Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा क्षेत्र नं. २ मा बहुपक्षीय प्रतिस्पर्धा : मतदातामा असन्तुष्टि, कांग्रेस कमजोर, जसपाको प्रभाव बढ्दै

लामो समयदेखि यस क्षेत्रमा आफ्नो प्रभाव कायम राख्दै आएको नेपाली काँग्रेस यस पटक भने कमजोर देखिएको स्थानीय विश्लेषकहरूको भनाइ छ । काँग्रेसका उम्मेदवार एवं पूर्वमन्त्री अजय चौरसियालाई घरदैलो अभियानकै क्रममा मतदाताले विरोध गरेको र त्यसपछि चुनावी गतिविधि सुस्ताएको चर्चा छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ६, २०८२
पर्सा क्षेत्र नं. २ मा बहुपक्षीय प्रतिस्पर्धा : मतदातामा असन्तुष्टि, कांग्रेस कमजोर, जसपाको प्रभाव बढ्दै

वीरगंज (पर्सा), ६ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्ला क्षेत्र नं. २ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । यस क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशोक टेमानी यतिबेला मतदातामाझ लोकप्रिय बन्दै गएका छन् । लामो समयदेखि विकासको अपेक्षामा बसेका स्थानीय मतदाताले यस पटक नयाँ विकल्प खोजिरहेको अवस्थामा टेमानीको उम्मेदवारीले क्षेत्रबासीमा नयाँ आशा र उत्साह थपेको छ ।

क्षेत्र नं. २ मा विगतका वर्षहरूमा अपेक्षाअनुसार विकास हुन नसकेको गुनासो सर्वत्र सुनिँदै आएको छ । आधारभूत पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा उल्लेखनीय प्रगति हुन नसकेको भन्दै मतदाताहरू निराश देखिन्थे । यही परिवेशमा उद्योगी तथा समाजसेवीको रूपमा परिचित नयाँ अनुहार अशोक टेमानी चुनावी मैदानमा उत्रिएपछि स्थानीयस्तरमा सकारात्मक चर्चा सुरु भएको छ ।

टेमानीले घरदैलो अभियानका क्रममा जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या नजिकबाट बुझेको बताएका छन् । ‘क्षेत्रको विकास, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र स्थानीय स्तरमै रोजगारी सिर्जना मेरो पहिलो प्राथमिकता हुनेछ,’ उनले विभिन्न चुनावी सभामा दोहोर्‍याउँदै आएका छन् । उनको प्रतिबद्धताप्रति युवा तथा मध्यम वर्गका मतदाताहरू विशेष आकर्षित देखिएका छन् ।

लामो समयदेखि यस क्षेत्रमा आफ्नो प्रभाव कायम राख्दै आएको नेपाली काँग्रेस यस पटक भने कमजोर देखिएको स्थानीय विश्लेषकहरूको भनाइ छ । काँग्रेसका उम्मेदवार एवं पूर्वमन्त्री अजय चौरसियालाई घरदैलो अभियानकै क्रममा मतदाताले विरोध गरेको र त्यसपछि चुनावी गतिविधि सुस्ताएको चर्चा छ । स्थानीय तहमा मतदाताहरू सधैं चुनावका बेला मात्र देखापर्ने नेताप्रति असन्तुष्ट रहेको बताइन्छ ।

मतदाताहरूका अनुसार विगतमा निर्वाचित प्रतिनिधिहरूले चुनावपछि क्षेत्रको बेवास्ता गर्दै राजधानी केन्द्रित राजनीति गरेका कारण जनविश्वास खस्किएको हो । ‘अब हामी सचेत भइसकेका छौं । चुनावको बेला मात्रै आउने नेताहरूलाई यस पटक जवाफ दिनेछौं,’ एक स्थानीय मतदाताले बताए । यस पटकको निर्वाचनमा मतदाताहरूले विगतका कमजोरी दोहोरिन नदिन सजग भएर मतदान गर्ने मनस्थिति बनाएको देखिन्छ ।

यद्यपि प्रतिस्पर्धा भने रोचक हुने संकेत देखिएको छ । जसपाका अशोक टेमानीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार सुशिल साह कानु, नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार रिमा यादव तथा नेपाल कम्युनिष्ट पार्टी का उम्मेदवार मनोज चौधरी चुनावी प्रतिस्पर्धामा छन् । बहुपक्षीय प्रतिस्पर्धाका कारण मत विभाजनको सम्भावना पनि उत्तिकै रहेको विश्लेषकहरू बताउँछन् ।

चुनावी अभियान तीव्र बन्दै जाँदा क्षेत्र नं. २ मा राजनीतिक माहोल दिनप्रतिदिन तातिरहेको छ । विकास र सुशासनको मुद्दा यस पटकको निर्वाचनको केन्द्रबिन्दु बनेको देखिन्छ। मतदाताहरू नयाँ सोच, नयाँ नेतृत्व र परिणाममुखी कामको अपेक्षामा छन् । अब हेर्न बाँकी छ फागुन २१ गतेको मतदानले क्षेत्र नं. २ का मतदाताहरूको यो उत्साह र परिवर्तनको चाहनालाई कस्तो परिणाम दिन्छ । चुनावी प्रतिस्पर्धा जति रोचक बन्दै गएको छ, त्यति नै मतदाताको निर्णयले आगामी राजनीतिक दिशालाई निर्धारण गर्ने निश्चित छ ।

Tags: अशोक टेमानी सुशिल कानु रिमा यादव र मनोज चौधरीबीच रोचक भिडन्तको संकेतटेमानी कानु यादव र चौधरीबीच रोचक भिडन्तको संकेत
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि