Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज–३० मा एमालेको पकड बलियो, मनोज साह कानुसहितका कार्यकर्ता एमालेमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २, २०८२
वीरगंज–३० मा एमालेको पकड बलियो, मनोज साह कानुसहितका कार्यकर्ता एमालेमा

वीरगंज (पर्सा), २ फागुन । वीरगंज महानगरपालिका वडा नं. ३० मा जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता मनोज साह कानुसहित करिब एक सय जना नेता तथा कार्यकर्ताले पार्टी परिवर्तन गर्दै नेकपा एमाले रोजेका छन् । वडा नं. ३० मा आयोजित वडा भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरूले औपचारिक रूपमा जसपा परित्याग गरी एमालेमा आबद्धता जनाएका हुन् ।

नवप्रवेशीहरूलाई नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादव तथा पार्टीका केन्द्रीय र जिल्ला तहका नेताहरूले फुलमाला र अविर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा उत्साहजनक सहभागिता रहेको जनाइएको छ ।

पार्टी प्रवेशपछि बोल्दै नवआबद्ध नेताहरूले पर्साको समग्र विकास र समृद्धिका लागि सक्षम र दृढ नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे । उनीहरूले प्रदीप यादवको नेतृत्वमा जिल्लाको विकासले गति लिने विश्वासका साथ एमालेमा प्रवेश गरेको बताए । साथै, आगामी दिनमा संगठन विस्तार गर्दै जनताको हकहितका पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

स्थानीय नेताहरूका अनुसार मनोज साह कानुको आगमनसँगै वडा नं. ३० मा एमालेको संगठनात्मक संरचना थप मजबुत बनेको छ । यस प्रवेशले आगामी निर्वाचनमा पार्टीको स्थिति अझ सुदृढ हुने दाबीसमेत गरिएको छ । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य उर्मिला देवकोटा, विजय सरावगी, पर्सा जिल्ला सचिव महेश दास, मानदेव हजरा, सुन्दर कुर्मी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै उम्मेदवार प्रदीप यादवले आफू सधैं जनताको सुख दुःखमा साथ दिँदै आएको उल्लेख गरे । विकास र समृद्धिको एजेन्डामा कुनै सम्झौता नगर्ने बताउँदै उनले चुनावी समयमा मात्र सक्रिय हुने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए । साथै उनले मतदातालाई नेकपा एमालेको ‘सूर्य’ चुनाव चिह्नमा मतदान गरी समृद्ध पर्सा निर्माणको अभियानमा साथ दिन आग्रह गरे ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि