Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आगलागी पीडितलाई राहत वितरण तथा घर बनाइदिने प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २९, २०८२
आगलागी पीडितलाई राहत वितरण तथा घर बनाइदिने प्रतिबद्धता

वीरगंज (पर्सा), २९ चैत । पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा क्षेत्रमा आगलागीका कारण घरबारविहीन बनेको एक परिवारलाई खाद्यान्न सहयोग उपलब्ध गराइएको छ भने उनीहरूको आवास पुनर्निर्माण गरिदिने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।

स्थानीय मोटर मुखियाको घर गत बिहीबार राति करिब ११ः३० बजे लामखुट्टे भगाउन बालिएको मच्छरधुपबाट सल्किएको आगोका कारण पूर्ण रूपमा जलेर नष्ट भएको थियो । आगलागीले घरभित्र रहेका सम्पूर्ण सामग्री खरानीमा परिणत भएका छन् ।

पीडित परिवारको दयनीय अवस्थाबारे जानकारी पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता तथा जगरनाथपुर गाउँपालिका–२ जानकीटोल निवासी सन्तोष कुमार आफैं घटनास्थल पुगेर राहत वितरण गरेका हुन् । उनले २ बोरा चामल, १ बोरा आलु, १ प्याकेट प्याज र १ बोरा चिउरा लगायतका अत्यावश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरेका छन् ।

साथै, सन्तोष कुमारले आफ्नै व्यक्तिगत लगानीमा पीडित परिवारका लागि अस्थायी झोपडी निर्माण गरिदिने घोषणा गरेका छन्, जसले पीडितलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ । आगलागीका कारण घरमा सुरक्षित राखिएको करिब ६ लाख रुपैयाँ नगदसमेत जलेर नष्ट भएको पीडितले बताएका छन् । उक्त रकम केही दिनअघि मात्र लघुवित्त विकास बैंकबाट घर निर्माणकै लागि ऋण स्वरूप लिइएको थियो । यसका अतिरिक्त चार वटा बाख्रा र एक गाई पनि आगोमा जलेर मरेका छन् ।

हाल पीडित परिवार चरम कठिनाइमा जीवन यापन गर्न बाध्य भएको छ । स्थानीयवासीहरूले उनीहरूको पुनःस्थापनाका लागि थप सहयोग आवश्यक रहेको औंल्याउँदै सबै सरोकारवाला तथा सर्वसाधारणसँग सहयोगको अपिल गरेका छन् ।

Tags: आगलागी पीडितलाई राहत
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि