Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २३, २०८१
वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

गहवामाईको रथयात्रा वीरगन्ज (पर्सा), २३ असारः वीरगन्जको गहवामाई मन्दिर नवनिर्मित भएको १२ वर्षका अवसरमा वीरगन्जमा आज निकालिएको रथयात्रामा सहभागी भक्तजन । तस्बिरः हिमाल लम्साल÷रासस

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २३ असार । वीरगञ्जमा गहवामाईको दोश्रो रथयात्रा आज भव्य रुपमा सम्पन्न भएको छ । ऐतिहासिक गहवामाई मन्दिरको १२ औँ वार्षिकउत्सवको अवसरमा वीरगञ्जमा दोश्रोपटक रथयात्रा निकालिएको हो ।

गहवामाई मन्दिरको प्राङ्गणबाट आज विहान साढे ६ बजे प्रारम्भ भएको रथयात्रा घण्टाघर, रेलवे रोड, अमर चौक, छपकैया चौक, बिर्ता चौक, अलख्यामठ, आदर्शनगर चौक, महाविरस्थान गर्दै पुनः गहवामाई मन्दिरमा समापन भएको थियो ।  रथ यात्रमा हिन्दु धर्म र संस्कृति झल्किने विभिन्न झाँकी सहित तराई–मधेशका प्रचलित लोकबाजा प्रस्तुत गरिएको थियो ।

रथयात्रामा सहभागी भक्तजनका लागि विभिन्न सामाजिक संघसंस्थाले नगरका ठाउँ ठाँउमा चिसो पानी, सर्वत, लस्सी र जुस निशुल्क वितरण गरेका थिए । रथयात्रामा बारा, पर्सा र छिमेकी मुलुक भारतबाट हजारौँको संख्यामा भक्तजनहरुको सहभागिता रहेको रथयात्रा समितिका अध्यक्ष श्याम पोखरेलले बताए । उनले साँझ भजन किर्तन तथा अन्य सांस्कृतिक कार्यक्रमको आयोजना हुने जानकारी दिए । यसैगरी असार २४ गते बेलुका ५ बजे प्रसाद ग्रहण कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

काठको रथमा यसपटक विभिन्न दाताहहरुको सहयोगमा ३५ लाख मूल्यको करिब २८ केजी चाँदीबाट निर्मित डोलीमा गहवामाईको प्रतिमा राखिएको रथयात्रा समितिका अध्यक्ष पोखरेलले बताए । उनले चाँदीको प्रतिमा बाहेक यसपटकको रथयात्रामा करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान रहेको बताए । गतवर्षको रथयात्रामा ६० लाख संकलन भएको मध्ये ४० लाख खर्च भएको र २० लाख बचत भएको अध्यक्ष पोखरेलको भनाई छ ।

यस्तै रथयात्रामा भक्तजनहरुको सहभागिता जनाउनका लागि वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रभित्रका शिक्षण संस्थाहरु एक दिनका लागि बन्द गराइएको छ भने २ दिनसम्म माछामासु तथा मदिरा विक्री वितरणमा रोक लगाइएको छ । वीरगञ्जलाई धार्मिक पर्यटन केन्द्र बनाउने उदेश्यले विभिन्न समयमा महाआरती, रथायात्रा लगायतका कार्यक्रमहरु हुुँदै आएको छ । सोही अनुरुप आज दोश्रोपटक रथयात्रा निकालिएको वीरगञ्ज महानगरपालिका कार्यालयले जनाएको छ ।

गतवर्ष २०८० असार ५ गते पहिलोपटक वीरगञ्जमा रथयात्रा निलिकाएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि