Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

महोत्तरीमा अवैध उत्खनन गर्न चलखेल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ८, २०७८

जलेश्वर – महोत्तरीमा अवैध उत्खननमा चलखेल सुरु भएको छ । वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन, ठेक्का प्रक्रिया, उत्खनन परिमाण र क्रसर उद्योगमा रहेको मौज्दात स्टकको विवरण छलेर स्थानीय तहकै संलग्नतामा अबैध उत्खनन गर्न चलखेल सुरु भएको हो ।

नदीमा भएको उत्खनन परिमाण र क्रसर उद्योगमा रहेको स्टकबारे जिल्ला समन्वय समितिलाई जानकारी गराउनु पर्ने प्रावधान भएपनि कार्यान्वयन हुन सकेको छैन् ।

उत्खनन स्थलमा परिणाम र उत्खनन क्षेत्रफल सहितको बोर्ड लगाउनु पर्ने शर्त पालन गर्नुपर्छ । तर, कुनै पनि नदीमा शर्त पालना भएको छैन ।

उद्योगमा भित्रियाएको परिमाण तथा वर्ष भरी बिक्रि वितरण गरेको गिट्टी र वालुवाको परिमाण समेत लुकाएर राजश्व छलेका छन् । क्रसर उद्योगलाई शर्त पालना गराउन पटक पटक अनुगमन गरी उद्योगको स्टक र विक्रि वितरण गरेको परिमाणको विवरण हरेक महिना जानकारी गराउन पत्रचार हुन्छ । तर, कार्यान्वयन हुँदैन् । स्टक र विक्रि गरेको नदी जन्य पदार्थको जानकारी नदिइ नदीमै स्थापना भएको क्रसरले रातिको समयमा उत्खनन गर्दै आएको छ । जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेश कुमार सिंहले स्थानीय तहका जनप्रतिनिधिकै संलग्नतामा प्राकृतिक स्रोतहरुको चरम दोहन भएको बताउँछन् । स्थानीय तहलाई पत्राचार गरेपनि उत्खननको अवस्थाबारे जानकारी गराउदैनन, उनले भने ।

महोत्तरीको बाँके, मरहा, रातु नदी किनारमा अबैध रुपमा क्रसर उद्योग सञ्चालन गरी अबैध उत्खनन भइरहेको जिल्ला समन्वय समिति महोतरीले जनाएको छ । अवैध उत्खनन बढ्दो अवस्थामा छ, अध्यक्ष सिंहले भने, ‘सरकारले बजेटमै बालुवा गिट्टी निर्यातबारे चर्चा गर्न थालेपछि चिन्ता झन थपिएको छ । राज्य नदीहरुको दोहनको विषयमा संवेदनशिल छैन । राज्यले गर्दा नै चुरेको विनाश हुँदै गएको छ ।

नदीको दोहनमा ठुलो माफियातन्त्र संलग्न छ ।’ गौशालाको बाँके जँगल स्थित नदीमा गत वर्ष अबैध उत्खनन भएको उनी बताउँछन् । नदी उत्खननको अवस्था अनुगमन गर्दा ज्यान जोखिममा परेको जिल्ला समन्वय समिति महोतरीका सदस्य सुदिप झाले बताए ।

अनुगमन गर्न जाँदा हामीलाई बन्दुक लठ्ठीले लखेटेर फिर्ता पठाएको छ, उनले भने । नदीहरुमा भइरहेको अबैध उत्खननले बाढी नियन्त्रणका लागि बनाइएको तटबन्ध नै जोखिममा परेको पर्यावरण अभियन्ता पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले बताए । बाँधहरु भत्किँदा महोतरी र धनुषामा जोखिम बढेको छ । मापदण्ड विपरितको अवैध बालुवा गिट्टी उत्खननकै कारणले नदीहरुको सतह बढेर बाढिको जोखिम बढेको यादव बताउँछन ।

कलिलो र हल्का माटोले बनेको चुरे पर्वतबाट बग्ने रातो, विग्ही, लालबकैया, बागमती लगायतका दर्जनौ नदीहरु अवैध उत्खननको केन्द्र बनेको जिल्ला वन कार्यालय महोत्तरीका प्रमुख विनोद कुमार सिंह बताउछन् । प्रदेश २ का सांसद रामअशिष यादव अवैध क्रसर उद्योग तत्काल नियन्त्रण हुनु पर्ने बताउछन् । तराइमा हुने अबैध नदी उत्खननले तराई मधेशको मेरुदण्ड चुरे विनासले पर्यवारणमा क्षति पुगेको छ, उनले भने ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि