Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘मुद्दा मिलाइदिन्छु’ भन्दै घुस लिने सईविरुद्ध भ्रष्टाचार मुद्दा

चेक बाउन्स प्रकरणमा २० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २५, २०८३
‘मुद्दा मिलाइदिन्छु’ भन्दै घुस लिने सईविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, २५ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी वृत्त मालीगाउँ, काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) दिनेश राउत विरुद्ध घुस/रिसवत लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बैंकिङ्ग कसुरअन्तर्गतको चेक बाउन्स सम्बन्धी मुद्दा मिलाइदिने तथा सेवाग्राहीको रकम फिर्ता गराइदिने आश्वासन दिएर उनले घुस असुलेको आरोप आयोगले लगाएको हो ।

आयोगका अनुसार सई राउतले मुद्दाको प्रक्रिया सहज बनाइदिने, मिलापत्र गराइदिने तथा रकम फिर्ता दिलाउने भन्दै सेवाग्राहीसँग आर्थिक लेनदेनको माग गरेका थिए । प्राप्त गोप्य सूचना तथा उजुरीपछि अख्तियारको टोलीले निगरानी बढाएको थियो । त्यसक्रममा उनलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

अनुसन्धानका क्रममा राउतले आफ्नो पद र अधिकारको दुरुपयोग गर्दै विभिन्न बहानामा सेवाग्राहीलाई दबाब र हैरानी दिँदै रकम असुलेको पुष्टि भएको अख्तियारको दाबी छ । सामान्य कानुनी प्रक्रियालाई प्रभाव पार्ने तथा मिलापत्र गराउने नाममा प्रहरी अधिकृतबाटै घुस मागिएको घटनाले प्रहरी संगठनको आचरण र सेवाप्रवाहमाथि पुनः प्रश्न उठाएको छ ।

अख्तियारले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर ठहर गर्दै बिगो २० हजार रुपैयाँ कायम गरेको छ । सोही बराबर जरिवाना तथा कैद सजायको मागदाबी सहित शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपाने ले जानकारी दिएका छन् ।

पछिल्लो समय सेवा प्रवाह सहज बनाइदिने, मुद्दा मिलाइदिने वा अनुसन्धान प्रभावित पार्ने नाममा हुने घुस लेनदेनका घटनाले सार्वजनिक निकायप्रतिको जनविश्वास कमजोर बनाउँदै गएको छ । विशेषगरी कानुन कार्यान्वयन गर्ने निकायभित्रै भ्रष्टाचारका घटना सार्वजनिक भइरहँदा सुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न उठ्न थालेका छन् ।

Tags: अख्तियार दुरुपयोग अनुसन्धान आयोग
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

बन्द वीरगंज चिनी कारखाना तत्काल संचालन गर्न सरकारलाई ध्यानाकर्षण

असार १२, २०८३
बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

असार १२, २०८३
मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

असार १२, २०८३
पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

असार १२, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि