Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सरकारी विज्ञापन सरकारी मिडियामै राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २२, २०८२
नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

गौर (रौतहट), २२ चैत । सरकारी विज्ञापन वितरणसम्बन्धी सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । रौतहटको गरुडा नगरपालिका–८का राहुल कुमार साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सम्बन्धित निकायलाई विपक्षी बनाउँदै उत्प्रेषण र परमादेशको मागसहित रिट दायर गरेका हुन् ।

निवेदक साहले वि.सं. २०८२ चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको परिपत्रमार्फत सरकारी कोषबाट हुने विज्ञापनहरू राज्य नियन्त्रित सञ्चार माध्यममा मात्र केन्द्रित गर्ने नीति लिएको आरोप लगाएका छन् । उक्त निर्णयले निजी सञ्चार माध्यमलाई पूर्णरूपमा उपेक्षा गर्दै प्रेस स्वतन्त्रता तथा नागरिकको मौलिक अधिकारमा गम्भीर असर पारेको दाबी रिटमा गरिएको छ ।

रिट निवेदनमा नेपालको संविधान २०७२ का धारा १७, १८, १९, २७, ४६, ५० (३), १३३ लगायतका प्रावधान उल्लंघन भएको उल्लेख गरिएको छ । साथै, सार्वजनिक खरिद ऐन २०६३ तथा अन्तर्राष्ट्रिय सन्धिहरू मानवअधिकारको विश्वव्यापी घोषणापत्र र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रको समेत उल्लंघन भएको दाबी गरिएको छ ।

निवेदकले ‘मितव्ययिता र पारदर्शिता’को नाममा सरकारले अप्रत्यक्ष रूपमा सञ्चार माध्यममाथि नियन्त्रण गर्न खोजेको आरोप लगाइएको छ । उनका अनुसार यस्तो नीतिले लोकतन्त्रको आधारभूत मान्यता ‘विचारहरूको खुला बजार’लाई कमजोर बनाउने र राज्यनियन्त्रित मिडियामा ‘सत्यको एकाधिकार’ स्थापित गर्ने खतरा बढाएको छ ।

रिटमा सार्वजनिक न्यायको सिद्धान्त उल्लेख गर्दै करदाताको रकमबाट सञ्चालन हुने विज्ञापन वितरण निष्पक्ष, पारदर्शी र जनहितमुखी हुनुपर्नेमा जोड दिइएको छ । राज्यकोषलाई सीमित सञ्चार माध्यममा मात्र केन्द्रित गर्नु कानूनी तथा नैतिक दुवै हिसाबले त्रुटिपूर्ण भएको निवेदकको तर्क छ ।

रिटको अन्तिम टुंगो नलागेसम्म उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्न पनि अदालतसँग आग्रह गरिएको छ । निवेदकले उक्त नीति कार्यान्वयन भएमा निजी सञ्चार माध्यम बन्द हुने, हजारौं पत्रकार बेरोजगार हुने र स्वतन्त्र प्रेसमा अपूरणीय क्षति पुग्ने दाबी गरेका छन् ।

Tags: सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि