Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सीमा नाकामा ‘सेटिङ’को सायाः राज्य संयन्त्रकै मिलेमतोमा तस्करी ?

झन् गम्भीर कुरा त के छ भने, तस्करी सञ्चालनका लागि कथित रूपमा ‘दररेट’ नै तय गरिएको छ । यसले तस्करीलाई अनियमित गतिविधिबाट संगठित र संस्थागत स्वरूपतर्फ धकेलेको संकेत गर्छ । सीमावर्ती क्षेत्रका विभिन्न नाकाबाट मासिक रूपमा रकम असुली गर्दै अवैध वस्तुको ओसारपसार हुनु भनेको सुरक्षा व्यवस्थामै गम्भीर कमजोरी देखिनु हो ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
चैत्र ९, २०८२
सिरहाका नाकाबाट प्रहरी-सशस्त्र सेटिङमा तस्करी : डीआईजी र एसपीको नाममा नाकामा असुली आतंक

सिरहाका सीमा नाकाबाट भइरहेको भनिएको संगठित तस्करीको गतिविधिले केवल कानुनी उल्लङ्घनको प्रश्न मात्र उठाएको छैन, यसले राज्य संयन्त्रकै विश्वसनीयतामाथि गम्भीर चुनौती खडा गरेको छ । सार्वजनिक भएका विवरणहरू हेर्दा तस्करी कुनै छुट्टै अपराध समूहको काम नभई, सुरक्षा निकायभित्रकै केही व्यक्तिको मिलेमतोमा सञ्चालन भइरहेको आशंका बलियो बन्दै गएको छ ।

स्रोतले उल्लेख गरेअनुसार राजनीतिक संक्रमणको अवस्थालाई उपयोग गर्दै सीमा नाकाहरूमा ‘लाइन’ मिलाएर अवैध कारोबार सञ्चालन भइरहेको छ । यस्तो गतिविधि केवल आर्थिक अपराध होइन, यो राज्यको शासन प्रणालीमाथि खुला चुनौती हो । जब कानून कार्यान्वयन गर्ने जिम्मेवारी पाएका निकायमाथि नै संलग्नताको आरोप लाग्छ, तब आम नागरिकमा निराशा र अविश्वास स्वाभाविक रूपमा बढ्छ ।

झन् गम्भीर कुरा त के छ भने, तस्करी सञ्चालनका लागि कथित रूपमा ‘दररेट’ नै तय गरिएको छ । यसले तस्करीलाई अनियमित गतिविधिबाट संगठित र संस्थागत स्वरूपतर्फ धकेलेको संकेत गर्छ । सीमावर्ती क्षेत्रका विभिन्न नाकाबाट मासिक रूपमा रकम असुली गर्दै अवैध वस्तुको ओसारपसार हुनु भनेको सुरक्षा व्यवस्थामै गम्भीर कमजोरी देखिनु हो ।

यस्तो अवस्था रहिरहँदा देशको राजस्व प्रणालीमा प्रत्यक्ष असर पर्नेछ । वैध व्यापार गर्ने व्यवसायीहरू प्रतिस्पर्धामा पछि पर्नेछन् भने अवैध कारोबार गर्नेहरू फस्टाउने स्थिति बन्नेछ । दीर्घकालीन रूपमा यसले अर्थतन्त्रलाई कमजोर बनाउने मात्र होइन, वैधानिक व्यवसायप्रति नकारात्मक सन्देश पनि प्रवाह गर्छ ।

सुरक्षा निकायभित्रै समन्वयको अभाव, आन्तरिक खटपट र जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले समस्या अझ जटिल बनाएको देखिन्छ । यदि आरोपहरू सत्य हुन् भने, यो केवल व्यक्तिगत स्तरको गल्ती होइन, संस्थागत सुधारको आवश्यकता भएको संकेत हो ।

अबको आवश्यकता स्पष्ट छ ‘निष्पक्ष र गम्भीर छानबिन’ । आरोपमा नाम जोडिएका व्यक्ति जोसुकै भए पनि उनीहरूलाई कानुनी दायरामा ल्याउन ढिलाइ गर्नु हुँदैन । साथै, सीमा क्षेत्रमा निगरानी प्रणाली मजबुत बनाउँदै पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न आवश्यक छ ।

सीमा सुरक्षा केवल भौगोलिक सीमाको रक्षा मात्र होइन, यो राष्ट्रको आर्थिक, सामाजिक र कानुनी संरचनाको सुरक्षा पनि हो । यदि यस्ता घटनामा कडाइका साथ कारबाही गरिएन भने भोलिका दिनमा यस्ता गतिविधि अझ मौलाउने खतरा रहन्छ । राज्य संयन्त्रप्रति जनविश्वास जोगाउने हो भने, अब ‘शून्य सहनशीलता’को नीति अवलम्बन गर्दै ठोस कदम चाल्नु अपरिहार्य भइसकेको छ ।

Tags: सिरहा नाकामा ‘सेटिङ’ मा तस्करी
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

अशोज २८, २०८३
वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

अशोज २८, २०८३
समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

अशोज २८, २०८३
ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

अशोज २८, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि