Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बेकरी उद्योगमा खुलाएको ‘स्वास्थ्य खतरा’, ‘अनुगमनलाई निरन्तरता देऊ, सुधारलाई दायित्व बनाऊँ’

हरिशंकर शर्मा
हरिशंकर शर्मा
मंसिर २४, २०८२
बेकरी उद्योगमा खुलाएको ‘स्वास्थ्य खतरा’, ‘अनुगमनलाई निरन्तरता देऊ, सुधारलाई दायित्व बनाऊँ’

वीरगंज महानगरमा सञ्चालन भइरहेका पाउरोटी तथा बेकरी उद्योगहरूको अवस्था पुनः एकपटक गम्भीर प्रश्नको घेरामा परेको छ । मंगलबार महानगरपालिकाको बजार अनुगमन टोलीले शक्तिमान बेकरी एण्ड फुड प्रोडक्ट्स, शीला बेकरी उद्योग र लक्की पाउरोटी उद्योगमा गरेको छड्के अनुगमनले उपभोक्ताको थालसम्म पुग्ने खाद्य वस्तु कत्तिको जोखिमपूर्ण अवस्थामा तयार हुँदै आएको छ भन्ने कुरालाई भयावह रूपमा उजागर गरिदिएको छ ।

म्याद गुज्रिएका पाउरोटी, केक, बर्फी, दुनोट जस्ता खाद्य सामग्री फेला परेका मात्र होइन, उत्पादन स्थलमै अत्यन्त फोहोर, सरसफाइहीन वातावरण भेटिनु कुनै सामान्य बेथिति होइन । मैदा मुछ्ने भाँडा र पूरा कार्यक्षेत्रमै सफाइको न्यूनतम मापदण्ड नपुगेको भेटिनु उद्योगहरूको लापरवाही होइन, उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड हो । स्वास्थ्य जोखिमबारे सम्वेदनशीलता अझै निर्माण हुन नसक्नु उद्योग सञ्चालकको गैरजिम्मेवारी मात्र होइन, नियमनपक्षको निरन्तर कमजोरी पनि हो ।

अनुगमन टोलीमा सहभागी महानगरपालिकाका खाद्य अनुसन्धान अधिकृत विभा मिश्राद्वारा फेला पारिएका ती सबै म्याद गुज्रिएका र उपभोगयोग्य नठहरिएका सामग्रीहरू तत्काल जफत गरी नष्ट गरिएको जानकारी स्वागतयोग्य छ । तर एउटा अनुगमनले नष्ट गरिएका केही थान वस्तुले समस्या समाधान हुँदैन, समस्या छ उत्पादन संस्कृति र निगरानी संरचनामा ।

यसबाहेक, व्यवसाय दर्ता नगरेका वा नवीकरणसमेत नगरेका उद्योगहरू खुलेआम सञ्चालनमा रहेको तथ्यले अझै गम्भीर प्रश्न उठाउँछ । उद्योग खोल्नुअघि कुन निकायले हेर्ने ? नवीकरण नियमित नभए पनि कसले निगरानी गर्ने ? यही प्रश्नको उत्तर खोज्न राज्य संयन्त्र अझै चुकिरहेको देखिन्छ ।

महानगरपालिकाले ती उद्योगलाई ७ दिनभित्र सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न दिएको निर्देशन सही कदम हो, तर यस्तो निर्देशन पालना गराइने अवस्था र त्यसपछिको अनुगमनको स्थायित्व अझ महत्त्वपूर्ण छ । उपभोक्ता अधिकार संरक्षण मञ्च, उद्योग वाणिज्य संघ, होटल तथा पर्यटन व्यवसायी संघ तथा नेपाल प्रहरीको संयुक्त उपस्थिति अनुगमनलाई विश्वसनीय बनाइदिन्छ, तर यस्ता अभियान एकदिनको खबर बन्ने होइन, नियमित संयन्त्र बन्नु आवश्यक छ ।

यस घटनाले स्पष्ट देखाएको छ हामीले उपभोग गर्ने दैनिक खाद्य सामग्रीको गुणस्तर सुनिश्चित गर्ने प्रणाली अझै कमजोर र असंगठित छ । उपभोक्ताले सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य वस्तु पाउने अधिकार राज्यले सुनिश्चित गर्नैपर्छ । बेकरी उद्योगका सञ्चालकहरूका लागि पनि यो चेतावनी हो, नाफाका नाममा स्वास्थ्यसँग सम्झौता नगरिएला । कारण, विश्वास गुमेपछि बजार गुम्न धेरै समय लाग्दैन ।

अब आवश्यक के हो भने नियमित, आकस्मिक र कडा अनुगमनको निरन्तरता, अनियमित उद्योगमाथि कडाभन्दा कडा कारबाही, उद्योग सञ्चालकलाई दिगो सुधारका लागि अनिवार्य प्राविधिक र कानुनी मार्गदर्शन तथ उपभोक्ता स्वयंलाई पनि सचेत बनाउने व्यापक अभियान ।

वीरगंजका बेकरी उद्योगमा फेला परेका यस्ता बेथितिहरू सामान्य त्रुटि होइनन् । उपभोक्ताको स्वास्थ्यसँग सीधा खेलबाड हुन् । अब महानगर, सम्बन्धित निकाय र उद्योग सञ्चालक सबै मिलेर ‘सफा उत्पादन’ र ‘सुरक्षित उपभोग’ को संस्कृतिलाई अनिवार्य रूपमा स्थापित गर्ने बेला आएको छ । उपभोक्ताको जीवनजति मूल्यवान् अरू केही छैन, अनि खाद्य सुरक्षाभन्दा प्राथमिकता पनि ।

हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि