Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘शून्य बाँकी फाइल सप्ताह’ घोषणाबीच मालपोत प्रमुखले तीन महिनादेखि काम अड्काएको आरोप

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २८, २०८२
‘शून्य बाँकी फाइल सप्ताह’ घोषणाबीच मालपोत प्रमुखले तीन महिनादेखि काम अड्काएको आरोप

वीरगंज (पर्सा), २८ चैत । सरकारी कार्यालयमा हुने ढिलासुस्ती र भ्रष्टाचार अन्त्य गर्ने उद्देश्यसहित सरकारले घोषणा गरेको ‘शून्य बाँकी फाइल सप्ताह (जेरो पेन्डिङ फाइल वीक) अभियानबीच पर्साको मालपोत कार्यालय प्रमुखमाथि गम्भीर अनियमितताको आरोप सार्वजनिक भएको छ ।

प्रधानमन्त्री कार्यालयले चैत २७ गते सबै मन्त्रालय, विभाग तथा स्थानीय तहलाई परिपत्र गर्दै वैशाख ७ गतेभित्र कुनै पनि फाइल निर्णयविहीन अवस्थामा नराख्न कडा निर्देशन दिएको थियो । तर, पर्सा मालपोत कार्यालयका प्रमुख खेमराज खत्रीमाथि उक्त निर्देशन विपरीत कार्य गर्दै सेवाग्राहीको फाइल लामो समयदेखि अड्काएको आरोप लागेको छ ।

भारतको रक्सौल निवासी जग्गाधनी अनिल कुमार साहले आफ्नो बाजेको नाममा रहेको जग्गा नामसारीका लागि प्रक्रिया अघि बढाउँदा कार्यालय प्रमुख खत्रीले १० लाख रुपैयाँ घुस मागेको र रकम नदिएपछि करिब तीन महिनादेखि फाइल रोकेर राखेको आरोप सार्वजनिक भएको छ । साहले पत्रकार सम्मेलनमार्फत उक्त विषय बाहिर ल्याएका हुन् ।

साहका अनुसार सुरुमा स्थानीय पत्रिकामा सूचना प्रकाशित गरी प्रक्रिया अघि बढाइएको थियो । तर पछि कार्यालय प्रमुखले गोरखापत्रमा सूचना प्रकाशन गर्नुपर्ने भन्दै काम रोकिएको थियो । घुस मागिएको आरोप सार्वजनिक भएपछि प्रमुख खत्रीले आफूमाथि लागेको आरोप प्रमाणित नभएसम्म काम अघि नबढाउने अडान लिएको बताइएको छ ।

यसैबीच, पीडित साहले आफूलाई कार्यालय प्रमुखबाट धम्कीसमेत आएको दाबी गरेका छन् । ‘प्रहरी लगाएर पक्राउ गरिदिन्छु भन्ने धम्कीपछि म वीरगंज आउन सकेको छैन,’ साहको भनाई छ । यता, मालपोत कार्यालय प्रमुख खत्रीले भने फाइल शंकास्पद रहेको दाबी गर्दै सेवाग्राहीले लगाएको घुस आरोप प्रमाणित गर्नुपर्ने बताएका छन् । उनले साहमाथि कानुनी प्रक्रिया अघि बढाइएको र जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी दर्ता गरिएको जानकारी दिएका छन् ।

यसैबीच अनिल साहको काममा सहयोग गर्दै आएका शुभलाभ भू–सेवा सञ्चालक ओमप्रकाश यादवले स्थानीय पत्रिकामा सूचना प्रकाशित भइसकेको अवस्थामा थप अवरोध सिर्जना गर्नुको औचित्य नरहेको भन्दै फाइल तीन महिनासम्म रोक्नुको कारण अस्पष्ट रहेको बताएका छन् । घटनाले सरकारी कार्यालयमा सुशासन र पारदर्शिताको प्रश्न फेरि एकपटक उठाएको छ । प्रधानमन्त्रीको ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान घोषणा भएको अवस्थामा नै पर्सामा आएको यो विवादले अभियान कार्यान्वयनमै चुनौती देखिएको टिप्पणी गरिएको छ ।

Tags: मालपोत कार्यालय पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

अशोज २७, २०८३
महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

अशोज २७, २०८३
नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

अशोज २७, २०८३
११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

अशोज २७, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि