Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा-१ मा रामकिशोर सिंहको घरदैलो, स्थानीयवासीको उत्साहजनक सहभागिता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ९, २०८२
पर्सा-१ मा रामकिशोर सिंहको घरदैलो, स्थानीयवासीको उत्साहजनक सहभागिता

वीरगंज (पर्सा), ९ फागुन । उज्यालो नेपाल पार्टीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामकिशोर सिंह (पराग)ले शनिबार पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर १३ को राधेमाई टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा स्थानीयवासी, युवा र समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता देखिएको थियो ।

कार्यक्रमका क्रममा स्थानीयले उम्मेदवार सिंहलाई फूलमाला लगाएर भव्य स्वागत एवं सम्मान गरेका थिए । भेटघाटका क्रममा स्थानीयवासीहरूले विगतमा विभिन्न पार्टी र उम्मेदवारहरूले विकास र रोजगारीमा आश्वासन मात्र दिएर व्यवहारमा ठोस काम नगरेको गुनासो व्यक्त गरे । स्थानीय युवाहरूले यसपालि चुनाव नजिकिँदा मात्र वाचा गर्ने र जितिसकेपछि बेवास्ता गर्ने नेताहरूलाई बहिष्कार गर्ने र सक्षम उम्मेदवारलाई समर्थन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा सहभागीहरूले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको काम गर्ने शैली र प्रतिबद्धतालाई उल्लेख गर्दै उम्मेदवार सिंहप्रति आफ्नो समर्थन स्पष्ट पारे ।

उम्मेदवार सिंहले स्थानीयवासीका समस्यालाई निर्वाचित भएपछि प्राथमिकताका साथ समाधान गर्ने प्रतिवद्धता जनाए । उनले गाउँ–गाउँमा शिक्षा, स्वास्थ्य सेवा र रोजगारीलाई पहिलो प्राथमिकता दिने बताए। साथै, स्थानीय कलकारखानामा स्थानीय र सक्षम व्यक्तिहरूलाई रोजगारीमा प्राथमिकता दिइने योजनाको पनि उनले जानकारी गराए ।

सिंहले वीरगंज महानगरपालिका वडा नम्बर २० मा निर्वाचित भएर हासिल गरेको अनुभवलाई संघीय संसदसम्म पुर्‍याएर क्षेत्रका विकासका मुद्दाहरू सशक्त रूपमा उठाउने बताए । उनले स्थानीयस्तरमै विकासका काम अघि बढाउन र जनताको जीवनस्तर सुधार्न प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा उपस्थित स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई आगामी निर्वाचनमा विजय हासिल गर्न अग्रिम शुभकामना दिएका थिए । घरदैलो कार्यक्रम उत्साहजनक रहँदै, स्थानीय समुदायमा उम्मेदवारप्रति सकारात्मक भावना र सहयोग बढिरहेको स्पष्ट देखियो ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि