Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्साको चारै क्षेत्रमा चुनावी तापक्रम उच्चः मतदाता फकाउन उम्मेदवारहरु जनताको घरदैलोमा

पर्सामा चार पूर्वमन्त्री, निवर्तमान सांसद, पूर्वसांसद, नयाँ राजनीतिक दल र ठूलो संख्यामा स्वतन्त्र उम्मेदवारको सहभागिताले निर्वाचनलाई अत्यन्त रोचक, बहुपक्षीय र अनिश्चित बनाएको छ । परम्परागत दलहरूलाई रास्वपा जस्ता नयाँ दल र स्वतन्त्र उम्मेदवारले कडा चुनौती दिइरहेका छन् ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
माघ १४, २०८२
पर्साको चारै क्षेत्रमा चुनावी तापक्रम उच्चः मतदाता फकाउन उम्मेदवारहरु जनताको घरदैलोमा

वीरगंज (पर्सा), १४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्लामा चुनावी माहोल तातेको छ । जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १०९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा रहेका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका चार सिटका लागि दलगत र स्वतन्त्र गरी १०९ जना उम्मेदवारहरु चुनावी दौडधुमा व्यस्त छन् । उम्मेदवारहरु अहिले जनताको घरदैलोमा पुगी मतदाताहरुको समस्या सुन्नदेखि विकासका ठूलठूला आशाहरु बाँड्न थालेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा ३० जना उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरुले अहिले आफ्‌नो क्षेत्रको मतदाताहरुसँग भेटघाट, छलफलमा व्यस्त छन् । यस क्षेत्रमा प्रमुख दलबीच कडा प्रतिस्पर्धा देखिएको छ । नेकपा एमालेबाट पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादव, नेपाली कांग्रेसबाट पूर्वसांसद तथा केन्द्रीय सदस्य अनिल रुङ्गटा, जनता समाजवादी पार्टीबाट रामनरेस प्रसाद यादव, नेपाली कम्युनिष्ट पार्टीबाट अजयकुमार चौरसिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि पन्त, उज्यालो नेपाल पार्टीबाट रामकिशोर सिंह पराग, श्रम संस्कृति पार्टीबाट वासिम शेख, जनमत पार्टीबाट ओमप्रकाश सर्राफ लगायतका उम्मेदवारहरु चुनावमा उत्रिएको कारण यस क्षेत्रमा कडा भीडन्त हुने देखिन्छ । अहिले सबै उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगी आफ्‌नो पक्षमा मत हाल्न आग्रह गरि रहेका छन् ।

यसैगरि क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा उत्रिएका सबैभन्दा बढी ३२ जना उम्मेदवारहरु चुनावी प्रचार प्रसार अभियानलाई तीब्र पारेका छन् । यस क्षेत्रलाई पर्साकै सबैभन्दा चासोपूर्ण क्षेत्रका रूपमा हेरिएको छ । नेपाली कांग्रेसबाट पूर्वमन्त्री तथा निवर्तमान सांसद अजयकुमार चौरसिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वीरगंज महानगरपालिका वडा नं. १० का निवर्तमान वडाध्यक्ष सुशील साह कानु चुनावी मैदानमा उत्रिएका कारण कडा भीडन्त हुने संकेत देखिन्छ । चौरसिया ३ पटक सांसद निर्वाचित भइसकेका छन् भने कानु स्थानीय निकायको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित व्यक्ति हुन् । उनी २०७९ मा जनता समाजवादी पार्टीबाट वीरगंज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि थिए ।

निर्वाचित सांसददेखि जनप्रतिनिधिहरु चुनावी भीडन्तमा उत्रिएको कारण यस क्षेत्रको निर्वाचन रोचक बनेको छ । उनी लगायत जनता समाजवादी पार्टी नेपालबाट उद्योगपति अशोक टेमानी, नेकपा एमालेबाट रिमा यादव र राप्रपाबाट पूर्वसांसद विना कुमारी जैसवाल पनि चुनावी मैदानमा उत्रिएका छन् । यस क्षेत्रम उम्मेदवारबीच कडा भीडन्त हुने संकेत देखिएको कारण उम्मेदवारहरु अहिले चुनावी प्रचार प्रसार अभियानमा व्यस्त छन् । मतदाताहरुको घरदैलोमा पुगेर भेटघाट, छलफल तथा सभा जस्ता कार्यक्रमलाई व्यापकता दिएका छन् ।

यसरी नै क्षेत्र नम्बर ३ मा चुनावी प्रतिस्पर्धामा उत्रिएका २३ जना उम्मेदवारहरु चुनावी प्रचारप्रसार अभियानमा व्यस्त छन् । नेपाली कांग्रेसबाट पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, नेकपा एमालेबाट व्यवसायिक पृष्ठभूमिका रुपेश पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्माण व्यवसायी पृष्ठभूमिका रमाकान्त चौरसिया र नेपाली कम्यनिष्ट पार्टीबाट छोटेलाल यादव लगायतका उम्मेदवारहरु अहिले आफ्‌नो क्षेत्रको मतदाता रिझाउनमा व्यस्त छन् ।

त्यसैगरि क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा उत्रिका २४ जना उम्मेदवारहरु पनि घरदैलो कार्यक्रममा व्यस्त छन् । नेपाली कांग्रेसबाट पूर्वमन्त्री तथा निवर्तमान सांसद रमेश रिजाल, नेकपा एमालेबाट जालिम मियाँ अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर शाक्य र नेपाली कम्युनिष्ट पार्टीबाट जयप्रकाश थारु लगायतका उम्मेदवारहरु चुनावी प्रचारप्रसार अभियानमा अहोरात्र खटिएका छन् ।

यस पटकको निर्वाचनमा पर्सामा चार पूर्वमन्त्री, निवर्तमान सांसद, पूर्वसांसद, नयाँ राजनीतिक दल र ठूलो संख्यामा स्वतन्त्र उम्मेदवारको सहभागिताले निर्वाचनलाई अत्यन्त रोचक, बहुपक्षीय र अनिश्चित बनाएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार परम्परागत दलहरूलाई रास्वपा जस्ता नयाँ दल र स्वतन्त्र उम्मेदवारले कडा चुनौती दिइरहेका छन् । यसले मत विभाजन बढ्ने र अन्तिम परिणामसम्म कडा प्रतिस्पर्धा हुने संकेत गरेको छ । उम्मेदवारहरु चुनावी प्रचार–प्रसारलाई तिब्रता दिन घरदैलो, सभा, कोणसभा र सामाजिक सञ्जालमार्फत मतदातालाई आफ्नो पक्षमा पार्न सक्रिय छन् ।

चारवटै क्षेत्रमा उम्मेदवारको उल्लेखनीय भीड देखिँदा यसपटकको निर्वाचनलाई पर्सामा अहिलेसम्मकै सबैभन्दा प्रतिस्पर्धात्मक मानिएको छ । चार पूर्वमन्त्री, निवर्तमान सांसद, पूर्वसांसद, ठूला दलका प्रभावशाली नेता, नयाँ राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको उपस्थितिले पर्साको चुनावलाई विशेष अर्थमा हेरिएको छ ।

Tags: पर्सामा पूर्वमन्त्रीदेखि नयाँ शक्ति आमनेसामनेप्रतिनिधिसभा निर्वाचन
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि