Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दुर्गा प्रसाईंको आक्रोशः ‘यो व्यवस्था फेर्नुपर्छ’ सरकारदेखि दल र सुरक्षानिकायसम्म कडा प्रहार !

प्रसाईंले संसद् र पुराना राजनीतिक दलप्रति पनि कटाक्ष गरे । उनले सदन जनताको आवाज उठाउने थलो नभई ‘चुम्बन र सत्ताको खेल हुने ठाउँ’ बनेको टिप्पणी गरे । प्रचण्ड, केपी शर्मा ओली र शेरबहादुर देउवामाथि गरिबविरोधी राजनीति गरेको आरोप लगाउँदै उनले ‘पुराना दलहरूको रिस गरिबमाथि पोखिएको’ दाबी गरे ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
जेष्ठ ४, २०८३
दुर्गा प्रसाईंको आक्रोशः ‘यो व्यवस्था फेर्नुपर्छ’ सरकारदेखि दल र सुरक्षानिकायसम्म कडा प्रहार !

वीरगंज (पर्सा), ४ जेठ । नागरिक बचाऔं महाअभियानका संस्थापक एवं सामाजिक अभियन्ता दुर्गा प्रसाईंले वर्तमान राजनीतिक व्यवस्था, सरकार, पुराना राजनीतिक दल र राज्य संयन्त्रप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै ‘यो व्यवस्था नै फेर्नुपर्ने अवस्था आएको’ बताएका छन् । वीरगंज आउने क्रममा सिमरा एयरपोर्टमा टिबी वीरगंजका संचालक एवं पत्रकार धु्रव साहसँगको संवादमा उनले आफू सरकारको होइन, ‘नागरिक र उत्पीडित वर्गको मान्छे’ भएको दाबी गर्दै सुकुम्बासी, सहकारी पीडित, लघुवित्त पीडित र विस्थापित जनताको पक्षमा आन्दोलन जारी रहने घोषणा गरे ।

प्रसाईंले अहिलेको राज्य प्रणालीकै कारण हजारौं नागरिक भूमिहीन र विस्थापित बन्न बाध्य भएको आरोप लगाए । सहकारी, लघुवित्त र बैंकिङ प्रणालीका कारण सर्वसाधारण सडकमा पुगेको उल्लेख गर्दै उनले राज्यको आर्थिक नीति असफल भएको दाबी गरे । ‘व्यापार–व्यवसाय बिग्रियो, जनताको घरबार गयो, तर सरकार जनताको पक्षमा उभिन सकेन,’ उनले भने ।

वीरगंज, कलैया लगायत मधेशका विभिन्न क्षेत्रमा भइरहेको संरचना हटाउने अभियानप्रति आक्रोश व्यक्त गर्दै प्रसाईंले रातिको समयमा सेना र प्रहरी परिचालन गरेर घर भत्काउनु अमानवीय भएको टिप्पणी गरे । ‘महाभारतको युद्धमा समेत सूर्यास्तपछि लडाइँ रोकिन्थ्यो, तर यहाँ जनताको घरमा राति डोजर चलाइयो,’ उनले भने । सडक विस्तार आवश्यक भएपनि जनतालाई आतंकित पार्ने शैली अस्वीकार्य भएको उनको भनाइ थियो ।

उनले आफूलाई वीरगंज आउन पटक–पटक रोकिएको दाबी गर्दै राज्यले राजनीतिक पूर्वाग्रहका आधारमा आफ्नो गतिविधि नियन्त्रण गर्न खोजेको आरोप लगाए । ‘पहिलोपटक पूजा गर्न आउँदा रोकियो, दोस्रोपटक पनि रोकियो, अहिले मात्रै आउन पाएँ,’ उनले भने । आफू आन्दोलनका कारण चुनावी राजनीतिमा नगएको उल्लेख गर्दै उनले ‘संसद्भन्दा सडकको प्रतिपक्ष बलियो हुनुपर्छ’ भन्ने धारणा राखे ।

प्रसाईंले संसद् र पुराना राजनीतिक दलप्रति पनि कटाक्ष गरे । उनले सदन जनताको आवाज उठाउने थलो नभई ‘चुम्बन र सत्ताको खेल हुने ठाउँ’ बनेको टिप्पणी गरे । प्रचण्ड, केपी शर्मा ओली र शेरबहादुर देउवामाथि गरिबविरोधी राजनीति गरेको आरोप लगाउँदै उनले ‘पुराना दलहरूको रिस गरिबमाथि पोखिएको’ दाबी गरे । घर भत्काउने, सुकुम्बासी विस्थापित गर्ने र साना व्यवसायीलाई संकटमा धकेल्ने काम राज्यकै योजनाअनुसार भइरहेको उनको आरोप थियो ।

उनले वैदिक सनातन हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापनाबिना देशमा स्थायित्व सम्भव नभएको दाबी गरे । ‘राजा बिना देश रहँदैन,’ भन्दै उनले वर्तमान संघीय लोकतान्त्रिक व्यवस्थाले राष्ट्रलाई अस्थिरता, भ्रष्टाचार र अराजकतामा धकेलेको टिप्पणी गरे । राष्ट्रियता, धर्म र परम्परागत संरचनाको पुनःस्थापनाले मात्र देशको उन्नति सम्भव हुने उनको भनाइ थियो ।

सुरक्षानिकायमाथि पनि प्रसाईंले आक्रोश पोखेका छन् । नेपाली सेना सीमामा खटिनुपर्नेमा सर्वसाधारणका घर भत्काउन प्रयोग गरिएको भन्दै उनले असन्तुष्टि जनाए । ‘लिम्पियाधुरा र कालापानीमा हुनुपर्ने सेना अहिले सुकुम्बासीको घर भत्काउन प्रयोग भइरहेको छ,’ उनले भने । सेना राष्ट्रिय गौरवको प्रतीक भएको उल्लेख गर्दै राजनीतिक स्वार्थका लागि परिचालन हुनु दुःखद भएको टिप्पणी गरे ।

प्रसाईंले प्रहरी र सेनाले प्रधानमन्त्रीलाई खुसी पार्न ‘र्‍याप गीत गाउने अवस्था आएको’ भन्दै राज्य संयन्त्रको गरिमा खस्किएको आरोप लगाए । ‘देश बन्दैछ भनेर गीत गाउने काम सुरक्षानिकायको होइन,’ उनले भने । वर्तमान सरकारले देश सञ्चालन गर्न नसकेको र जनताको विश्वास गुमाइसकेको दाबी पनि उनले गरे ।

मधेशका जनताको पीडालाई राजनीतिक रूपमा प्रयोग गरिएको आरोप लगाउँदै उनले मधेशी जनतापनि समान नेपाली नागरिक भएको बताए । ‘राजनीतिका लागि मधेशी भनेर विभाजन गरियो,’ उनले भने । सम्पूर्ण नेपालीलाई एकताबद्ध भएर राष्ट्र, धर्म र नागरिक अधिकारको पक्षमा उभिन उनले आह्वान गरे । आफ्नो अभियान कुनै हालतमा नरोकिने चेतावनी दिँदै प्रसाईंले देशभर आन्दोलनलाई तीव्र बनाउने घोषणा गरेका छन् । उनले वीरगंजस्थित गहवा माई मन्दिरमा उपस्थित भएर आन्दोलनलाई समर्थन गर्नसमेत सर्वसाधारणलाई आह्वान गरेका छन् ।

Tags: दुर्गा प्रसाईंको चेतावनी: सुकुम्बासीमाथिको दमन अब सहिन्न
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि