Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजबाट गगनको हुंकार : ‘भाइरल होइन, विकास चाहिन्छ’, ‘भ्रष्टाचार सहन्नौं, परिणाम देखाउँछौं’ !

क्षणिक लोकप्रियता र भाइरल राजनीति संस्कृतिको आलोचना गर्दै परिणाममुखी राजनीतिमा जोड दिए । ‘एक लाइन बोलेर बेलुका हेडलाइन बन्नु सजिलो छ, तर देश बदल्न मेहनत, योजना र निरन्तरता चाहिन्छ,’ उनले भने ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
फाल्गुन १६, २०८२
वीरगंजबाट गगनको हुंकार : ‘भाइरल होइन, विकास चाहिन्छ’, ‘भ्रष्टाचार सहन्नौं, परिणाम देखाउँछौं’ !

वीरगंज (पर्सा), १६ फागुन । नेपाली काँग्रेस पर्साले वीरगंजमा ‘मधेश प्रतिज्ञा सभा’ को आयोजना गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा काँग्रेसको पक्षमा माहोल बनाउने उद्देश्य सहित घण्टाघर स्थित आयोजित मधेश प्रतिज्ञा सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सभापति गगन थापाले भावनात्मक र योजनाबद्ध भाषणमार्फत विकास, रोजगारी र उत्तरदायित्वको स्पष्ट खाका प्रस्तुत गरेका छन् । उनले शहीदहरूको बलिदान स्मरण गर्दै भाषणको सुरुवात गरे र भने, ‘शहीदहरूको सपना बाँच्छ कि बाँच्छैन भन्ने प्रश्न आज हाम्रो सामु छ । त्यो सपना जोगाउने जिम्मेवारी हामी सबैको हो ।’

उनले क्षणिक लोकप्रियता र भाइरल राजनीति संस्कृतिको आलोचना गर्दै परिणाममुखी राजनीतिमा जोड दिए । ‘एक लाइन बोलेर बेलुका हेडलाइन बन्नु सजिलो छ, तर देश बदल्न मेहनत, योजना र निरन्तरता चाहिन्छ,’ उनले भने । नयाँ पुरानो बहसभन्दा जिम्मेवार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनले टिकट किनबेच र अवसरवादी राजनीतिले देश नबन्ने धारणा व्यक्त गरे । निजी क्षेत्रलाई रोजगारी सृजनाको प्रमुख आधारका रूपमा प्रस्तुत गर्दै थापाले साना व्यवसायीदेखि ठूला उद्योगसम्म सबैलाई विश्वासको वातावरण आवश्यक रहेको बताए ।

‘मन्दिर बाहिर फूल बेच्ने पनि निजी क्षेत्र हो, रिक्सा चलाउने पनि निजी क्षेत्र हो । विश्वास र स्थिर नीति बिना आर्थिक गतिविधि बढ्दैन,’ उनले स्पष्ट पारे । कर नीति स्थिर राख्ने, साना आम्दानीकर्तालाई कर छुट दिने तथा व्यवसायीलाई दीर्घकालीन नीतिगत भरोसा प्रदान गर्ने प्रतिबद्धता पनि उनले दोहोर्‍याए । मधेश केन्द्रित १२ बुँदे प्रतिज्ञा सार्वजनिक गर्दै उनले संविधान र समान न्याय, संघीयता सुदृढीकरण, रोजगारी र तीव्र विकास, किसान संरक्षण, सुरक्षा, शिक्षा स्वास्थ्य सुधार, महिला उद्यम, युवा सशक्तीकरण तथा पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको बताए । ‘मधेस देशको अर्थतन्त्रको इन्जिन हो, यसलाई बलियो नबनाई समृद्धि सम्भव छैन,’ उनले जोड दिए ।

किसानको मल समस्या, स्वास्थ्य बीमा सुधार र विदेशमा रहेका श्रमिकको सुरक्षाबारे पनि उनले स्पष्ट योजना प्रस्तुत गरे । टेन्डर प्रक्रियामा सुधार गरी मल आपूर्ति सुनिश्चित गर्ने, स्वास्थ्य उपचारमा नागरिकको आर्थिक बोझ घटाउने र विदेशबाट फर्किएका श्रमिकलाई बिना धितो सहुलियत ऋण उपलब्ध गराउने योजना रहेको उनले बताए । ‘आजको श्रमिक भोलिको उद्यमी बन्नुपर्छ,’ उनले भने ।

वीरगंजको पूर्वाधार विकासबारे बोल्दै उनले सिमरा विमानस्थल स्तरोन्नति, सडक सुधार, पानी र ढल व्यवस्थापनमा तीव्र काम गर्ने प्रतिबद्धता व्यक्त गरे । दलित र विपन्न बस्तीको अवस्था सुधार आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले भने, ‘मेरो कार्यकालमा एउटा पनि दलित परिवार कच्ची घरमा बस्न बाध्य भयो भने त्यो मेरो असफलता हुनेछ ।’

भाषणको अन्त्यमा उनले पाँच वर्षसम्म नथाकी काम गर्ने, भ्रष्टाचार सहन नगर्ने र प्रत्येक महिना कार्य प्रगति सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । ‘हामी हल्लाको राजनीति होइन, परिणामको राजनीति गर्न आएका हौँ,’ उनले दृढतापूर्वक भने । सभामा उपस्थित समर्थकहरूले उत्साहपूर्वक समर्थन जनाएका थिए । अब मतदाताले स्थिरता र परिणाममुखी नेतृत्व रोज्ने कि क्षणिक लोकप्रियताको राजनीति रोज्ने भन्ने प्रश्न आगामी निर्वाचनले तय गर्नेछ ।

नेपाली काँग्रेस पर्साका सभापति जनाद्र्धन सिंह क्षेत्रीयको सभापतित्वमा आयोजित सभामा पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, पूर्व प्रदेश मन्त्री ओमप्रकाश शर्मा सहित नेपाली काँग्रेसका नेताहरुहरुले सम्बोधन गरेका थिए ।

Tags: क्षणिक लोकप्रियतामाथि थापाको प्रहार: परिणाममुखी राजनीतिमा जोड
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि