Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सर्वोच्चमा ‘रिट युद्ध’, संसददेखि अदालतसम्म तरंगः मल्लको आदेशपछि न्यायपालिका पुनः विवादमा !

सोमबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता गर्न आएका सबै रिट निवेदन तथा दरपीठ आदेशविरुद्धका निवेदन समेत दर्ता गर्न आदेश दिँदै मंगलबारका लागि पेशी तोक्न निर्देशन दिएकी हुन् । दरपीठको निर्णयविरुद्ध पुनः रिट दर्ता गर्न खोज्दा पनि मुख्य रजिष्ट्रार कार्यालयले अस्वीकार गरेपछि कानुन व्यवसायीहरू आक्रोशित बनेका थिए । उनीहरूले सर्वोच्च अदालत प्रशासनमाथि न्यायिक प्रक्रियामै हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
जेष्ठ ४, २०८३
सर्वोच्चमा ‘रिट युद्ध’, संसददेखि अदालतसम्म तरंगः मल्लको आदेशपछि न्यायपालिका पुनः विवादमा !

वीरगंज (पर्सा), ४ जेठ । प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई लिएर सर्वोच्च अदालतभित्र शुरु भएको विवाद अब संसद्, न्यायपालिका र राजनीतिक वृत्तसम्म फैलिएको छ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले दरपीठ गरिएका रिट निवेदन दर्ता गर्न आदेश दिएपछि सर्वोच्च अदालतभित्र अभूतपूर्व तनाव सिर्जना भएको छ भने प्रतिनिधिसभामै यसको चर्को प्रतिवाद भएको छ । उता प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश डा. मनोज कुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेपछि नियुक्ति प्रक्रिया थप विवादित बनेको छ ।

सोमबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता गर्न आएका सबै रिट निवेदन तथा दरपीठ आदेशविरुद्धका निवेदन समेत दर्ता गर्न आदेश दिँदै मंगलबारका लागि पेशी तोक्न निर्देशन दिएकी हुन् । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका चौथो बरियताका न्यायाधीश डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि उक्त निर्णयविरुद्ध कानुन व्यवसायीहरूले रिट दायर गर्न खोजेका थिए । तर सर्वोच्च प्रशासनले ती रिट दरपीठ गर्दै दर्ता अस्वीकार गरेको थियो ।

दरपीठको निर्णयविरुद्ध पुनः रिट दर्ता गर्न खोज्दा पनि मुख्य रजिष्ट्रार कार्यालयले अस्वीकार गरेपछि कानुन व्यवसायीहरू आक्रोशित बनेका थिए । उनीहरूले सर्वोच्च अदालत प्रशासनमाथि न्यायिक प्रक्रियामै हस्तक्षेप गरेको आरोप लगाएका थिए । केही वरिष्ठ कानुन व्यवसायीले प्रत्यक्ष रूपमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई भेटेर गुनासो राखेपछि उनले हस्तक्षेप गर्दै रिट दर्ता गर्न आदेश दिएकी थिइन् ।

तर मल्लको आदेशसँगै सर्वोच्च अदालतभित्रै असामान्य परिस्थिति सिर्जना भएको बताइएको छ । प्रशासनबाट दरपीठ गरिएको रिट दर्ता गर्न आदेश आएपछि सर्वोच्च प्रशासनका कर्मचारीहरू कार्यालय छाडेर बाहिरिएका थिए । यस घटनाले सर्वोच्च अदालतभित्र प्रशासनिक र न्यायिक अधिकारबीचको टकराव सतहमै आएको देखिएको छ । सर्वोच्च अदालतको इतिहासमै न्यायिक प्रशासन यसरी खुला विवादमा तानिनु दुर्लभ मानिएको छ ।

उक्त घटनाले संसद्मा समेत प्रतिध्वनि पैदा गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले विशेष समय लिएर कामु प्रधानन्यायाधीश मल्लको कदममाथि कडा आपत्ति जनाए । अधिवक्तासमेत रहेका न्यौपानेले अदालतको स्थापित प्रशासनिक तथा न्यायिक अभ्यासविपरीत रिट दर्ता गर्न आदेश दिइएको दाबी गर्दै यसले न्यायपालिकाको संस्थागत विश्वसनीयतामाथि प्रश्न उठाएको बताए ।

उनले अदालतभित्रको प्रक्रिया, अधिकारक्षेत्र र प्रशासनिक सीमाको ख्याल नगरी गरिएको हस्तक्षेपले न्यायालयलाई थप विवादमा धकेल्ने चेतावनी दिए । सर्वोच्च अदालतभित्रै प्रशासनिक संरचना र न्यायिक नेतृत्वबीच अविश्वास बढ्दै गएको संकेत यस घटनाले दिएको उनको भनाइ थियो ।

यता विवादको केन्द्रमा रहेका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेको खुलेपछि नियुक्ति प्रक्रिया थप पेचिलो बनेको छ । संसदीय सुनुवाइ समितिले वैशाख २५ गते उजुरी आह्वान गरेको थियो । सोमबारसम्म उजुरी दर्ता गर्न सकिने समयसीमा तोकिएकोमा शर्माविरुद्ध उल्लेख्य संख्यामा उजुरी परेका हुन् ।

सुनुवाइ समितिले मंगलबारदेखि ती उजुरीमाथि अध्ययन शुरु गर्ने तयारी गरेको छ । उजुरीहरूमा न्यायिक आचरण, वरिष्ठताको विवाद, निर्णय क्षमतादेखि न्यायिक निष्पक्षतासम्मका विषय उठाइएको बताइएको छ । यद्यपि उजुरीहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

गत वैशाख २४ गते संवैधानिक परिषद्को बैठकले चौथो बरियताका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । उक्त सिफारिसपछि वरिष्ठताक्रम मिचिएको भन्दै कानुन व्यवसायी तथा न्यायिक वृत्तमा तीव्र असन्तुष्टि देखिएको थियो । अहिले त्यो असन्तुष्टि अदालतभित्रको ‘रिट युद्ध’ मा परिणत भएको छ ।

प्रधानन्यायाधीश नियुक्तिजस्तो संवेदनशील विषयमा सर्वोच्च अदालतभित्रै प्रशासनिक अस्वीकार, न्यायिक हस्तक्षेप, संसद्को आपत्ति र सार्वजनिक विवाद एकसाथ सतहमा आउनुले नेपालको न्यायपालिका गम्भीर संकटको मोडमा पुगेको संकेत गरेको छ । न्यायपालिकालाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय संस्थाका रूपमा हेर्ने जनविश्वास कमजोर भइरहेका बेला यो घटनाक्रमले अदालतभित्रको शक्ति संघर्षलाई झन् छताछुल्ल बनाएको विश्लेषण हुन थालेको छ ।

Tags: प्रधानन्यायाधीश नियुक्ति विवाद चर्कियो: सर्वोच्च अदालतमा तरंग
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि