Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘विहारीलाल लाठ कर्मवीर सम्मान पत्र’ बाट तीनजना समाजसेवी सम्मानित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ७, २०८०
‘विहारीलाल लाठ कर्मवीर सम्मान पत्र’ बाट तीनजना समाजसेवी सम्मानित

वीरगंज (पर्सा), ७ फागुन । रिलिफ सोसाइटी अफ कमर्स वीरगंजले विभिन्न क्षेत्रमा रही समाजमा योगदान पुर्‍याएका ३ जनालाई ‘विहारीलाल लाठ कर्मवीर सम्मान पत्र’ बाट सम्मानित गरेको छ । रिलिफ सोसाइटी अफ कमर्सका सँस्थापक महासचिव तथा पूर्व अध्यक्ष स्व. विहारीलाल लाठको १२ औं पुण्य तिथिको अवसरमा आयोजित एक कार्यक्रमबीच सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका २ जना तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएका १ जना गरि ३ जनालाई ‘विहारीलाल लाठ कर्मवीर सम्मान पत्र’ बाट सम्मानित गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि डा. रामअवतार खेतानले सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याए वापत सामाजिक अभियन्ता बेला अग्रवाल, धु्रव सिंह ठकुरी तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका फुलचन्द अग्रवाललाई दोसल्ला ओढाई कदर पत्र सहित सम्मान गरेका थिए ।

कार्यक्रममा स्व. विहारीलाल लाठका सुपुत्र गणेश लाठले बुवाले अस्वस्थ्ताका बाबजुद समाजसेवामा पुर्‍याउनु भएको योगदानबारे चर्चा गरेका थिए । उनले बुवालाई स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि समाजसेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएकोले अहिलेको युवा पुस्ताको लागि त्यो उदाहारणीय कार्य रहेको बताएका थिए । उनको त्यही समाजसेवा कार्यलाई सदैव स्मरण गर्नका निम्ति वर्षेनी यो सम्मान कार्यक्रम गरिँदै आएको बताए ।

यो सम्मानबाट सम्मानित हुनेहरुको योगदान समाजमा उल्लेखनीय रहेको उनको भनाई थियो । शारिरिक रुपमा अपाङ्ग भएपनि लामो समयदेखि ग्रामीण भेगका गरिब, असहाय बालबालिकाहरुलाई निःशुल्क शिक्षा प्रदान गर्दै आएकी बेला अग्रवालको कार्यलाई उच्च मूल्याँकन गर्दै यो कर्मवीर सम्मानपत्रबाट सम्मानित गरिएको हो । त्यसैगरि फुलचन्द अग्रवाल सीमावर्ती सहर रक्सौलमा रहेको डंकन हस्पिटल नजिकै रहेर खास गरेर नेपालका कुष्टरोगीहरुको उपचारको लागि लामो समयदेखि सेवा गर्दै आएकोले उनलाई सम्मान गरिएको हो ।

सोही कार्यक्रमबीच सोसाइटीले गरिब परिवारका १५ जना महिलालाई सिलाई मेशिन समेत वितरण गरेको छ । आर्थिक अवस्था न्यून रहेका तथा दैनिकी जीवन चलाउन समस्या परेका १५ जना किशोरी तथा महिलाहरुलाई रोजगार गरेर केही आय आर्जन गर्न सक्ने उद्देश्यले सिलाई मेशिन वितरण गरिएको हो । सोसाइटीले विभिन्न क्षेत्रमा सक्रिय रही सामाज परिवर्तनमा उल्लेख्य भूमिका निर्वाह गरेका सामाजिक अभियन्ताहरुलाई सम्मान गर्दै आएको छ । समाज, शिक्षा, स्वास्थ्य तथा पत्रकारिता क्षेत्रमा उल्लेख्यनीय भूमिका निर्वाह गर्नेहरुलाई वर्षेनी सम्मान गर्नुको साथै पुरस्कार समेत वितरण गर्दै आएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक साइकल र्‍याली

विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक साइकल र्‍याली

जेष्ठ २०, २०८३
जग्गा विवाद उग्र रूप लिँदा सामुहिक आक्रमण, घटनाको सत्यतथ्य छानविन गर्न दुबै पक्षको माग

जग्गा विवाद उग्र रूप लिँदा सामुहिक आक्रमण, घटनाको सत्यतथ्य छानविन गर्न दुबै पक्षको माग

जेष्ठ २०, २०८३
एक महिनादेखि बेपत्ता सशस्त्र प्रहरी असई र युवती काभ्रेको जंगलमा मृत फेला

एक महिनादेखि बेपत्ता सशस्त्र प्रहरी असई र युवती काभ्रेको जंगलमा मृत फेला

जेष्ठ २०, २०८३
आ.व. २०८३/०८४ को बजेटमा पनि परेन कमला पुल, सरकारप्रति जनताहरुको बढ्यो आक्रोश

आ.व. २०८३/०८४ को बजेटमा पनि परेन कमला पुल, सरकारप्रति जनताहरुको बढ्यो आक्रोश

जेष्ठ २०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि