Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कलैया यातायातमा ‘लाइसेन्स माफिया’को जालो : फेल भएका पैसामा पास, ट्राफिकसम्मको मिलोमतो

यातायात कार्यालय कलैयामा विशेष ‘फास्ट ट्रयाक’ प्रणाली विकास गरिएको छ । जसअनुसार, बिहान ११/१२ बजेसम्म कार्यालय पुगेपछि दिउँसो १२ देखि २ बजेसम्म फारम भर्ने र बायोमेट्रिक गर्ने, त्यसपछि ३ बजे लिखित परीक्षा दिने र भोलिपल्ट ट्रायल दिएर लाइसेन्स हात पार्ने व्यवस्था गरिएको छ । ‘एक रात कलैयामा बस्ने, अर्को दिन लाइसेन्स लिएर फर्कने’ यो मोडेलले व्यापक रूपमा ध्यान खिचेको छ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
चैत्र ५, २०८२
कलैया यातायातमा ‘लाइसेन्स माफिया’को जालो : फेल भएका पैसामा पास, ट्राफिकसम्मको मिलोमतो

कलैया (बारा), ५ चैत । बारा जिल्लाको कलैयास्थित यातायात व्यवस्था कार्यालयमा वर्षौंदेखि संगठित भ्रष्टाचार र अनियमितताको जालो फैलिएको गम्भीर आरोप सतहमा आएको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जस्तो संवेदनशील सेवा यहाँ पूर्णतः ‘व्यापार’मा परिणत भएको भन्दै सेवाग्राहीहरू आक्रोशित बनेका छन् ।

सेवाग्राहीहरूका अनुसार, लिखित र ट्रायल परीक्षामा असफल भएकाहरूलाई समेत निश्चित रकम लिएर पास गराउने ‘खुलेआम धन्दा’ सञ्चालन भइरहेको छ । मोटरसाइकलदेखि हेभी सवारीसम्मका लागि १० हजारदेखि ७० हजार रुपैयाँसम्म दर तोकिएको बताइन्छ । अझ गम्भीर आरोप के छ भने, कम्प्युटर प्रणालीमै पास देखिने गरी रेकर्ड मिलाइने, सिसिटिभी फुटेज हटाउने वा सम्पादन गर्ने, लिखित परीक्षामा कर्मचारीले नै उत्तर भर्ने र ट्रायलमा अर्कै दक्ष चालक प्रयोग गरिने जस्ता कार्यहरू भइरहेको दाबी गरिएको छ ।

पैसाको भरमा सहजै लाइसेन्स हात पार्ने अभियानको कारण कलैया यातायात कार्यालय ‘लाइसेन्स किनबेचको अड्डा’ का रूपमा चिनिँदै आएको छ । यहाँ बारा र पर्साका भन्दा बढी हेटौडा माथिका पहाडी जिल्लाबाट सेवाग्राहीहरू आउने गरेका छन् । हेटौडा, काठमाडौं, नुवाकोट, पाल्पा, सिन्धुपाल्चोक लगायतका क्षेत्रबाट लाइसेन्स नपाएका व्यक्तिहरूलाई विचौलियामार्फत कलैया ल्याएर लाइसेन्स दिलाउने गरिएको कर्मचारी स्रोतको दाबी छ । विचौलियाहरूले समूहमा सेवाग्राही जम्मा गरी सवारी बुकिङमार्फत कलैया ल्याउने र निश्चित रकम लिएर लाइसेन्स उपलब्ध गराउने कार्य लामो समयदेखि सञ्चालनमा रहेको बताइन्छ । यसले सरकारी सेवा प्रणालीमाथि नै गम्भीर प्रश्न उठाएको छ ।

यसबीच नुवाकोट जिल्लाका एक महिला सेवाग्राहीले ४० हजार रुपैयाँ तिरेर लाइसेन्स ‘किनेको’ प्रमाण समेत फेला परेको छ । पटक–पटक लिखित र ट्रायलमा असफल भएकी एक महिलाले विचौलियामार्फत ४० हजार रुपैयाँ बुझाएर लाइसेन्स प्राप्त गरेको बताइएको छ । उनले कलैयास्थित एक होटलमा दलालहरूलाई खाजाखर्चबापत थप १५ हजार रुपैयाँ समेत तिरेको जानकारी स्रोतले दिएको छ । यो केवल एक उदाहरण मात्र भएको र यस्ता धेरै घटनाहरू फेला परेको छ । ट्रायलमा फेल भएका व्यक्तिहरू समेत अन्ततः पास देखिनु र लाइसेन्स हात पार्नुले भ्रष्टाचारको जालो कति गहिरो छ भन्ने स्पष्ट पार्छ ।

यस प्रक्रियामा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको समेत मिलोमतो रहेको पाइएको छ । ट्रायल सेन्टरमा ट्राफिक प्रहरी बरिष्ठ सईको उपस्थिति हुँदाहुँदै पनि फेल सेवाग्राहीहरू पास हुनुुले प्रहरीको भूमिकामाथि समेत गम्भीर प्रश्न उठाएको छ । कलैयाबाट दैनिक सयौं जनालाई ‘सेटिङ’का आधारमा लाइसेन्स वितरण भइरहेको बताइन्छ । यहाँ दलालहरूको ठूलो सञ्जाल सक्रिय रहेको छ । ती विचौलियाहरू काठमाडौँमै कार्यालय खोलेर सेवाग्राही जम्मा गर्ने र समूहमा कलैया ल्याएर लाइसेन्स दिलाउने व्यवस्था मिलाएका छन् ।

दूरदराजबाट आउने सेवाग्राहीलाई लक्षित गर्दै यहाँ विशेष ‘फास्ट ट्रयाक’ प्रणाली विकास गरिएको छ । जसअनुसार, बिहान ११/१२ बजेसम्म कार्यालय पुगेपछि दिउँसो १२ देखि २ बजेसम्म फारम भर्ने र बायोमेट्रिक गर्ने, त्यसपछि ३ बजे लिखित परीक्षा दिने र भोलिपल्ट ट्रायल दिएर लाइसेन्स हात पार्ने व्यवस्था गरिएको छ । ‘एक रात कलैयामा बस्ने, अर्को दिन लाइसेन्स लिएर फर्कने’ यो मोडेलले व्यापक रूपमा ध्यान खिचेको छ । तर सेवाग्राहीहरूका अनुसार यो सुविधा सहज सेवाका लागि नभई ‘लाइसेन्स किनबेच’लाई व्यवस्थित बनाउन तयार गरिएको प्रणाली हो ।

अधिकांश पास हुने सेवाग्राहीहरू पहाडी जिल्लाका हुने गरेको र उनीहरू प्रायः विचौलियामार्फत आउने गरेको बताइन्छ । प्रश्न उठ्छ के ती जिल्लाहरूमा यातायात कार्यालय छैनन् ? छन्, तर त्यहाँ पैसा तिरेर लाइसेन्स ‘किन्ने’ वातावरण नभएकाले असफल भएका सेवाग्राहीहरू कलैया धाउने गरेको उनीहरूको भनाइ छ । ट्रायल सेन्टर वरिपरि सजिलै देख्न सकिने पहाडी जिल्लाबाट आएका सेवाग्राही र उनीहरूले रिजर्भ गरेका सवारी साधनहरूले यो दाबीलाई थप पुष्टि गर्ने स्थानीयहरू बताउँछन् । यातायात कार्यालयले सार्वजनिक गर्ने लिखित तथा ट्रायल पास सूचीमा समेत विभिन्न जिल्लाबाट आएका सेवाग्राहीहरूको उल्लेखनीय उपस्थिति देखिनुले शंका अझ गहिरो बनाएको छ ।

सवारी चालक अनुमतिपत्र जस्तो महत्वपूर्ण दस्तावेज पैसाको भरमा वितरण हुनु केवल प्रशासनिक कमजोरी मात्र नभई सडक सुरक्षामाथि गम्भीर खतरा हो । योग्यताविहीन चालकहरू सडकमा आउँदा दुर्घटनाको जोखिम बढ्ने निश्चित छ । यस प्रकरणले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ । अब आवश्यकता छ निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र प्रणालीगत सुधारको । अन्यथा, कलैया यातायात कार्यालय ‘लाइसेन्स माफिया’को अखडाकै रूपमा चिनिँदै जाने खतरा बढ्दो छ ।

Tags: ‘योग्यता होइन पैसा चाहिन्छ’ : कलैयामा लाइसेन्स वितरणको खतरनाक सञ्जाल !
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि