Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा-१ मा परिवर्तनको बहसः ओमप्रकाश सर्राफको उदय र मतदाताको अपेक्षा !

नारायणी अस्पताल सुधारका लागि गरिएको आन्दोलन, लोडसेडिङ्गविरुद्धको सत्याग्रह, सिर्सिया नदी संरक्षणको अभियान, नारायणी रङ्गशाला स्तरोन्नतिका लागि गरिएको संघर्ष तथा मधेश आन्दोलनमा खेपेको गिरफ्तारी यी सबैले ओमप्रकाश सर्राफलाई ‘घोषणा गर्ने नेता’ भन्दा पनि ‘संघर्षबाट आएको प्रतिनिधि’का रूपमा स्थापित गरेको छ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
माघ १०, २०८२
पर्सा-१ मा परिवर्तनको बहसः ओमप्रकाश सर्राफको उदय र मतदाताको अपेक्षा !

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नं. १ को राजनीतिक माहोल दिनप्रतिदिन तातेको छ । यही परिवेशमा जनमत पार्टीका युवा उम्मेदवार ओमप्रकाश सर्राफको सक्रियता र उपस्थितिले क्षेत्रको चुनावी बहसलाई नयाँ दिशातर्फ डोर्‍याइरहेको देखिन्छ । टोल–टोल र घर–घरमा पुगेर गरिरहेको जनसम्पर्क, दैनिक भेटघाट, छलफल र अन्तरक्रियाले पर्सा–१ को चुनावलाई केवल औपचारिक प्रतिस्पर्धा होइन, वैचारिक र पुस्तान्तरणको लडाइँका रूपमा रूपान्तरण गरिदिएको छ ।

सर्राफको चुनावी अभियानको केन्द्रमा भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्य र रोजगारी रहेका छन् । वीरगंजको ‘खोसिएको गौरव’ फर्काउनेदेखि नारायणी अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्ने, नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने, ठाकुरराम बहुमुखी क्याम्पसलाई मधेश प्रदेशकै शैक्षिक हब बनाउनेजस्ता एजेण्डाहरू केवल घोषणामा सीमित छैनन्, ती उनका विगतका आन्दोलन र सक्रियतासँग गाँसिएका छन् । सिर्सिया नदीलाई प्रदूषणमुक्त र अतिक्रमणमुक्त बनाउने, व्यापार प्रवद्र्धनका लागि व्यापारीलाई सहयोग गर्ने तथा घरघरमा रोजगारी सिर्जना गर्ने प्रतिबद्धताले उनको अभियानलाई विकासमुखी बनाएको छ ।

सर्राफलाई अन्य उम्मेदवारभन्दा अलग बनाउने पक्ष भनेको उनको लामो सामाजिक र आन्दोलनकारी पृष्ठभूमि हो । नारायणी अस्पताल सुधारका लागि गरिएको आन्दोलन, लोडसेडिङ्गविरुद्धको सत्याग्रह, सिर्सिया नदी संरक्षणको अभियान, नारायणी रङ्गशाला स्तरोन्नतिका लागि गरिएको संघर्ष तथा मधेश आन्दोलनमा खेपेको गिरफ्तारी यी सबैले उनलाई ‘घोषणा गर्ने नेता’ भन्दा पनि ‘संघर्षबाट आएको प्रतिनिधि’का रूपमा स्थापित गरेको छ । कोरोना महामारीको कठिन समयमा निःशुल्क खाना, एम्बुलेन्स र उपचार सहजीकरणमार्फत देखाएको भूमिका अझै जनताको स्मृतिमा ताजा छ ।

युवालाई सीप दिएर रोजगारीसँग जोड्ने अभियानमार्फत पाँच हजारभन्दा बढी युवालाई अवसरमा जोड्नु सर्राफको अर्को महत्वपूर्ण पहिचान बनेको छ । यही निरन्तर समाजसेवाका कारण उनले ‘हिरो अफ द मधेश’ लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गरेका छन् । मतदाताले उनलाई परम्परागत अर्थमा ‘नेता’ भन्दा बढी ‘समाजसेवी’का रूपमा मूल्यांकन गरिरहेको देखिन्छ ।

सम्पादकीय दृष्टिले हेर्दा पर्सा–१ को निर्वाचन केवल व्यक्ति वा दलबीचको प्रतिस्पर्धा होइन, यो पुराना राजनीतिक अभ्यास र नयाँ पुस्ताको राजनीतिक सोचबीचको टकराव हो । सर्राफ स्वयंले पुराना दलहरूले जनआकांक्षा सम्बोधन गर्न नसकेको, विकास र न्याय दिन असफल भएको तथा आन्दोलनका क्रममा युवाहरूको बलिदान गराएको आरोप लगाउँदै विकल्पको आवश्यकता औंल्याएका छन् । उनका अनुसार यस पटक जनता सचेत छन्, मत विक्री हुँदैन र परिवर्तन खोज्दैछन् ।

घरदैलो अभियानका क्रममा अग्रजबाट आशीर्वाद लिँदै, युवासँग संवाद गर्दै र समुदायसँग निरन्तर जोडिँदै सर्राफले आफ्नो राजनीतिक यात्रालाई संसदीय राजनीतिसँग गाँस्ने प्रयास गरिरहेका छन् । जनमत पार्टीको बढ्दो प्रभाव र मधेशमा देखिएको राजनीतिक लहरसँगै उनले आफ्नो जितप्रति आत्मविश्वास व्यक्त गरेका छन् भने स्थानीय नागरिकहरूले पनि समर्थन जनाउँदै आएका छन् ।

अब निर्णायक प्रश्न यही हो के पर्सा–१ का मतदाताले विगतको राजनीतिक निरन्तरता रोज्छन्, कि आन्दोलन, समाजसेवा र विकासका एजेण्डाबाट आएका नयाँ पुस्तालाई संसदमा पठाउने निर्णय गर्छन् ? फागुन २१ को निर्वाचनले पर्सा–१ को राजनीतिक दिशा मात्र होइन, मधेशको बदलिँदो राजनीतिक चेतनाको संकेत पनि दिनेछ ।

Tags: प्रतिनिधिसभा निर्वाचन
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि