्थानान्तरण गरिएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १५, २०८३
सडकबाट सहारासम्मः मानवसेवा आश्रम वीरगंजको ९ वर्षे प्रेरणादायी यात्रा

वीरगंज (पर्सा), १५ जेठ । मानवसेवा आश्रम को वीरगंज शाखाले शुक्रबार आफ्नो ९औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ । नौ वर्षअघि नारायणी अस्पतालबाट एक सहयोगापेक्षी व्यक्तिको उद्धारसँगै सुरु भएको शाखाले हाल सयौं बेसहारा नागरिकको सहारा बनेर मानवीय सेवाको उदाहरण प्रस्तुत गरिरहेको छ । वि.सं. २०७४ जेठ १५ गते नारायणी अस्पताल परिसरबाट ‘शंकर’ नाम गरेका एक सहयोगापेक्षी व्यक्तिको उद्धार गर्दै मानवसेवा आश्रम वीरगंज शाखाको औपचारिक सुरुआत गरिएको थियो ।

उक्त अभियानमा आश्रमका संस्थापक देवेश गुप्ता सहित तत्कालीन प्रमुख जिल्ला अधिकारी केशव प्रसाद घिमिरे, डा. दीपक शाक्य, मीनाक्षी गुप्ता, रहबर अन्सारी, उषा शाह, कनिका कौशिक, मायामितु न्यौपाने लगायतको उल्लेखनीय सहभागिता रहेको थियो । शाखा स्थापना भएदेखि २०७९ सालसम्म वीरगंज-९ मा इन्डियन एम्बेसी पछाडिको भाडाको घरबाट सेवा सञ्चालन गरिएको थियो । पछि २०८० सालमा प्रदेशसभा सदस्य रमेश पटेलको पहलमा वीरगंज-२५ श्रीसियामा निर्माण गरिएको वृद्धाश्रम भवनमा आश्रमलाई व्यवस्थित रूपमा स्थानान्तरण गरिएको हो ।

आश्रमले वीरगंज महानगरपालिकाबाट वीरगंज-१५ लक्ष्मणवामा प्राप्त १४ कठ्ठा जग्गामा करिब २० करोड रुपैयाँ लागतमा आधुनिक तथा सुविधा सम्पन्न आफ्नै भवन निर्माणको कामसमेत अघि बढिसकेको जनाएको छ । विशुद्ध परोपकारी र गैरनाफामूलक सामाजिक संस्थाका रूपमा परिचित मानवसेवा आश्रमले २०६९ सालदेखि देशभर मानव सेवाको अभियान सञ्चालन गर्दै आएको छ ।

२०७३ साउन २ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत् दर्ता भएको संस्थाले सडकपेटी, खुला आकाशमुनि तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सहयोगापेक्षी मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण तथा पारिवारिक पुनर्मिलनको कार्य गर्दै आइरहेको छ । हाल आश्रमले ‘घरपरिवारविहीन, बेसहारा तथा सहयोगापेक्षी मानवमुक्त नेपाल’ निर्माण गर्ने लक्ष्यसहित सातै प्रदेशका २२ जिल्लामा ३४ वटा सेवाकेन्द्र सञ्चालन गरिरहेको जनाएको छ ।

वीरगंज शाखाका अनुसार स्थापना कालदेखि हालसम्म ३४२ जनाको उद्धार गरिएको छ । तीमध्ये १५९ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ३३ जनाको सामुदायिक पुनर्स्थापना गरिएको छ । यस्तै ६५ जनालाई आश्रमका अन्य शाखामा स्थानान्तरण गरिएको र ४१ जनाले आश्रममै अन्तिम श्वास लिएको शाखाले जनाएको छ । हाल श्रीसियास्थित आश्रममा ४४ जना महिला, पुरुष तथा बालबालिका आश्रितका रूपमा बसोबास गरिरहेका छन् ।

संस्थापक देवेश गुप्ताले आश्रम पर्सा–बारावासीको माया, विश्वास र सहयोगकै बलमा निरन्तर अघि बढिरहेको बताए । ‘धेरैले यस्तो संस्था कसरी सञ्चालन भइरहेको छ भनेर प्रश्न गर्नुहुन्छ,’ उनले भने, ‘हामी गर्वका साथ भन्छौं यो आश्रम पर्सा–बाराका आम नागरिकको पसिनाको कमाइ र सहयोगबाट चलेको संस्था हो ।’

उनका अनुसार दैनिक ज्याला मजदुरी गरेर जीवन धान्ने श्रमिकदेखि उद्योगपति, व्यापारी, कर्मचारी, विद्यार्थी र गृहिणीसम्म सबै वर्गका व्यक्तिहरूले आफ्नो क्षमता अनुसार सहयोग गर्दै आएका छन् । सहयोगी मन, दाताहरू र शुभेच्छुकहरूको निरन्तर साथबिना ९ वर्षको यात्रा सम्भव नहुने उनले बताए । वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम वीरगंज परिवारले विगत नौ वर्षदेखि निरन्तर सहयोग, माया, विश्वास र हौसला प्रदान गर्ने सम्पूर्ण वीरगंजवासी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै ‘मानवता नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने भावनासहित सेवा कार्यलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

Tags: मानवसेवा आश्रम वीरगंज
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३
एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

अशोज १५, २०८३
११ क्विन्टलभन्दा बढी गाँजा बरामद, पिकअप र मोटरसाइकल नियन्त्रणमा

११ क्विन्टलभन्दा बढी गाँजा बरामद, पिकअप र मोटरसाइकल नियन्त्रणमा

अशोज १५, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि