Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सर्लाही प्रहरीको सफलता, एक वर्षको अवधिमा ६२० फरार प्रतिवादी पक्राउ, अपराधीहरुमा त्रास

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ३१, २०८१
सर्लाही प्रहरीको सफलता, एक वर्षको अवधिमा ६२० फरार प्रतिवादी पक्राउ, अपराधीहरुमा त्रास

मलंगवा (सर्लाही), ३१ साउन । आ.व. २०८०/०८१ को अवधिमा सर्लाही प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ६२० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत सर्लाहीबाट विभिन्न समयमा कैद जरिवाना ठेकी फरार रहेका प्रतिवादीहरुमध्ये ६२० जनालाई पक्राउ गरि अदालतमा बुझाई जरिवाना असुल उपर गराएको हो ।

समाजमा शान्ति सुरक्षा तथा सर्वसाधारणहरुलाई अमनचयन प्रत्याभूति दिलाउने उद्देश्यले फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत एक वर्षको अवधिमा सर्लाही प्रहरीले ६२० जना फरार अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहरुबाट जिल्ला अदालत सर्लाहीले ८९ लाख २८ हजार ५१८ रुपैयाँ जरिवाना असुल उपर गरेको छ भने ८५ वर्ष २ महिना १ दिन कैदसजाय फैसला गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंहको निर्देशनमा खटिएको प्रहरी टोलीले फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका प्रतिवादीहरुमध्ये अधिकाँश जिल्ला अदालत सर्लाहीले अपराधी पुष्टि गरिसकेर फरार रहेका थिए । अदालतको फैसला कार्यान्वयनको लागि सर्लाही प्रहरीले प्रतिवादी एवं अपराधीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

सर्लाही जिल्ला आफैमा नेपाल भारतको खुल्ला सिमामा पर्ने भएकोले अदालतले अपराधी पुष्टि गरिसकेका व्यक्तिहरु नेपाल एवं भारतीय सीमावर्ती सहरमा लुकेर बस्दै आएका थिए । विगत लामो समयदेखि फरार प्रतिवादीको लिस्टमा रहेका अपराधीहरुलाई भारतीय प्रहरीको समन्वयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । नेपालमा अपराधिक क्रियाकपाल गरेर भारतमा लुकेर बस्ने परम्पराले पनि सर्लाहीमा अपराधिक घटनामा कमि हुन सकेको थिएन तर प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंहको निर्देशनमा फरार प्रतिवादी एवं अपराधीहरुलाई पक्राउ गर्ने अभियान नै संचालन गरिएको थियो ।

जस अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ मा एक वर्षको अवधिमा मात्रै ६२० जना प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएको हो । यस कार्यबाट अपराधिक क्रियाकपाल गर्नेहरुमा त्रास छाएको छ भने अपराधिक घटनाहरुमा केही कमि भएको छ, जसले गर्दा यहाँका सर्वसाधारणहरु शान्ति सुरक्षा महसुस गर्न थालेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि