Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा रास्वपाको क्लिन स्वीप: पुराना दललाई धक्का, चारै क्षेत्रमा रास्वपाको प्रभावशाली जित

चारै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएसँगै पर्साको राजनीतिक समीकरण नै परिवर्तन भएको छ । लामो समयदेखि प्रभाव कायम गर्दै आएका नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता स्थापित दललाई मतदाताले स्पष्ट सन्देश दिएका छन् ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
फाल्गुन २४, २०८२
पर्सामा रास्वपाको क्लिन स्वीप: पुराना दललाई धक्का, चारै क्षेत्रमा रास्वपाको प्रभावशाली जित

वीरगंज (पर्सा), २४ फागुन । पर्सा जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा यसपटक मतदाताले नयाँ राजनीतिक विकल्पलाई रोज्दै ऐतिहासिक परिणाम दिएका छन् । चारै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएसँगै पर्साको राजनीतिक समीकरण नै परिवर्तन भएको छ । लामो समयदेखि प्रभाव कायम गर्दै आएका नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता स्थापित दललाई मतदाताले स्पष्ट सन्देश दिएका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीका अनुसार पन्तले २७ हजार २ सय ७४ मत प्राप्त गर्दै एमालेका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतान्तरले पराजित गरेका हुन् । यादवले १३ हजार ३० मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८ सय ८५ मत ल्याउँदै तेस्रो स्थानमा सीमित भए ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रदीप यादवले जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले लोकतन्त्रको मूल सौन्दर्य जनताको मतलाई सर्वोच्च मान्नुमा रहेको उल्लेख गर्दै मतदाताको निर्णय आफ्नो लागि मार्गदर्शक रहने बताएका छन् । साथै उनले विजयी पन्तलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

त्यसैगरी पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा पनि रास्वपाका उम्मेदवार सुशिल कुमार कानुले शानदार जित हासिल गरेका छन् । उनले ३० हजार ७४० मत प्राप्त गर्दै कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री अजय चौरसियालाई १८ हजार ८५० मतान्तरले पराजित गरेका हुन् । चौरसियाले ११ हजार ८९० मत प्राप्त गरे भने एमालेकी उम्मेदवार रिमा कुमारी यादव ले ११ हजार ६०५ मत ल्याएकी छन् ।

निर्वाचनपछि रिमा यादवले मतदाताप्रति आभार व्यक्त गर्दै लोकतन्त्रमा जनताको निर्णय नै अन्तिम हुने बताएकी छन् । उनले विजयी कानुलाई बधाई दिँदै पर्सा–२ को विकासका लागि आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् ।

यसैगरी पर्सा–३ मा रास्वपाका उम्मेदवार रामाकान्त चौरसिया २९ हजार ६७९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार रूपेशकुमार पाण्डेले ११ हजार ९१४ मत ल्याएका छन् ।

त्यस्तै पर्सा–४ मा रास्वपाका उम्मेदवार टेकबहादुर शाक्य २८ हजार ६ मतसहित निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार रमेश रिजालले १२ हजार ५३३ मत र एमालेका उम्मेदवार जालिम मियाँ मन्सुरीले १२ हजार १४६ मत प्राप्त गरेका छन् ।

पर्साका चारै क्षेत्रमा रास्वपाको जितसँगै यहाँको राजनीतिक परिदृश्यमा उल्लेखनीय परिवर्तन देखिएको छ । लामो समयदेखि परम्परागत दलको प्रभाव रहेको पर्सामा यसपटक मतदाताले नयाँ राजनीतिक विकल्पप्रति विश्वास व्यक्त गरेको विश्लेषण गरिएको छ । यो परिणामले स्थापित दलहरूलाई आफ्नो कार्यशैली र जनतासँगको सम्बन्ध पुनः समीक्षा गर्नुपर्ने सन्देश दिएको छ ।

Tags: पर्सामा नयाँ राजनीतिक लहर: चारै सीट रास्वपाको कब्जामा
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

अशोज २७, २०८३
महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

अशोज २७, २०८३
नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

अशोज २७, २०८३
११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

अशोज २७, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि