Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चौतर्फी विवादपछि प्रशासन ब्याक : वीरगंजको कर्फ्यू फिर्ता, संवेदनशील क्षेत्रमा निषेधाज्ञा कायमै

‘एउटा वडामा भएको घटनालाई आधार बनाएर पूरै शहर ठप्प पार्नु उचित होइन’ भन्ने धारणा सामाजिक सञ्जालमा व्यापक बनेको थियो । केही सामाजिक अगुवा र युवाहरूले प्रशासन र सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाउँदै सुरक्षा व्यवस्थालाई सुदृढ बनाउनुपर्ने तर सम्पूर्ण शहर बन्द गर्न नहुने बताएका थिए ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
फाल्गुन ११, २०८२
चौतर्फी विवादपछि प्रशासन ब्याक : वीरगंजको कर्फ्यू फिर्ता, संवेदनशील क्षेत्रमा निषेधाज्ञा कायमै

वीरगंज (पर्सा), ११ फागुन । वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुरमा भएको दुई समुदायबीचको झडपपछि पर्सा जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आदेश चौतर्फी आलोचना भएपछि हटाइएको छ । स्थानीयस्तरमा तीव्र असन्तुष्टि र सामाजिक सञ्जालमार्फत व्यापक विरोध बढेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यू फिर्ता लिइएको हो । यद्यपि, शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै महानगरका संवेदनशील क्षेत्रमा भने निषेधाज्ञा कायमै राखिएको छ ।

आइतबार साँझ श्रीपुर क्षेत्रमा दुई समुदायबीच झडप हुँदा केही व्यक्ति घाइते भएका थिए भने प्रहरीले घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । तर सोमबार बिहान ९ः४५ बजेदेखि अर्को आदेश नहुन्जेलसम्म लागू हुने गरी सम्पूर्ण बजार क्षेत्र समेटेर कर्फ्यू आदेश जारी भएपछि स्थानीय नागरिक, व्यवसायी, सामाजिक अगुवा तथा विभिन्न सरोकारवालाले कडा आलोचना गरेका थिए ।

विवाहको लगन र निर्वाचनको समय भएकाले कर्फ्यूले दैनिक जनजीवन, व्यापार व्यवसाय र आवतजावतमा प्रत्यक्ष असर पर्ने भन्दै नागरिकले प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाएका थिए । ‘एउटा वडामा भएको घटनालाई आधार बनाएर पूरै शहर ठप्प पार्नु उचित होइन’ भन्ने धारणा सामाजिक सञ्जालमा व्यापक बनेको थियो । केही सामाजिक अगुवा र युवाहरूले प्रशासन र सुरक्षा निकायको कार्यशैलीमाथि प्रश्न उठाउँदै सुरक्षा व्यवस्थालाई सुदृढ बनाउनुपर्ने तर सम्पूर्ण शहर बन्द गर्न नहुने बताएका थिए ।

चौतर्फी दबाब र सर्वपक्षीय छलफलपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश सोमबार साँझ ४ः३० बजेदेखि लागू हुने गरी हटाएको जनाएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको उक्त आदेश शान्ति सुरक्षाको अवस्था सुधार भएको मूल्याङ्कनका आधारमा फिर्ता लिइएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।

कर्फ्यू हटाइएपनि अवस्था पूर्ण रूपमा सामान्य भइनसकेको भन्दै महानगरका केही संवेदनशील क्षेत्रहरूमा भने निषेधाज्ञा जारी गरिएको छ । मिति २०८२ फागुन ११ गते साँझ ६ः०० बजेदेखि मिति १२ गते बिहान ८ः०० बजेसम्म ती क्षेत्रमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, भेला तथा सामूहिक गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ ।

प्रशासनका अनुसार बाईपास रोड, रानीघाट पुल, पावरहाउस चौक र घण्टाघर चौक आसपासका क्षेत्रलाई समेटेर निषेधाज्ञा लागू गरिएको छ । सम्बन्धित क्षेत्रको पूर्व, पश्चिम, उत्तर र दक्षिण सीमांकनभित्र पर्ने स्थानहरूमा सुरक्षा सतर्कता बढाइएको छ । आदेशको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबै राजनीतिक दल, सामाजिक संघसंस्था, युवा समूह तथा सर्वसाधारणलाई संयमता अपनाउन आग्रह गरेको छ । प्रशासनको पछिल्लो निर्णयलाई कतिपयले परिस्थिति सम्बोधन गर्ने सकारात्मक कदमका रूपमा हेरेका छन् भने केहीले प्रारम्भिक कर्फ्यू घोषणा प्रक्रियामाथि पुनर्विचार गर्नुपर्ने मत व्यक्त गरेका छन् ।

यस घटनाले सुरक्षा संवेदनशीलता र नागरिक स्वतन्त्रताबीच सन्तुलन कायम गर्न प्रशासनलाई थप जिम्मेवार बनाएको विश्लेषकहरूको भनाइ छ । वीरगंजको व्यापारिक तथा सामाजिक गतिविधि पुनः सामान्य अवस्थामा फर्किन प्रशासन र नागरिक दुवैको समन्वय आवश्यक रहेको देखिएको छ ।

Tags: सामाजिक दबाब र सर्वपक्षीय छलफलपछि वीरगंजमा कर्फ्यू हट्यो
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

मधेशमा शिक्षा क्षेत्रको बजेट खर्चमा देखिएका कमजोरी सुधार्न अभिमुखीकरण

अशोज २८, २०८३
वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

वीरगंज महानगरको आर्थिक हिसाब खोज्दै जेन-जी पर्साः आय-व्ययदेखि बैंक मौज्दातसम्मको विवरण माग

अशोज २८, २०८३
समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

समस्या समाधान गर्न सांसद पन्तको पहलः प्रशासन र सम्बन्धित निकायलाई जवाफदेही बन्न आग्रह

अशोज २८, २०८३
ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

ई-जीपी हटाएर कागजी ठेक्का प्रणालीमा फर्किने सरकारी निर्णयप्रति प्रभु साहको आपत्ति

अशोज २८, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि