Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दुई समुदायको विरोध प्रदर्शनपछि वीरगंज तनावग्रस्त, स्थिति नियन्त्रण गर्न वीरगंजमा कर्फ्यु

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी उक्त कर्फ्यु सोमबार साँझ ६ बजेदेखि मङ्गलवार बिहान ८ बजेसम्म लागू रहने प्रशासनले जनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २१, २०८२
दुई समुदायको विरोध प्रदर्शनपछि वीरगंज तनावग्रस्त, स्थिति नियन्त्रण गर्न वीरगंजमा कर्फ्यु

वीरगंज (पर्सा), २१ पुस । धनुषाको एक मस्जिदमा अपरिचित व्यक्तिहरुको समूहले तोडफोड गर्नुका साथै कुरान जलाएको घटनालाई लिएर दुई फरक समुदायबीच वीरगंजमा प्रदर्शन चर्किँदै गएपछि पर्सा प्रशासनले वीरगंजको सम्वेदनशील स्थानहरुमा कर्फ्यू आदेश जारी गरेको छ । दुई समुदायबीच उत्पन्न विवाद उग्र बन्दै गएपछि पर्सा प्रशासनले सोमबार साँझ ६ बजेदेखि मंगलबार विहान ८ बजेसम्मको लागि कर्फ्यू आदेश जारी गरेको हो ।

वीरगंज महानगरपालिका क्षेत्रमा बढ्दो तनावलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी उक्त कर्फ्यु सोमबार साँझ ६ बजेदेखि मङ्गलवार बिहान ८ बजेसम्म लागू रहने प्रशासनले जनाएको छ । कर्फ्यु लागू हुने क्षेत्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको चार किल्लाभित्र सीमित गरिएको छ । यस अवधिमा तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

प्रशासनका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै शान्ति सुरक्षा कायम राख्न कर्फ्यु जारी गर्नुपरेको हो । कर्फ्यु अवधिमा सुरक्षाकर्मीले कडा सुरक्षा व्यवस्था अपनाउने जनाउँदै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरिएको छ । बाहिर निस्कनै परे नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न वा प्रहरी नियन्त्रण कक्ष (१००) मा सम्पर्क गरी अनुमति लिन आग्रह गरिएको छ । अत्यावश्यक सेवाहरूलाई कर्फ्युको दायराबाट छुट दिइएको छ । एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक, मानवअधिकारकर्मी, कूटनीतिक सवारी साधन तथा हवाई टिकट भएका यात्रुहरूको आवागमनमा सहजीकरण गरिने प्रशासनले स्पष्ट पारेको छ ।

धनुषाको घटनालाई लिएर आइतबार मुस्लिम समुदायहरुले वीरगंजमा विरोध प्रदर्शन गरेका थिए । त्यस लगत्तै त्यही समुदायका एक युवकले विदेश बसी सामाजिक सञ्जालमा हिन्दु समुदायमाथि चोट पुर्‍याउने नियतले अभद्र र आपत्तिजनक टिप्पणी गरेका थिए । त्यही विषयलाई लिएर सोमबार हिन्दु समुदाले वीरगंजमा विशाल विरोध जुलुस प्रदर्शन गरेको थियो । दुबै समुदायको विरोध प्रदर्शनले आइतबारदेखि नै वीरगंज तनावग्रस्त बनेको छ । वीरगंजमा उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गरेको हो ।

धनुषाको कमला–६ सखुवा मरानस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा गत शनिबार तोडफोड गरिएको तथा मुस्लिम धर्मावलम्बीहरूको पवित्र ग्रन्थ कुरान जलाइएको घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अवस्था झन् संवेदनशील बनेको हो । उक्त घटनाको विरोधमा वीरगंजमा आइतबारदेखि दुई फरक समुदायले आ-आफ्ना मागसहित प्रदर्शन गर्दै आएका छन् ।

Tags: तनावग्रस्त वीरगंजमा कर्फ्यू आदेश जारी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि