Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘सप्तरीको पीडामा प्रहरीको संवेदनशील सम्बोधन’ : सप्तरी प्रहरीद्वारा सदालाई सहयोग हस्तान्तरण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ६, २०८२
‘सप्तरीको पीडामा प्रहरीको संवेदनशील सम्बोधन’ : सप्तरी प्रहरीद्वारा सदालाई सहयोग हस्तान्तरण

राजविराज (सप्तरी), ६ पुस । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ११ अन्तर्गत इनर्वा टोल निवासी ३६ वर्षीय विष्णु सदाको दैनिकी र संघर्षपूर्ण जीवनकथाले सबैको ध्यान तानेको छ । ‘माछा–मासु किनेर खान सक्ने अवस्था नभएको र नयाँ साइकल किन्ने सानो सपना समेत पूरा गर्न नसकेको’ विष्णु सदाको पीडादायी जीवनकथा ई–कान्तिपुरमा प्रकाशित भएपछि त्यसले जिल्ला प्रहरी कार्यालय सप्तरीको ध्यान केन्द्रित गरायो ।

व्यावसायिक पत्रकारिता र पत्रकारिताको धर्म तथा मर्मलाई सम्मान गर्दै प्रकाशित उक्त समाचारप्रति संवेदनशील प्रतिक्रिया जनाउँदै जिल्ला प्रहरी कार्यालय सप्तरीले सम्बन्धित परिवारको जीवनयापनमा केही हदसम्म मलम लगाउने उद्देश्यसहित सहयोगको हात अघि बढाएको छ । विष्णु सदाको इमानदार जीवनशैली र सदाचारिताप्रति सम्मान प्रकट गर्दै उनको साइकल चढ्ने सपना साकार पार्ने तथा जाडो मौसममा न्यानो अनुभूति दिलाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सप्तरीले सदालाई सहयोग हस्तान्तरण गरेको हो ।

सोही क्रममा शनिबार जिल्ला प्रहरी कार्यालय सप्तरीको प्राङ्गणमा एक कार्यक्रम आयोजना गरी विष्णु सदालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । साथै, उनलाई एक थान साइकल प्रदान गरिनुका साथै उनको परिवारका लागि जाडो याममा उपयोगी न्यानो कपडाहरू ज्याकेट, हुडी, ट्रयाकसुट तथा सल समेत हस्तान्तरण गरिएको छ । कार्यक्रममा सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार केसी, प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले सदालाई सहयोग हस्तान्तरण गरेका थिए ।

उक्त सहयोग तथा सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका जिल्ला अध्यक्ष श्रवण देव र कान्तिपुर दैनिकका पत्रकार विधानन्द रामको उपस्थिती रहेको थियो । कार्यक्रममा सहयोग हस्तान्तरण गर्दै प्रहरी उपरीक्षक केसीले सामाजिक उत्तरदायित्व वहन गर्दै समाजका कमजोर तथा विपन्न वर्गको पीडामा प्रहरी सधैं संवेदनशील र सहयात्री रहने प्रतिबद्धता व्यक्त गरेका थिए । विष्णु सदाको संघर्षपूर्ण जीवनप्रति प्रहरीको यो मानवीय पहललाई उपस्थित पत्रकार तथा सहभागीहरूले प्रशंसा गरेका थिए ।

यो सहयोगले विष्णु सदा र उनको परिवारलाई केही राहत पुग्नुका साथै समाजमा सहानुभूति, संवेदनशीलता र सकारात्मक सन्देश प्रवाह भएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि