Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको आन्दोलन चर्कियो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

काठमाडौँ, ६ जेठ । सरकारी विज्ञापन वितरणमा गरिएको विभेदकारी निर्णयको विरोधमा नेपाल पत्रकार महासंघले थप दबाबमूलक आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सरकारले खर्च कटौतीको नाममा सबै तहका सरकारी सूचना तथा विज्ञापन राज्यनियन्त्रित सञ्चारमाध्यममा मात्रै केन्द्रित गर्ने नीति अवलम्बन गरेको आरोप लगाइएको छ । महासंघका अनुसार उक्त कदमले निजी सञ्चारमाध्यम तथा श्रमजीवी पत्रकारहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सरकारी सूचनामा सबै सञ्चारमाध्यमको समान पहुँच, श्रमजीवी पत्रकारको हित संरक्षण तथा विज्ञापन वितरणमा देखिएको विभेद अन्त्य गर्न पटक–पटक आग्रह गर्दा पनि सरकारले चासो नदिएपछि आन्दोलनलाई थप सशक्त बनाइएको महासंघले जनाएको छ । घोषित कार्यक्रमअनुसार २०८३ जेठ ७ गतेदेखि एक सातासम्म महासंघका केन्द्रीय, प्रदेश र जिल्ला तहबाट हस्ताक्षर संकलन अभियान सञ्चालन हुनेछ । त्यस्तै जेठ ११ गते महासंघको केन्द्रीय टोलीले संघीय संसद्का सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा विषयगत समितिका सभापतिहरूलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । प्रदेश र जिल्ला शाखाले भने इमेल तथा हुलाकमार्फत सम्बन्धित निकायमा ज्ञापनपत्र पठाउनेछन् ।

महासंघले जेठ १४ गते देशभरका पत्रपत्रिका, टेलिभिजन, रेडियो तथा अनलाइन सञ्चारमाध्यममा सरकारी निर्णयको विरोधस्वरूप सम्पादकीय वा अन्य उपयुक्त स्थानमा कालो राख्ने कार्यक्रमसमेत तय गरेको जनाएको छ । साताव्यापी आन्दोलनबाट पनि माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी महासंघले दिएको छ ।

यसअघि महासंघले पूर्वअध्यक्षहरू, राष्ट्रिय दैनिक र अनलाइन सञ्चारमाध्यमका सम्पादक, विभिन्न राजनीतिक दलका संसदीय दलका नेता लगायतसँग छलफल गरेको थियो । प्रदेश समितिहरूले मुख्यमन्त्रीहरूसँग भेटघाट गरी आफ्नो धारणा राखेका थिए भने जिल्ला शाखाहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । महासंघले सामाजिक सञ्जालमार्फत विरोध अभियान सञ्चालन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग संवाद र लबिङलाई पनि तीव्र बनाएको जनाएको छ ।

Tags: नेपाल पत्रकार महासंघ
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

जेष्ठ ६, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

मोटरसाइकल चोरीमा संलग्न युवक पक्राउ

जेष्ठ ६, २०८३
विश्रामपुरमा गएराति करिब डेढ करोड रुपैयाँ बराबरको गरगहना चोरी

विश्रामपुरमा गएराति करिब डेढ करोड रुपैयाँ बराबरको गरगहना चोरी

जेष्ठ ६, २०८३
औषधी व्यवस्था विभागद्वारा एक महिनामा १६ फर्ममा सिलबन्दी

औषधी व्यवस्था विभागद्वारा एक महिनामा १६ फर्ममा सिलबन्दी

जेष्ठ ६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि