Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेसको पहिचान र सांस्कृतिक संरक्षण गर्ने उद्देश्यले ‘राष्ट्रिय धोती दिवस’ मनाइयो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १७, २०८२
मधेसको पहिचान र सांस्कृतिक संरक्षण गर्ने उद्देश्यले ‘राष्ट्रिय धोती दिवस’ मनाइयो
वीरगंज (पर्सा), १७ पुस । नयाँ अंग्रेजी वर्षको पहिलो दिन बिहीबार वीरगंजमा पनि ‘राष्ट्रिय धोती दिवस’ भव्य रूपमा मनाइएको छ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले मधेसको पहिचान र सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले वीरगंजमा राष्ट्रिय धोती दिवस मनाएका हुन् ।
धोती, कुर्ता र गम्छा पहिरनमा सजिएका जनमत पार्टीका नेता कार्यकर्ता बिहीबार बिहान वीरगंजको घण्टाघर चोकमा भेला भएका थिए । त्यहाँबाट उनीहरूले सांस्कृतिक झाँकीसहित र्‍याली निकाल्दै वीरगंज शहरको नगर परिक्रमा गरेका थिए । घण्टाघर चोकबाट सुरु भएको र्‍याली माईस्थान, आदर्शनगर र घडिअर्वा हुँदै पुनः घण्टाघर चोकमै पुगेर समापन गरिएको थियो ।
र्‍यालीपछि घण्टाघर चोकमा आयोजित कोणसभामा बोल्दै जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले धोती केवल मधेसी समुदायको पहिचान मात्र नभई एक महत्वपूर्ण सांस्कृतिक धरोहरसमेत भएको बताए । उनले धोती, कुर्ता र गम्छाजस्ता पहिरनलाई राज्यले राष्ट्रिय पोशाकको रूपमा मान्यता दिनुपर्ने माग दोहोर्‍याए ।
अध्यक्ष सर्राफले नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएपनि हालसम्म एउटा समुदाय विशेषको पोशाकलाई मात्र राष्ट्रिय पोशाकका रूपमा प्रवद्र्धन गरिँदै आएको उल्लेख गरे । सो अभ्यासलाई परिवर्तन गर्ने उद्देश्यले जनमत पार्टीले हरेक वर्ष जनवरी १ तारिखका दिन राष्ट्रिय धोती दिवस मनाउँदै आएको उनले जानकारी दिए ।
उनले अन्य जाति तथा समुदायका पहिरन र पोशाकप्रति आफ्नो पार्टीको सम्मान रहेको स्पष्ट पार्दै, धोती कुर्तालाई पनि राष्ट्रिय पोशाकको रूपमा समावेश गर्न राज्यले पहल गर्नुपर्ने धारणा राखे । कार्यक्रममा जनमत पार्टीकी नेतृ नजमा खातुन तथा नेताहरू बृजेश्वर प्रसाद चौधरी, राजनारायण मिश्र, कृष्ण कुशवाहा, राजु गिरीलगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहभागीहरूले धोतीलाई पहिचान, समानता र सांस्कृतिक स्वाभिमानको प्रतीकका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।
Tags: राष्ट्रिय धोती दिवस
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भदौ १०, २०८३
भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भदौ १०, २०८३
छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

भदौ १०, २०८३
पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

भदौ १०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि