Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपाल भारत सीमामा मानव तस्करी प्रयास विफल : टिकटक प्रेमको फन्दामा परेकी किशोरीको उद्दार

प्रारम्भिक बयानका क्रममा उनीहरूले किशोरी आफ्नै बहिनी भएको र आफन्तको घर जान नेपालतर्फ लागेको बताएका थिए । तर उनीहरूको भनाईमा असंगति देखिएपछि ए.एच.टि.यु. टोलीले थप अनुसन्धान अघि बढाएको थियो ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
फाल्गुन २४, २०८२
नेपाल भारत सीमामा मानव तस्करी प्रयास विफल : टिकटक प्रेमको फन्दामा परेकी किशोरीको उद्दार

वीरगंज (पर्सा), २४ फागुन । भारत–नेपाल सीमा क्षेत्रमा मानव तस्करीको प्रयासलाई असफल बनाउँदै भारतीय सीमावर्ती सहर रक्सौल स्थित सशस्त्र सीमा बल (एस.एस.बी.) को मानव तस्करी विरोधी इकाई (एएचटियु) ले एक नाबालिग किशोरीलाई सुरक्षित रूपमा उद्दार गरेको छ । प्राप्त सूचनाको आधारमा एस.एस.बी.को ४७ औँ वाहिनी अन्तर्गतको ए.एच.टि.यु. टोलीले सीमा क्षेत्रमा आवतजावत गर्ने व्यक्तिमाथि विशेष निगरानी बढाएको थियो ।

सोही क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जना संदिग्ध युवकलाई एक किशोरीसहित मित्तेरी पुल नजिकै रोकेर सोधपुछ गरिएको थियो । प्रारम्भिक बयानका क्रममा उनीहरूले किशोरी आफ्नै बहिनी भएको र आफन्तको घर जान नेपालतर्फ लागेको बताएका थिए । तर उनीहरूको भनाईमा असंगति देखिएपछि ए.एच.टि.यु. टोलीले थप अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानलाई प्रभावकारी बनाउन प्रयास जुभनिल एड सेन्टर, स्वीच रक्सौल, ग्राम नियोजन केन्द्र जस्ता संस्थाको सहयोगमा तीनै जनालाई अलग–अलग राखेर सोधपुछ तथा काउन्सेलिङ गरिएको थियो । त्यस क्रममा उद्दार गरिएकी किशोरी ‘रानी कुमारी’ (परिवर्तित नाम) भारतको बिहार राज्यस्थित मोतिहारी जिल्लाको पताही थाना क्षेत्रकी रहेको खुलेको छ ।

त्यस्तै घटनामा संलग्न आरोपितमध्ये मोहम्मद अरमान (उर्फ गोलु) नेपालका वीरगंज निवासी रहेको खुलासा भएको छ भने अर्का आरोपी इकबाल अन्सारी (उर्फ सोनु) भारतको बिहार राज्यको नरकटियागञ्ज अन्तर्गत शिकारपुर थाना क्षेत्रका बासिन्दा रहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा मोहम्मद अरमानले ‘गोलु’ नाम प्रयोग गर्दै टिकटक मार्फत करिब चार महिनाअघि किशोरीसँग चिनजान बढाएको र पछि प्रेम सम्बन्धको नाटक गर्दै विवाहको झुटो आश्वासन दिएको पत्ता लागेको छ । त्यसपछि आफ्ना सहयोगी इकबाल अन्सारीसँग मिलेर किशोरीलाई विभिन्न प्रलोभन देखाउँदै घरबाट भाग्न प्रेरित गरिएको अनुसन्धानमा खुलेको छ ।

किशोरी घरबाट निस्केर मोतिहारी बसपार्क पुगेपछि दुवै आरोपीले उनलाई भारतबाट नेपाल ल्याउने योजना बनाएका थिए । तर ए.एच.टि.यु.को सक्रिय निगरानी र समयमै गरिएको कारबाहीका कारण उनीहरूको योजना असफल भएको हो । टोलीले किशोरीलाई सुरक्षित रूपमा उद्धार गर्न सफल भएको छ ।

उद्दार गरिएकी किशोरी र दुवै आरोपीलाई थप कानुनी प्रक्रिया अगाडि बढाउन हरैया थानालाई बुझाइएको छ । प्रहरीका अनुसार आरोपितहरूविरुद्ध मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान जारी रहेको छ । उद्दार अभियानमा ए.एच.टि.यु.का इन्स्पेक्टर विकास कुमारको नेतृत्वमा सहायक उपनिरीक्षक खेमराज, हवलदार अरविन्द द्विवेदी, सिपाही साधना सिन्हा र अन्जु मोहन सहभागी थिए । साथै प्रयास जुवेनाइल एड सेन्टरकी आरती कुमारी र राज गुप्ता, स्वच्छ रक्सौलका रञ्जित सिंह र साबरा खातुन तथा ग्राम नियोजन केन्द्रका अरविन्द पाण्डे र रेखा देवीको पनि सक्रिय सहयोग रहेको थियो ।

Tags: एस.एस.बी.को सक्रिय निगरानीले रोकेको मानव तस्करी
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

अशोज २८, २०८३
वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

अशोज २८, २०८३
समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

अशोज २८, २०८३
ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

अशोज २८, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि