Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

त्रिशुलीमा बगाएको बसमा एकै परिवारको ३ जना वेपत्ता भएपछि पर्साको जमुनिया गाउँ शोकमग्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २९, २०८१
त्रिशुलीमा बगाएको बसमा एकै परिवारको ३ जना वेपत्ता भएपछि पर्साको जमुनिया गाउँ शोकमग्न

वीरगंज (पर्सा), २९ असार । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा असार २९ गते विहान करिब ३ बजेको समयमा पहिरोले त्रिशुलीमा बगाएको बससँगै पर्साको एउटै घरका ३ जना बेपत्ता भएपछि सखुवा प्रसौनी २ को जमुनिया गाउँ शोकमग्न छ । छोरीको पेटमा समस्या आएपछि रोपिसकेको ७ कठ्ठा खेत बन्धकी राखेर पर्साको सखुवा प्रसौनी २ जमुनियाका ५५ वर्षीय हृदयनारायण राउत, उनकी श्रीमती ५० वर्षीय भगवती देवी र बिरामी छोरी २२ वर्षीय चन्द्रभवा कुमारी बिहीबार साँझ काठमाडौँका लागि बस चढेका थिए ।

घरको आर्थिक अवस्था नाजुक थियो । छोरीको स्वास्थ्यमा पहिले देखिनै केही समस्या देखिएपनि आर्थिक जोह भएको थिएन । त्यसपछि हृदयनारायणले रोपिसकेको खेल साहुको बन्धकी राखे । साहुले दिएको ऋण बोकेर काठमाडौँ आउँदै गरेका राउत परिवार उपचारका लागि अस्पतालसम्म आउनै पाएनन् । असार २८ गते साँझ रङ्गपुरबाट आएका बसमा बाबुआमा र दिदीलाई जयलालले नै प्रसौनीबाट बसमा चढाएका थिए । बिहीबार साँझ ८ बजे विरगञ्जबाट काठमाडौँका लागि हिँडेको बागमती प्रदेश ०३ ००६ ख १५१६ नम्बरको बस काठमाडौँ सम्म आउनै पाएन । बिहान काठमाडौँ पुगेर फोन गर्छु भनेका बाबुले जयलाललाई आफ्नो खबर सुनाउनै पाएनन् । बरु एकाबिहानै जयलालले नै बाबुआमा र दिदी चढेको बस पहिरोसँगै त्रिशुलीमा बेपत्ता भएको खबर पाए ।

घरका तीनै जना बेपत्ता भएपछि अहिले राउतको परिवार सम्हालिन सकेका छैनन् । घरमा रुवाबासी छ । राउतको घरको आर्थिक अवस्था निकै कमजोर छ । रोजगारीका लागि साउदी अरेबिया पुगेको राउतका जेठा छोरा श्याम विनय राउत परिवार त्रिशुलीमा बेपत्ता भएको खबरले छटपटिएका छन् । परिवारका ३ सदस्य बेपत्ता भएका राउत परिवारले आफन्तजनको अवस्था छिट्टै पत्ता लगाइदिन सरकारसँग आग्रह गर्छन् । अहिले राउतको परिवारलाई सम्हाल्न गाउँलेहरूलाई गाह्रो भैरहेको छ । राउतको घरको आर्थिक अवस्था दयनीय छ । बेपत्ताहरूको छिट्टै खोजी गरि परिवारलाई आवश्यक राहतको व्यवस्थापन गरिदिन स्थानीहरू सरकारसँग आग्रह गर्छन् ।

चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरो जाँदा विरगञ्जबाट काठमाडौँ आउँदै गरेको र काठमाडौँबाट गौर जाँदै गरेका दुइवटा बस पहिरोसँगै त्रिशुलीमा बगेका छन् । दुवै गाडीमा रहेका ६५ यात्रु मध्ये ३ जनाले हाम फालेर ज्यान जोगाएका छन् भने ६२ जनाको अवस्था अज्ञात छ । असार २९ गते शनिबार एकजनाको शव फेला परेको छ भने बाँकी यात्रु र बस अझै अज्ञात रहेको छ । साभार ः सिधाकुरा

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि