Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मदिरा बिक्री बन्द गर्ने निर्णयविरुद्ध व्यवसायीको आपत्ति

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १४, २०८२
मदिरा बिक्री बन्द गर्ने निर्णयविरुद्ध व्यवसायीको आपत्ति

वीरगंज (पर्सा), १४ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साले फागुन १५ देखि लागू हुने गरी मदिरा व्यवसाय तथा बिक्री वितरण बन्द गर्ने निर्णय गरेपछि पर्साका मदिरा व्यवसायीहरू आक्रोशित भएका छन् । उक्त निर्णयप्रति पर्सा मदिरा व्यवसायी संघले गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल पुनर्विचारको माग गरेको छ । संघले जारी गरेको विज्ञप्तिमा प्रशासनको निर्णयले व्यवसायीहरूलाई गम्भीर आर्थिक संकटमा धकेल्ने उल्लेख गरिएको छ ।

हाल देशको आर्थिक अवस्था कमजोर रहेको, बजारमा क्रयशक्ति घटेको र व्यवसाय सञ्चालनमै चुनौती बढिरहेको सन्दर्भमा यस्तो निर्णयले थप समस्या निम्त्याउने संघको भनाइ छ । संघका अनुसार मदिरा व्यवसाय राज्यलाई कर तिर्ने प्रमुख क्षेत्रमध्ये एक हो । वर्षौंदेखि व्यवसायीहरूले राज्यको राजस्वमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । तर यही क्षेत्रलाई लक्षित गर्दै अचानक बिक्री बन्द गर्ने निर्णय लिनु न्यायोचित नभएको उनीहरूको तर्क छ ।

विशेषगरी होलीजस्ता पर्व नजिकिँदै गर्दा गरिएको निर्णयले व्यवसायीहरूलाई थप मर्कामा पारेको संघले जनाएको छ । होली वर्षमा एकपटक आउने प्रमुख व्यापारिक सिजन भएकाले धेरै व्यवसायीहरूले बैंक, सहकारी, साथीभाई तथा अन्य स्रोतबाट ऋण लिएर मालसामान खरिद गरी व्यापारको तयारी गरिसकेको अवस्थामा पसल बन्द गर्ने निर्णयले ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको उनीहरूको गुनासो छ ।

संघले प्रश्न उठाएको छ यदि व्यवसाय सञ्चालन गर्न नदिने हो भने व्यवसायीहरूले लिएको ऋण, बैंकको किस्ता, घरपरिवारको खर्च तथा राज्यलाई तिर्नुपर्ने कर कसरी तिर्ने ? यस अवस्थाको जिम्मेवारी कसले लिने ? विज्ञप्तिमा प्रशासनलाई व्यवसायीहरूको वास्तविक अवस्था बुझ्न र निर्णय पुनर्विचार गर्न आग्रह गरिएको छ । व्यवसायीहरूको समस्या, लगानी र परिस्थितिलाई मध्यनजर गर्दै उपयुक्त समाधान निकाल्न संघले जोडदार माग गरेको छ ।

संघले सम्बन्धित निकायसँग औपचारिक आपत्ति जनाउँदै निर्णय सच्याउन पहल गरिने जनाएको छ । साथै, सम्पूर्ण व्यवसायीहरूलाई संगठित र एकजुट भई आफ्नो हक अधिकारका लागि उभिन पनि आह्वान गरिएको छ । प्रशासनको निर्णय र व्यवसायीहरूको आपत्तिबीच पर्सामा यस विषयले थप बहस जन्माएको छ । अब प्रशासनले व्यवसायीहरूको मागलाई कसरी सम्बोधन गर्छ भन्ने चासो बढेको छ ।

Tags: मदिरा व्यवसायी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

असार २०, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि