Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बुधबारदेखि प्याब्सनको ‘दोश्रो छात्रा तथा जुनियर छात्र टी–२० क्रिकेट’ प्रतियोगिता हुँदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १, २०८२
बुधबारदेखि प्याब्सनको ‘दोश्रो छात्रा तथा जुनियर छात्र टी–२० क्रिकेट’ प्रतियोगिता हुँदै

वीरगंज (पर्सा), १ पुस । वीरगंजमा निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगंज महानगर समितिको आयोजनामा ‘दोश्रो छात्रा तथा जुनियर छात्र टी–२० क्रिकेट प्रतियोगिता’ बुधबारदेखि सुरु हुने भएको छ । गत वर्षदेखि सुरु गरिएको यो प्रतियोगिता यसपटक अझ व्यापक सहभागिता र उत्साहका साथ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै प्याब्सन वीरगंज महानगरका सचिव अमित आलोकले प्रतियोगितामा प्याब्सन अन्तर्गतका विद्यालयहरूबाट ३३६ छात्रा टोली र ३३४ जुनियर छात्र टोली सहभागी हुने बताए । यस प्रतियोगिताको उद्घाटन बुधबार बिहान ११ बजे आदर्शनगर रंगशालामा हुनेछ । उद्घाटन समारोहका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गर्नेछन् । प्रतियोगिता टी–२० नकआउट ढाँचामा सञ्चालन गरिने सचिव अमित आलोकले जानकारी दिए ।

आयोजकका अनुसार, टी–२० ढाँचाले खेलाडीहरूलाई सीमित समयमा आफ्‌नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ । यसले युवा खेलाडीहरूको प्रतिस्पर्धात्मक क्षमता र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । प्याब्सन वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तवले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि जगाउने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने, अनुशासन, नेतृत्व क्षमता, आपसी सहयोग र सामूहिक कार्यको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

विशेषगरी छात्रातर्फको क्रिकेट विकासलाई प्राथमिकतामा राख्दै प्रतियोगिता अघि बढाइएको उनको भनाइ छ । गत वर्ष सम्पन्न पहिलो संस्करण उपलब्धीमूलक रहेको उल्लेख गर्दै प्याब्सन महानगर सचिव तथा क्यान पर्साका सदस्य अमित आलोकले साउथजोन माध्यमिक विद्यालयकी शिवानी साह र अल्पाइन माध्यमिक विद्यालयकी प्रियंका यादव जिल्ला महिला क्रिकेट टोलीमा छनोट हुन सफल भएको जानकारी दिए । यसले प्रतियोगिताले दक्ष महिला खेलाडी उत्पादनमा ठोस योगदान पुर्‍याएको प्रमाणित गरेको उनले बताए ।

देशभर हाल ४४ जिल्लामा महिला क्रिकेट सञ्चालन भइरहेको सन्दर्भमा, प्याब्सन वीरगंज महानगरपालिकाले सुरु गरेको छात्रा क्रिकेट प्रतियोगिताले भविष्यमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलिरहेको आलोकको भनाइ छ । प्रतियोगिता आयोजनाका लागि करिब ७ देखि ८ लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका विजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ट्रफी र प्रमाणपत्र, तथा तेश्रो स्थान हासिल गर्ने टोलीले ट्रफी पाउनेछन् । साथै, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ ।
प्लेट च्याम्पियनशिप विजेता ट्रफी र सहभागी विद्यालयहरूलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । वीरगंज महानगर वडा नम्बर १४, पिपरा स्थित सनसाइन इंग्लिश स्कुलमा आयोजित पत्रकार सम्मेलन प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला सचिव अशोक संग्रौला, महानगर उपाध्यक्ष शर्मानन्द कुश्वाहा, सदस्य विजय बल, सल्लाहकारहरू मार्टिन मोक्तान र आलोक चौरसियालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण भने सचिव अमित आलोकले गरेका थिए ।

विद्यार्थीहरूको आत्मविश्वास वृद्धि, खेलकुद संस्कृतिको विकास र भविष्यका सक्षम क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यस प्रतियोगिताले वीरगंजको खेलकुद क्षेत्रमा नयाँ उचाइ थप्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने पक्राउ

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने पक्राउ

जेष्ठ ५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरिया नगरपालिकामा औषधि खरिदमा अनियमितता, नियम मिचेर ३५ लाखभन्दा बढी खर्च

जेष्ठ ५, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

जेष्ठ ५, २०८३
चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

जेष्ठ ५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि