Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हिंसाको मूल जरा घरभित्रैः अब मौनताभन्दा उत्तरदायित्वको समय !

घरभित्रकै अँध्यारो: ९१ प्रतिशत हिंसा आफन्तबाटै, हिंसा लुकाएर होइन, उजागर गरेर अन्त्य हुन्छ ! महिलामाथि हुने हिंसाको भयावह सामाजिक रोग

हरिशंकर शर्मा
हरिशंकर शर्मा
मंसिर १४, २०८२
हिंसाको मूल जरा घरभित्रैः अब मौनताभन्दा उत्तरदायित्वको समय !

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले महिलामाथिको हिंसाको सबैभन्दा डरलाग्दो सत्य फेरि एकपल्ट सतहमा ल्याइदिएको छ, महिलामाथि हुने ९१ प्रतिशत यौनजन्य हिंसा आफन्त र नातेदारबाटै हुने । यो तथ्य मात्र अंक आकडा होइन; यो हाम्रो समाजको संरचनात्मक बिमारी, घरभित्रकै अँध्यारो, र संस्कार–सभ्यताको वास्तविक परीक्षा हो ।

नेपाली समाजमा हिंसा कहिल्यै सार्वजनिक विषय बनाइएन । ‘घरको कुरा घरमै’ भन्ने मानसिकताले अपमान, वेदना र आघातलाई घरी–घरी चुपचाप भान्साको ढोकाभित्रै थुनेर राख्यो । प्रहरीका अनुसार उजुरी बढ्नु सकारात्मक संकेत भएपनि वास्तविकता अझै डर लाग्दो छ, २८ प्रतिशत मात्र पीडित महिला मद्दत माग्न अघि सर्छिन्, ७२ प्रतिशत अझै अँध्यारोमा लुकिरहेका छन् ।

समस्या अहिलेकै होइन, हाम्रो मौनताले पोषण गरिरहेको दीर्घ रोग हो । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ठीकै भने, ‘पढेलेखेकै मान्छेमाथि र पढेलेखेकै मान्छेबाट हिंसा भइरहेका छन् ।’ यसले शिक्षा प्रणाली, पारिवारिक व्यवहार, मनोवैज्ञानिक स्वास्थ्य र सामाजिक मूल्य सबैमा गहिरो प्रश्न उठाउँछ ।

हिंसा ‘गरीबी’, ‘नशा’, ‘अज्ञानता’, ‘परम्परा’ जस्ता बाह्य बहानाबाट मात्र जन्मिएको होइन, यो सत्ता, नियन्त्रण र लैङ्गिक असमानतामा रोपिएको मानसिकता हो । घरेलु हिंसाको मात्रा अत्यधिक हुनु आफैंमा संकेत हो कि हाम्रो परिवार संस्था, जसलाई हामी सबैभन्दा सुरक्षित थलो ठान्थ्यौं, अब धेरै महिलाका लागि सबैभन्दा जोखिमपूर्ण स्थान बन्दै गएको छ ।

प्रहरी उपरीक्षक बसुन्धरा खड्काले भनेझैं, प्रविधिले हिंसाका नयाँ रूप सिर्जना गरिदिएको छ, साइबर ब्ल्याकमेलिङ, अनलाइन उत्पीडन, बदनाम गर्ने धम्की, निजी तस्वीरको दुरुपयोग । तर यही प्रविधिले पीडितलाई न्यायको ढोका खोल्ने अवसर पनि दिन सक्छ । यदि राज्य, समाज र सम्बद्ध निकायले त्यसको उचित उपयोग गरे भने ।

हिंसाको अन्त्य प्रहरीको एक्लो कर्तव्य होइन, यो साझा राष्ट्रिय जिम्मेवारी हो । आजका तथ्याङ्कले देखाएको वास्तविकताले एक मात्र कुरा भन्छ, यो अपराध केवल कानुनी होइन, सामाजिक रोग हो । यसका लागि कानून, शिक्षा, समुदाय, स्थानीय सरकार, राजनीतिक दल, सामाजिक संस्था सबैको भूमिकामा समन्वय चाहिन्छ ।

समाजले पीडितलाई प्रश्न गर्ने होइन, सुरक्षा दिने वातावरण बनाउन जरुरी छ । राज्यले अपराधीलाई दण्डित गर्नु मात्र होइन, अपराध रोक्ने संरचनात्मक सुधारमा पनि उस्तै शक्ति लगाउनुपर्छ ।

शिक्षण पाठ्यक्रममा सभ्य व्यवहार, सहमति (अयलकभलत), लैङ्गिक समानता र सामाजिक उत्तरदायित्वका विषयहरू अनिवार्य रूपमा समावेश गर्नुपर्ने कुरा अब विलम्बले चल्ने मुद्दा रहँदैन । पीडितमैत्री सेवा, मनोवैज्ञानिक परामर्श, सुरक्षित उजुरी प्रणाली र स्थानीय तहमा प्रशिक्षित विशेषज्ञ आवश्यक छन् ।

हिंसा लुकाएर होइन, उजागर गरेर मात्र अन्त्य हुन्छ । हिंसा घरभित्रै जन्मिन्छ, समाजमा बढ्छ, मौनतामा फैलिन्छ र कानुनी संरचनामा उन्मुक्ति पाउँछ । यदि हामीले विशाल बहुमत पीडित महिलाहरू अझैपनि बोल्न नडराउने वातावरण बनाउन सकेनौं भने कुनै तथ्याङ्क, कुनै अभियान वा कुनै घोषणा पर्याप्त हुने छैन ।

हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि