Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जगरनाथपुरमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु, दुई दर्जन विद्यालयको सहभागिता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ४, २०८२
जगरनाथपुरमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु, दुई दर्जन विद्यालयको सहभागिता

वीरगंज (पर्सा), ४ पुस । पर्साको जगरनाथपुर गाउँपालिकामा पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । गाउँपालिका वडा नं. ५ स्थित मधुवाहा खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले औपचारिक रूपमा गर्दै खेलकुद उत्सवको शुभारम्भ गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जगरनाथपुर गाउँपालिकाका सबै छ वटै वडाबाट सहभागी विद्यालयहरूबीच सञ्चालन भइरहेको प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुद भावना, अनुशासन, आत्मविश्वास र स्वस्थ जीवनशैलीको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले खेलकुदलाई केवल प्रतिस्पर्धाको माध्यमका रूपमा मात्र नभई राष्ट्र निर्माणका लागि सक्षम, अनुशासित र ऊर्जावान युवा उत्पादन गर्ने प्रभावकारी आधारको रूपमा लिनुपर्नेमा जोड दिए । साथै, आगामी दिनहरूमा पनि विद्यालयस्तरीय खेलकुद गतिविधिको प्रवद्र्धन र विकासका लागि गाउँपालिका निरन्तर प्रतिबद्ध रहने उनको भनाइ थियो ।

वडा नं. ५ का वडाध्यक्ष बिहारी महतो नूनियाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, शिक्षा अधिकृत अशोक सिंह तथा माध्यमिक विद्यालय संठीका प्रधानाध्यापक रामाधेश चौहानले प्रतियोगिताको सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक रुपनारायण साहले गरेका थिए ।

आयोजकका अनुसार प्रतियोगितामा गाउँपालिका भित्रका दुई दर्जनभन्दा बढी सामुदायिक विद्यालयहरूको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत १०० मिटर र २०० मिटर दौड (छात्र/छात्रा), हाई जम्प, लङ जम्प (छात्र/छात्रा), शटपुट, ज्याभलिन थ्रो (छात्र/छात्रा) लगायतका विभिन्न खेलकुद विधाहरू सञ्चालन हुनेछन् ।

यस प्रतियोगिताले विद्यालयस्तरका विद्यार्थीहरूलाई आफ्‌नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदमार्फत आपसी सद्भाव, सहकार्य र प्रतिस्पर्धात्मक क्षमताको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

महोत्तरीका किसान ओल खन्न व्यस्त

महोत्तरीका किसान ओल खन्न व्यस्त

अशोज २०, २०८३
प्रभु बैंकका सिइओ सुमन शर्मा दुई लाख धरौटीमा रिहा

प्रभु बैंकका सिइओ सुमन शर्मा दुई लाख धरौटीमा रिहा

अशोज २०, २०८३
उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमाः शिक्षामन्त्री

उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमाः शिक्षामन्त्री

अशोज २०, २०८३
दुर्गा प्रसाईं दुई लाख धरौटीमा रिहा

दुर्गा प्रसाईं दुई लाख धरौटीमा रिहा

अशोज २०, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि