Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ३०, २०८२
भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

वीरगंज (पर्सा), ३० चैत । पर्साको जिराभवानी गाउँपालिका–४ का वडाध्यक्ष राजेश्वर दास थारुले आफ्नी भाउजु सुगान्धी देवीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोप पूर्ण रूपमा अस्वीकार गरेका छन् । सुपौलीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफूलाई लक्षित गर्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारप्रति असन्तुष्टि जनाएका हुन् ।

थारुले यस्ता समाचारले आफ्नो प्रतिष्ठामा गम्भीर असर परेको दाबी गर्दै तथ्य पुष्टि नगरी समाचार सम्प्रेषण नगर्न पत्रकारहरूलाई आग्रह गरे । उनले भने, ‘घटना घट्दा म खेतमा सिँचाइको काममा व्यस्त थिएँ, त्यसमा मेरो कुनै संलग्नता छैन ।’ उनका अनुसार शनिबार दिउँसो भाउजु सुगान्धी देवी र उनका जेठा छोरा कृष्ण दास थारुबीच खेतको बाली बुझ्ने विषयमा विवाद उत्पन्न भएको थियो । सो विवादमा आफू कुनैपनि रूपमा संलग्न नरहेको उनले स्पष्ट पारे ।

कार्यक्रममा वडा सचिव महेश राउत कुर्मीले करिब डेढ बिघा जमिनको बालीसम्बन्धी विवाद लामो समयदेखि चलिरहेको जानकारी दिए । उनले बताएअनुसार गत कार्तिकमा धानबालीको विषयमा विवाद हुँदा प्रहरी चौकी सुपौलीमा भएको सहमतिअनुसार सुगान्धी देवीले धानबाली बुझ्ने र उनका छोरा कृष्ण तथा उमेश दास थारुले गहुँबाली लिने सहमति भएको थियो ।

तर हाल गहुँबाली काट्ने क्रममा सुगान्धी देवीले सो बालीमा पनि आफ्नो दाबी प्रस्तुत गरेपछि विवाद पुनः चर्किएको कुर्मीले जनाए । विवादपछि बाली यथास्थितिमै राखिएको छ भने जग्गा अंशसम्बन्धी मुद्दा विगत चार वर्षदेखि अदालतमा विचाराधीन रहेको छ ।

स्थानीय लक्ष्मी दास थारुका दुई छोरा ब्रह्मन्द दास थारु (जेठो) र राजेश्वर दास थारु (कान्छो) बीच अंशबन्डा भई छुट्टै बसोबास गर्दै आएका छन् । ब्रह्मन्द दास थारुको पहिलो श्रीमतीबाट कृष्ण र उमेश दुई छोरा छन् भने कान्छी श्रीमती सुगान्धी देवीबाट तीन छोरी र एक छोरा रहेका छन् ।

परिवारभित्रको यही अंशबन्डा र बालीसम्बन्धी पुरानो विवादका कारण पछिल्लो घटना उत्पन्न भएको स्थानीयहरू बताउँछन् ।

Tags: वडाध्यक्ष राजेश्वर दास थारुको स्पष्टीकरण
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

अशोज २७, २०८३
महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

अशोज २७, २०८३
नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

अशोज २७, २०८३
११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

अशोज २७, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि