Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रौतहटकी तहरीमा खातुन हत्या प्रकरण: दाजु र ससुरा पुर्पक्षका लागि कारागार चलान

हत्यापछि शव कोठाभित्रै खाल्डो खनी गाडिएको र त्यसपछि घरका सबै सदस्य फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तहरीमा र आदिलको डेढ वर्षको एक छोरा रहेको छ भने पति आदिल वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १०, २०८२
रौतहटकी तहरीमा खातुन हत्या प्रकरण: दाजु र ससुरा पुर्पक्षका लागि कारागार चलान

वृन्दावन (रौतहट), १० पुस । १८ वर्षीया तहरीमा खातुनको हत्या आरोपमा पक्राउ परेका उनका दाजु र ससुरालाई अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ । गुजरा नगरपालिका–७ पल्टुवाका आश महमद र वृन्दावन नगरपालिका–९ भुसहा टोलका ७५ वर्षीय महमद अलीलाई रौतहट जिल्ला अदालतले थुनामा राख्न आदेश दिएपछि प्रहरीले बुधबार कारागार पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालका अनुसार मंसिर ९ गते भुसहा टोलस्थित खपडाको घरको एउटा कोठाभित्र खाल्डो खनी बोरामा हालेर गाडिएको अवस्थामा तहरीमाको शव फेला परेको थियो । घटनापछि प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानकै क्रममा भोलिपल्टै मंसिर १० गते ससुरा महमद अली र दाजु आश महमदलाई पक्राउ गर्दा घटना विवरण खुलेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा दुवैले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको बयान दिएका थिए । सोही आधारमा जिल्ला अदालतले दुवैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रवक्ता बस्यालले जानकारी दिए ।

मृतक तहरीमा महमद अलीकी बुहारी तथा आश महमदकी बहिनी थिइन् । घटनाको रात दुवै अभियुक्त घरमै रहेको खुलेको छ । महमद अलीका १० भाइ छोरामध्ये सातौं छोरा शेख आदिलकी पत्नी थिइन् तहरीमा । आश महमदले आफ्नी बहिनीकी नन्दसँग विवाह गरेका थिए, जसका कारण उनी तहरीमाका दाजु तथा ज्वाइँ दुबै नातामा पर्छन् ।

प्रहरीका अनुसार परिवारका सदस्यहरू मिलेर तहरीमाको हत्या गरेका थिए । हत्या गरेपछि शव कोठाभित्रै खाल्डो खनी गाडिएको र त्यसपछि घरका सबै सदस्य फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तहरीमा र आदिलको डेढ वर्षको एक छोरा रहेको छ । तहरीमाका पति आदिल भने वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका छन् ।

प्रहरी अनुसन्धानमा तहरीमाको हत्या हुनुको कारण विवाहेतर सम्बन्ध रहेको खुलेको छ । अली र आश महमदको बयानअनुसार तहरीमाको अलीका जेठा छोराका छोरा अर्थात् नातिसँग सम्बन्ध थियो । गत कात्तिक १९ गते दुवै जनालाई सँगै भेटिएपछि गाउँलेले नियन्त्रणमा लिई चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयको जिम्मा लगाएका थिए ।

त्यसपछि अलीले ‘अब मेरो छोराले बुहारीलाई राख्दैन, यही भतिजोसँग विवाह गराइदिन्छु’ भन्दै दुवैलाई घर ल्याएको प्रहरीको भनाइ छ । एक सन्तानकी आमा तहरीमालाई माइती पक्षले पटक पटक सम्झाएर घर नबिगार्न आग्रह गरेपनि उनले नमानेको र त्यसपछि योजनाबद्ध रूपमा हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता बस्यालले बताए ।

मृतकका दाजु आश महमद करिब १५ दिनदेखि ससुरालीमै बस्दै आएका थिए । उनकै योजनामा मंसिर ८ गते राति घरका सबै सदस्य मिलेर तहरीमाको हत्या गरिएको प्रहरीको निष्कर्ष छ । घटनाको समयमा घरमा अली दम्पती, तहरीमा, उनको नाबालक छोरा, दुईजना देउरानी–जेठानी र नाबालक देवरहरू रहेका थिए । घटनापछि सबै फरार भएको परिवारमध्ये हालसम्म ज्वाइँ आश महमद र ससुरा महमद अली मात्र पक्राउ परेका छन् ।

अन्य सदस्यहरू तथा तहरीमा–आदिलको नाबालक छोरा अझै फेला नपरेको प्रहरीले जनाएको छ । फरार रहेका परिवारका अन्य सदस्यको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Tags: खातुन हत्या प्रकरण
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वन कार्यालयकै आदेशमा सालका रुख ढालिँदैः जितपुर-सिमरा क्षेत्रमा वन विनाशको भयावह खेल

वन कार्यालयकै आदेशमा सालका रुख ढालिँदैः जितपुर-सिमरा क्षेत्रमा वन विनाशको भयावह खेल

जेष्ठ ५, २०८३
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि