Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेश प्रहरी संकटमाः डीआईजीको कार्यकक्षमै जवानको आत्महत्या प्रयास, नेतृत्वमाथि गम्भीर प्रश्न !

मधेश प्रदेश प्रहरी प्रमुख गोबिन्द थपलियाकै कार्यकक्षमा एक प्रहरी जवानले आत्महत्या प्रयास गर्नुले संगठनभित्रको मनोबल कति कमजोर अवस्थामा पुगेको छ भन्ने देखाएको छ । सुरक्षा स्रोतका अनुसार प्रहरी जवान रोशन यादवले आफ्नै हात काट्ने प्रयास गरेका थिए ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
बैशाख ९, २०८३
मधेश प्रहरी संकटमाः डीआईजीको कार्यकक्षमै जवानको आत्महत्या प्रयास, नेतृत्वमाथि गम्भीर प्रश्न !

वीरगंज (पर्सा), ९ वैशाख । मधेश प्रदेश प्रहरी संगठनभित्र पछिल्ला घटनाक्रमले नेतृत्वको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ । प्रदेश प्रहरी कार्यालयमै घटेको एक संवेदनशील घटनाले आन्तरिक अवस्था कति जटिल बनेको छ भन्ने स्पष्ट पारेको छ ।

मधेश प्रदेश प्रहरी प्रमुख गोबिन्द थपलियाकै कार्यकक्षमा एक प्रहरी जवानले आत्महत्या प्रयास गर्नुले संगठनभित्रको मनोबल कति कमजोर अवस्थामा पुगेको छ भन्ने देखाएको छ । सुरक्षा स्रोतका अनुसार प्रहरी जवान रोशन यादवले आफ्नै हात काट्ने प्रयास गरेका थिए । घटनास्थलमै रहेका एक इन्स्पेक्टरको तत्परताले ठूलो दुर्घटना टरेको बताइएको छ ।

यस घटनाले मात्र होइन, पछिल्ला केही दिनयता सार्वजनिक भएका विवादहरूले पनि प्रहरी संगठनलाई थप संकटमा धकेलेका छन् । डीआईजी थपलियाको नाम जोडिएको कथित रकम असुली सम्बन्धी अडियो बाहिरिएपछि प्रहरीभित्रको वातावरण झन् तनावपूर्ण बनेको छ । उक्त प्रकरणले प्रदेश प्रहरी कार्यालय र धनुषा जिल्ला प्रहरीबीचको सम्बन्धमा समेत दरार ल्याएको बताइन्छ ।

प्रदेश कार्यालयबाट बढ्दो हस्तक्षेप र दबाबका कारण धनुषाका प्रहरी प्रमुख एसपी रुगम कुवर स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना हुनुपरेको स्रोतको दाबी छ । यसले नेतृत्व तहबाट आवश्यक समन्वय र सन्तुलन कायम हुन नसकेको संकेत दिएको छ ।

यसबीच, तस्करसँग मिलेमतो गरी रकम असुली गरेको आरोपमा वरिष्ठ सई गोपाल थापा मगर र सई जयलाल यादवलाई प्रहरी प्रधान कार्यालय तानिएको छ । यी घटनाहरूले संगठनभित्र अनुशासन र नियन्त्रण कमजोर हुँदै गएको देखाउँछन् ।

त्यसैगरी, संगठनभित्रको अस्थिरता र दबाबको प्रभाव तल्लो तहसम्म पुगेको संकेत अन्य घटनाबाट पनि देखिएको छ । ड्युटी सकेर घर फर्किने क्रममा एक हलदार सवारी दुर्घटनामा परेर हाल उपचाररत रहेका छन् । समग्र घटनाक्रमलाई हेर्दा नेतृत्वसँग जोडिएको विवादित अडियो, कार्यकक्षमै भएको आत्महत्या प्रयास, र आर्थिक अनियमितताका आरोपहरूले मधेस प्रदेश प्रहरीको समग्र छविमाथि गम्भीर धक्का पुगेको छ ।

यदि यी विषयमा समयमै निष्पक्ष छानबिन, स्पष्ट कमाण्ड संरचना र आन्तरिक सुधारका ठोस कदम चालिएनन् भने संगठनभित्रको विश्वास संकट अझ गहिरिने जोखिम बढ्दै गएको देखिन्छ ।

Tags: अडियो विवादले चर्कियो तनाव: आत्महत्या प्रयासले थप्यो गम्भीरता
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

अशोज २८, २०८३
वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

अशोज २८, २०८३
समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

अशोज २८, २०८३
ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

अशोज २८, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि