Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा–१ मा ओमप्रकाश सरार्फको घरदैलो तीव्र, भिस्वा र सबैठवामा स्थानीयसँग प्रत्यक्ष संवाद

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ५, २०८२
पर्सा–१ मा ओमप्रकाश सरार्फको घरदैलो तीव्र, भिस्वा र सबैठवामा स्थानीयसँग प्रत्यक्ष संवाद

वीरगंज (पर्सा), ५ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले घरदैलो अभियानलाई अझ सशक्त बनाउँदै मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएका छन् । जनमत पार्टी का तर्फबाट उम्मेदवार सरार्फले वीरगंज महानगरपालिका वडा नं.–१५ भिस्वा र वडा नं.–२३ सबैठवामा साँझको चुनावी सभामार्फत स्थानीय बासिन्दासँग संवाद गरेका हुन् ।

घरदैलोका क्रममा उनले टोल–टोल पुगेर सर्वसाधारणले भोगिरहेका समस्या प्रत्यक्ष सुने । वडा नं.–१५ भिस्वामा जीर्ण सडक, प्रभावकारी ढल निकासको अभाव, खानेपानी संकट र सरसफाइ व्यवस्थापनको कमजोरी मुख्य रूपमा उठाइएको थियो । वर्षायाममा सडक हिलाम्मे हुने, पानी जमेर दुर्गन्ध फैलिने अवस्था अन्त्य गर्न स्थानीयले तत्काल पहल गर्न माग गरेका छन् ।

वडा नं.–२३ सबैठवामा पनि आधारभूत पूर्वाधारकै समस्या दोहोरिएको छ । कच्ची सडक, अव्यवस्थित नाला, पर्याप्त सडकबत्ती नहुनु, स्वास्थ्य सेवामा पहुँचको कमी तथा युवाका लागि रोजगारी अवसर अभावजस्ता विषय स्थानीयले उम्मेदवारसमक्ष राखेका थिए । सुरक्षित सडक, नियमित सफाइ र स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राख्न उनीहरूले जोड दिएका छन् ।

स्थानीयको गुनासो सुनेपछि सरार्फले जनविश्वासलाई परिणाममा रूपान्तरण गर्ने प्रतिबद्धता दोहोर्‍याए । ‘जनताले देखिने र महसुस हुने विकास खोजिरहेका छन् । सडक, ढल, खानेपानी, सरसफाइ र स्वास्थ्य सेवा सुधार मेरो पहिलो एजेन्डा हुनेछ,’ उनले भने । उनले सुझावलाई चुनावी घोषणापत्रको केन्द्रमा राख्दै स्थानीयस्तरमै रोजगारी सिर्जना, युवा उद्यमशीलता प्रवद्र्धन, साना तथा मध्यम व्यवसायलाई सहजीकरण र पूर्वाधार विकासलाई तीव्रता दिने योजना प्रस्तुत गरे । जनतासँग सीधा संवाद नै वास्तविक लोकतान्त्रिक अभ्यास भएको उनको भनाइ थियो ।

कार्यक्रममा युवा, महिला र ज्येष्ठ नागरिकको उल्लेख्य उपस्थिति देखिएको थियो । स्थानीयले यसपटक काम गर्ने र विकासमुखी उम्मेदवारलाई समर्थन गर्ने संकेत गरेका छन् । पार्टीका नेता–कार्यकर्ताको सक्रियतासहित सम्पन्न कार्यक्रमले क्षेत्र नं. १ मा चुनावी गतिविधि थप तीव्र भएको देखिएको छ । सरार्फले आगामी दिनमा अन्य वडामा पनि घरदैलो अभियान निरन्तर जारी राख्ने बताएका छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि