Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा-२ मा अशोक टेमानीको प्रतिबद्धता, ‘विकास, समृद्धि र स्वाभिमान हाम्रो साझा अभियान’

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ११, २०८२
पर्सा-२ बाट जसपाका उम्मेदवार अशोक टेमानीः सत्ता होइन जनताको समस्या समाधान खोज्न संसदतर्फ

वीरगंज (पर्सा), ११ फागुन । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी सरगर्मी बढ्दै गएको छ । यसै क्रममा जनता समाजवादी पार्टी नेपाल (जसपा) का तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक कुमार टेमानीले विकास, समृद्धि र स्वाभिमानलाई केन्द्रमा राख्दै आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । वीरगंजको माटोसँग भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै टेमानीले आफू क्षेत्रकै छोरा तथा दाजुभाइको हैसियतले जनताको सेवामा समर्पित रहने बताएका छन् । ‘पर्सा–२ का जनताको हरेक समस्या संसद्मा सशक्त रूपमा उठाउनेछु र सम्बन्धित मन्त्रालय तथा निकायमा पुगेर समाधानका लागि आवश्यक पहल र दबाब सिर्जना गर्नेछु,’ उनले भने ।

टेमानीले वीरगंजलाई पुनः मुलुकको ‘आर्थिक राजधानी’को रूपमा स्थापित गर्न विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन् । औद्योगिक र व्यापारिक साख फर्काउन विशेष आर्थिक क्षेत्र र लगानीमैत्री नीति आवश्यक रहेको उनको धारणा छ । उनले उद्योग, व्यापार र लगानीलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गरी स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्य प्रस्तुत गरेका छन् । कृषि क्षेत्रलाई बलियो नबनाई समृद्धि सम्भव नहुने उल्लेख गर्दै टेमानीले मल, बीउ तथा कृषि उपकरणको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । किसानले आफ्नो उत्पादन सिधै बिक्री गर्न सक्ने कृषि बजार (गोला) स्थापना गर्ने योजना उनले अघि सारेका छन् ।

आधुनिक सिँचाइ व्यवस्थाको विस्तार, ‘एक गाउँ–एक उत्पादन’ अवधारणा कार्यान्वयन, उन्नत मूल्यका कृषि उत्पादनमा विशेष प्याकेज तथा निजी–सरकारी साझेदारीमा कोल्ड स्टोरेज स्थापना गर्ने उनको योजना छ । यसले किसानको आम्दानी वृद्धि र कृषि उत्पादनको बजार सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन् । युवाको बढ्दो वैदेशिक पलायनलाई गम्भीर समस्या मान्दै टेमानीले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना सार्वजनिक गरेका छन् । प्राविधिक शिक्षा तथा सीप विकास केन्द्र स्थापना गरी युवालाई आत्मनिर्भर बनाउने वातावरण तयार गर्ने उनको भनाइ छ । ‘विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न उत्पादन र उद्यमशीलता विस्तार गर्नुपर्छ,’ उनले जोड दिए ।

महिलालाई आर्थिक रूपमा सशक्त बनाउन सीप विकास विद्यालयको अवधारणा ल्याउने, महिला श्रमिकका लागि केयर सेन्टर स्थापना गर्ने तथा घरेलु उद्योग सञ्चालनका लागि सहजीकरण गर्ने योजना उनले प्रस्तुत गरेका छन् । खाद्यान्न प्रशोधन, गार्मेन्ट तथा टेलरिङजस्ता घरमै बसेर गर्न सकिने उद्यममार्फत महिलाको आम्दानी बढाउने लक्ष्य उनले राखेका छन् । शिक्षा क्षेत्र सुधारलाई प्राथमिकतामा राख्दै टेमानीले मधेश विश्वविद्यालय लाई देशकै उत्कृष्ट विश्वविद्यालयका रूपमा विकास गर्न प्रदेश सरकारसँग सहकार्य गर्ने बताएका छन् । सरकारी विद्यालयको गुणस्तर अभिवृद्धिका लागि स्थानीय तहसँग मिलेर आवश्यक पहल गर्ने उनको प्रतिबद्धता छ ।

‘ग्रेटर वीरगंज’ निर्माणको अवधारणा अघि सार्दै उनले व्यवस्थित शहरी विकासमा जोड दिएका छन् । पर्सागढी र बहुदरमाई नगरपालिकाको स्तरोन्नतिका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने, ग्रामीण सडक, नाला तथा अधुरा योजनालाई पूरा गर्ने र दीर्घकालीन खानेपानी समाधानका लागि विशेषज्ञ टोली परिचालन गर्ने उनको योजना छ । जिल्लाका सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाउने, हेल्थ पोस्ट नभएका क्षेत्रमा नयाँ संरचना स्थापना गर्ने तथा सुचारु सञ्चालन सुनिश्चित गर्न स्थानीय र संघीय सरकारसँग सहकार्य गर्ने टेमानीले बताएका छन् ।

‘तपाईंको अमूल्य मत, समृद्ध पर्साको आधार’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका टेमानीले जनताको विश्वास नै आफ्नो शक्ति भएको उल्लेख गरेका छन् । अब निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा–२ का मतदाताले विकास, रोजगारी र स्वाभिमानको एजेन्डालाई कत्तिको समर्थन गर्छन् भन्ने चासो बढेको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

निजी क्षेत्रका समस्या समाधान गर्न रास्वपा सभापति रबि लामिछानेलाई वीउवासंघको ९ बुँदे ध्यानाकर्षण

निजी क्षेत्रका समस्या समाधान गर्न रास्वपा सभापति रबि लामिछानेलाई वीउवासंघको ९ बुँदे ध्यानाकर्षण

असार १८, २०८३
कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि