Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रास्वपाका सुशील कानुको प्रतिबद्धताः कृषकलाई समयमै मल खाद र कोल्ड स्टोर निर्माण गर्ने घोषणा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १५, २०८२
रास्वपाका सुशील कानुको प्रतिबद्धताः कृषकलाई समयमै मल खाद र कोल्ड स्टोर निर्माण गर्ने घोषणा

वीरगंज (पर्सा), १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले कृषकहरूका लागि समयमै मल, खाद उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रवार निर्वाचन क्षेत्रअन्तर्गत बहुदरमाई नगरपालिका – ४ को डकैला बहुआरी टोलमा घरदैलो गर्दै स्थानीयहरूसँग प्रत्यक्ष संवाद गरेका कानुले समयमा मल र खादको अभावमा बर्सेनि कृषकहरूलाई ठुलो नोक्सानी हुने गरेको बताउँदै आफू निर्वाचित भएपछि समयमै मल र खादको व्यवस्था सुनिश्चित गर्ने दाबी गरे ।

‘कृषकहरूको पीडा मलाई राम्रोसँग थाहा छ । तरकारी खेतीका लागि मल समयमै उपलब्ध गराउने, उत्पादनलाई सुरक्षित राख्न शीत भण्डार (कोल्ड स्टोर) निर्माण गर्ने र बजारसम्म सहज पहुँच पुर्‍याउने व्यवस्था तत्काल गर्ने छु,’ उनले भने । त्यस्तै कानुले उच्च शिक्षाको लागि जिल्ला अथवा देश बाहिर जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै स्थानीय स्तरमै उच्च शिक्षाको पहुँच विस्तार गर्ने योजना पनि अघि सारे । उनले भने, ‘पाँच वर्षको कार्यकालमा पर्सा जिल्लामा रहेको मधेस विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्थाको रूपमा विकास गर्दै उच्च शिक्षा हासिल गर्ने केन्द्रको रूपमा विकास गर्नेछु ।’

सोहीगरी कानुले खेलकुद विकासका लागि बहुदरमाई नगरपालिका क्षेत्रमा राष्ट्रिय स्तरको खेल आयोजना गर्न मिल्ने रङ्गशाला निर्माणको काम पनि अघि बढाइने बताए । ‘वीरगंजस्थित नारायणी रङ्गशालाको स्तरोन्नति गर्नुका साथै बहुदरमाई नगरपालिका भित्र नै उपयुक्त स्थानको पहिचान गर्दै एउटा राष्ट्रिय स्तरको रङ्गशालाको निर्माण कार्यलाई अघि बढाइने छ,’ उनले भने ।

कानुले पर्सा जिल्लाको सबैभन्दा ठुलो समस्या बेरोजगारी भएको औँल्याउँदै उद्यमशीलता, तालिम र विभिन्न स्वरोजगारका कार्यक्रमहरू सञ्चालन गर्दै रोजगारीको अवसरहरू सृजना गर्ने पनि आफूले पहल गर्ने बताए । घरदैलोका क्रममा स्थानीयहरूले यसअघि निर्वाचित भएर गएका सांसदहरूले आश्वासन मात्र बाँडेको आरोप लगाउँदै आफूहरू परिवर्तनको पक्षमा रहेको बताए । उनीहरूले नयाँ सोच, ऊर्जा र भिजनका साथ आएका उम्मेदवारलाई आफ्नो मत दिने बताए ।

घरदैलोमा रास्वपाका स्थानीय नेता तथा कार्यकर्ता, स्थानीय बुद्धिजीवी, विभिन्न पेसासँग आबद्ध व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि