Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

८ वर्षदेखि अलपत्र सडकः हरपतगञ्जका स्थानीय आक्रोशित, प्रशासनमा ज्ञापन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १५, २०८३
८ वर्षदेखि अलपत्र सडकः हरपतगञ्जका स्थानीय आक्रोशित, प्रशासनमा ज्ञापन

वीरगंज (पर्सा), १५ वैशाख । वीरगंज महानगरपालिका–२० हरपतगञ्जका बासिन्दाले ठेकेदारको लापरवाहीका कारण सडक निर्माण कार्य वर्षौँदेखि अधुरै रहेको भन्दै कडा असन्तोष व्यक्त गरेका छन् । करिब आठ वर्षअघि भएको ठेक्का सम्झौताअनुसार समयमै सम्पन्न हुनुपर्ने योजना अझै पूरा नभएपछि स्थानीयहरू आक्रोशित बनेका हुन् ।

स्थानीयका अनुसार अधुरो सडकका कारण दैनिक आवागमनमा समस्या उत्पन्न भएको छ भने विकास निर्माणप्रतिको विश्वास समेत कमजोर बन्दै गएको छ । समस्या समाधानको माग गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय पर्सा पुगेर ज्ञापनपत्र बुझाउँदै निर्माण कार्य शीघ्र सम्पन्न गर्न र जिम्मेवारमाथि कारबाही गर्न माग गरेका छन् ।

उता, वीरगंज महानगरभित्रका अन्य सडक आयोजना पनि बजेट अभाव र विभिन्न प्राविधिक अवरोधका कारण अघि बढ्न नसकेको बताइएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्सा ले करिब १७ करोड रुपैयाँ बराबरको बिल भुक्तानी नगर्दा निर्माण कम्पनीको काम प्रभावित भएको जनाइएको छ ।

निर्माण कम्पनी स्वच्छन्द–पप्पु–युनाइटेड बिल्डर्स संयुक्त उपक्रम का प्रतिनिधि प्रभु साहका अनुसार २०७५ असार ९ गते १७ वटा सडक निर्माणको जिम्मा लिइएको थियो । हालसम्म १२ वटा सडक मात्र निर्माण सम्पन्न भएको छ, जुन करिब ७५ प्रतिशत प्रगति हो ।

उनका अनुसार बाँकी सडक निर्माणमा विभिन्न अवरोधहरू छन् । कतिपय स्थानमा साइट क्लियर नभएको, घर–टहरा नहटाइएको, सडक क्षेत्रमा ५३६ वटा विद्युत् पोल रहेको तथा केही ठाउँमा स्थानीयले अदालतबाट अन्तरिम आदेश ल्याएका कारण काम अगाडि बढ्न नसकेको उनले बताए । यसबाहेक सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार बिल पेश भएको ३० दिनभित्र भुक्तानी गर्नुपर्ने व्यवस्था भएपनि लामो समयदेखि रकम नपाउँदा निर्माण कार्य अवरुद्ध भएको कम्पनीको गुनासो छ ।

तीन वर्षभित्र सम्पन्न हुनुपर्ने योजना पाँच वर्ष बितिसक्दा पनि पूरा नहुँदा स्थानीयवासी र निर्माण कम्पनी दुवै असन्तुष्ट बनेका छन् । निर्माण कम्पनीले आवश्यक पूर्वतयारी, विशेषगरी साइट क्लियर नगरी काम अगाडि बढाउन सम्भव नभएको जनाउँदै सम्बन्धित निकायसँग समन्वय गरेर समस्या समाधान गर्न आग्रह गरेको छ ।

Tags: ८ वर्षदेखि अलपत्र सडक अलपत्र
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि