Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेशनल मेडिकल कलेजद्वारा हेल्थ म्याराथन, पुरुषतर्फ अनिल र महिलातर्फ विपना प्रथम

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २१, २०८२
नेशनल मेडिकल कलेजद्वारा हेल्थ म्याराथन, पुरुषतर्फ अनिल र महिलातर्फ विपना प्रथम

वीरगंज (पर्सा), २१ चैत । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले ‘रन फर हेल्थ, रन फर लाइफ’ नारासहित आयोजना गरेको हेल्थ म्याराथन सम्पन्न भएको छ । स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यलेस् पोट्र्स वीक २०८२ अन्तर्गत आयोजित उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी तथा स्थानीय सहभागीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ अनिल श्रेष्ठ प्रथम, स्यामसन श्रीस द्वितीय तथा सन्जु सिंह बस्नेत तृतीय भएका थिए भने महिलातर्फ बिपना प्रथम, अलिशा खातिन द्वितीय र करुणा तृतीय भएका थिए । यसैगरी फ्याकल्टीतर्फ डा. प्रशान्त ठाकुर प्रथम, डा. विशाल द्वितीय तथा डा. आदित्य राज तृतीय भएका थिए भने स्टाफतर्फ सगीर हुसैन प्रथम, सञ्जय द्वितीय र धनञ्जय मण्डल तृतीय भएका थिए ।

बिहान ६ः३० बजेबाट सुरु भएको म्याराथन ७ः०० बजे औपचारिक रूपमा फ्ल्याग अफ गरिएको थियो । कार्यक्रम नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी बल १३ गणका एस.पी. मोहन बहादुर क्षेत्रीको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रूपमा बीरगंज आर्मी ब्यारेक प्रमुख लोकेन्द्र कार्की, अतिथि जिल्ला ट्राफिक प्रमुख सहित पर्सा खेलकुद विकास समितिका रेफ्री विशेश्वर पटेलको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई थप गरिमा प्रदान गर्दै एडमिशन अफेयर्स एण्ड मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो । साथै मार्केटिङ, प्रशासन तथा सञ्चारकर्मीहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।

म्याराथनलाई सुरक्षित तथा व्यवस्थित बनाउन राष्ट्रिय एथलेटिक्स प्रशिक्षक विशेश्वर पटेलद्वारा वार्मअप तथा सुरक्षा निर्देशन प्रदान गरिएको थियो । सहभागीहरूको सुरक्षालाई प्राथमिकता दिँदै एस्कर्ट टोली, ट्राफिक समन्वय तथा एम्बुलेन्स सेवा (चलायमान तथा स्ट्यान्डबाइ) को प्रभावकारी व्यवस्था गरिएको थियो । म्याराथन मार्गका विभिन्न स्थानहरूमा स्थापना गरिएका सहायता केन्द्रहरूबाट सहभागीहरूलाई प्राथमिक उपचार, पानी तथा आवश्यक सहयोग उपलब्ध गराइएको थियो ।

Tags: नेशनल मेडिकल कलेज
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

साउन ३१, २०८३
एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

साउन ३१, २०८३
नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

साउन ३१, २०८३
वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

साउन ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि