Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज मुख्य सडक विस्तारः प्रभावित घरधनी र व्यवसायी आन्दोलित, प्रजिअमार्फत प्रमलाई ज्ञापन

राज्यले आफैंले लालपूर्जा दिएको जग्गामा बनेका संरचनामाथि अचानक कारबाही गर्दै १५ सयभन्दा बढी घर–भवन भत्काइएको छ । यसका कारण करिब ८० प्रतिशत घरधनी पूर्ण रूपमा घरबारविहीन बनेका छन् भने ३ हजारभन्दा बढी व्यापारी र करिब ९ हजार कामदार रोजगारी गुमाएर संकटमा परेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ११, २०८३
वीरगंज मुख्य सडक विस्तारः प्रभावित घरधनी र व्यवसायी आन्दोलित, प्रजिअमार्फत प्रमलाई ज्ञापन

वीरगंज (पर्सा), ११ वैशाख । वीरगंजको मुख्य सडक (मेन रोड) विस्तारका क्रममा सडक सीमाभित्रका घर तथा भवनहरू डोजर लगाएर हटाइएपछि प्रभावित घरजग्गाधनी र व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । वीरगंज बचाउँ संघर्ष समितिको नेतृत्वमा शुक्रबार आदर्शनगरमा भेला भएका पीडितहरूले सरकारविरुद्ध नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘सडक विभाग मुर्दाबाद’, ‘राज्यको डोजर आतंक बन्द गर’, ‘सुकुम्बासी बनाउन पाइँदैन’ जस्ता नाराहरू लगाएका थिए । उनीहरूले बिहानै घरधनी, परिवारका सदस्य र व्यवसायीहरू घरमै रहेका बेला करिब ४ बजेदेखि डोजर चलाएर राज्यले आतंक सिर्जना गरेको आरोप लगाए ।

संघर्ष समितिका अनुसार राज्यले आफैंले लालपूर्जा दिएको जग्गामा बनेका संरचनामाथि अचानक कारबाही गर्दै १५ सयभन्दा बढी घर–भवन भत्काइएको छ । यसका कारण करिब ८० प्रतिशत घरधनी पूर्ण रूपमा घरबारविहीन बनेका छन् भने ३ हजारभन्दा बढी व्यापारी र करिब ९ हजार कामदार रोजगारी गुमाएर संकटमा परेका छन् । उनीहरूले सडक विभागले सुरक्षाकर्मीको सहयोगमा जबर्जस्ती संरचना हटाउँदा वीरगंजको स्वरूप नै भयावह र हृदयविदारक बनेको बताएका छन् । घरभाडाबाट जीविकोपार्जन गर्दै आएका घरधनी र व्यापारमा आश्रित परिवारहरू एकैपटक प्रभावित भएको भन्दै ठूलो मानवीय संकट उत्पन्न भएको उनीहरूको दाबी छ ।

संघर्ष समितिले मुख्य सडक विस्तारको औचित्यमाथि नै प्रश्न उठाउँदै ११० फिटको बाइपास सडक, ४० फिटको दोस्रो बाइपास तथा आईसीपीदेखि परवानीपुरसम्म ६ लेनको व्यापारिक मार्ग सञ्चालनमा आइसकेको अवस्थामा मेन रोड फराकिलो पार्नु आवश्यक नभएको जनाएको छ । यदि विस्तार अपरिहार्य भए सार्वजनिक सडक ऐन, २०३१ अनुसार ‘शहरी मार्ग’ मापदण्ड अपनाउँदै गण्डकदेखि मितेरी पुलसम्मको सडक ९/९ मिटर मात्र फराकिलो बनाउनुपर्ने माग उनीहरूको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भोलादाहालले संघर्ष समितिको मागसहितको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइने आश्वासन दिएका छन् । ज्ञापनपत्र बुझाउन गएको टोलीमा वीरगंज महानगरका पूर्वमेयर विजयकुमार सरावगी, उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोपाल केडिया, संघर्ष समितिका पदाधिकारी, विभिन्न दलका नेता तथा प्रभावित नागरिकहरूको सहभागिता रहेको थियो ।

करिब १३ वर्षदेखि अदालती प्रक्रियाका कारण रोकिएको त्रिभुवन राजपथअन्तर्गत पर्ने यो सडक विस्तार कार्य सडक विभागले गत शनिबारदेखि पुनः सुरु गरेको हो । गण्डकदेखि मितेरी पुलसम्मको क्षेत्रमा २५/२५ मिटर सीमाभित्रका करिब १ हजार २ सयभन्दा बढी घरटहरा दुई दिनमै भत्काइएपछि शहरमा व्यापक असन्तोष देखिएको छ ।

Tags: मेन रोड विस्तार विवाद: वैकल्पिक मापदण्डसहित नयाँ माग
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि