Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपाल-भारत संयुक्त फिल्ड सर्वे टोली बैठक : सीमा सुरक्षा व्यवस्थापन मजबुत बनाउन सहमति

बैठकमा सीमा स्तम्भहरूको मर्मतसम्भार, नयाँ स्तम्भ स्थापना, हराएका स्तम्भहरूको पुनःनिर्माण तथा क्षतिग्रस्त संरचनाको सुधार जस्ता विषयमा सहमति जुटाइएको छ । साथै, ड्रोन (यु.ए.भि.) को प्रयोगमार्फत विस्तृत नक्सांकन गर्ने र इन्डो–नेपाल सीमा सन्दर्भ फ्रेम तयार गर्ने विषयमा पनि दुवै पक्षबीच सहमति कायम भएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ११, २०८२
नेपाल-भारत संयुक्त फिल्ड सर्वे टोली बैठक : सीमा सुरक्षा व्यवस्थापन मजबुत बनाउन सहमति

वीरगंज (पर्सा), ११ चैत । नेपाल–भारत सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित बुधबार रक्सौलस्थित सशस्त्र सीमा बल (एसएसबी) मुख्यालयमा इन्डो–नेपाल संयुक्त फिल्ड सर्वे टोली (एफ.एस.टी.) को पहिलो बैठक सम्पन्न भएको छ । सीमावर्ती जिल्लाका उच्च तहका प्रशासनिक र सुरक्षा अधिकारीहरूको सहभागितामा भएको यो बैठकलाई सीमा सुरक्षाको दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

बैठकमा भारतीय पक्षबाट सुपौल, मधुबनी, सीतामढी, पूर्वी चम्पारण तथा पश्चिमी चम्पारण जिल्लाका जिलाधिकारी (डीएम) र प्रहरी प्रमुख (एसपी) सहभागी भएका थिए । त्यस्तै, नेपाली पक्षबाट सिराहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, रौतहट, बारा, पर्सा र चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको उपस्थिति रहेको थियो ।

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व पूर्वी चम्पारणका डीएम सौरभ जोरवालले गरेका थिए भने नेपाली टोलीको नेतृत्व सिराहाका सीडीओ सुरेन्द्र पौडेलले सम्हालेका थिए । बैठकको सुरुवातमा भारतीय पक्षले सहभागी सबैलाई स्वागत गरेको थियो ।

छलफलका क्रममा सातौँ बाउन्ड्री वर्किङ ग्रुपको कार्यादेश र १२ औँ सर्वे अफिसियल कमिटीका सिफारिसका आधारमा फिल्ड सर्वे टोलीका जिम्मेवारीहरूबारे विस्तृत विचार–विमर्श गरिएको थियो । बैठकमा सीमा स्तम्भहरूको मर्मतसम्भार, नयाँ स्तम्भ स्थापना, हराएका स्तम्भहरूको पुनःनिर्माण तथा क्षतिग्रस्त संरचनाको सुधार जस्ता विषयमा सहमति जुटाइएको छ । साथै, ड्रोन (यु.ए.भि.) को प्रयोगमार्फत विस्तृत नक्सांकन गर्ने र इन्डो–नेपाल सीमा सन्दर्भ फ्रेम तयार गर्ने विषयमा पनि दुवै पक्षबीच सहमति कायम भएको छ ।

बैठकको सफल सञ्चालनका लागि स्थानीय प्रशासनले कडा सुरक्षा व्यवस्था मिलाएको थियो । अनुमण्डल पदाधिकारी मनीष कुमारको नेतृत्वमा सुरक्षालाई सुदृढ बनाइएकाले सहभागीहरूलाई सहज र सुरक्षित वातावरण प्राप्त भएको थियो । अनुमण्डल पदाधिकारी मनीष कुमारले यस्ता उच्चस्तरीय पहलहरूले दुई देशबीचको सीमा सुरक्षा अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

विशेषज्ञहरूले पनि यस सहकार्यले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छन् । साथै, यसबाट अवाञ्छित तथा राष्ट्रविरोधी गतिविधिहरू नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । लामो समयदेखि कायम रहेको नेपाल–भारत मित्रतापूर्ण सम्बन्धको झल्को उक्त बैठकमा प्रष्ट देखिएको थियो । दुवै देशका अधिकारीहरूले पारस्परिक सम्मान र सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

यो बैठक केवल सीमा सुरक्षासम्म सीमित नभई दुई देशबीचको समन्वय, सहकार्य र क्षेत्रीय स्थायित्वका लागि समेत महत्वपूर्ण कोसेढुङ्गा बन्ने अपेक्षा गरिएको छ ।

Tags: सीमा सुरक्षामा कडाइ : भारत-नेपालबीच संयुक्त पहल सुरु
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि