Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

खानेपानी संस्थान वीरगंजमा कर्मचारीको अभाव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ९, २०८०
बक्यौता असुली गर्ने तयारीमा खानेपानी संस्थान

वीरगंज (पर्सा), ९ माघ । लामो समयदेखि दरबन्दी अनुसार कर्मचारी पदपूर्ति नहुँदा नेपाल खानेपानी संस्थान वीरगंज पर्साको कामकाज प्रभावित भएको छ । कर्मचारी नहँुदा सेवाप्रवाहमा समस्या भइरहेको कार्यालय प्रमुख इञ्जिनियर निरण महर्जनले जानकारी दिए । कार्यालयमा प्रमुखसहित ५२ जना कर्मचारीको दरबन्दी भएपनि हाल कार्यालय प्रमुखसहित १३ जना कर्मचारी मात्र कार्यरत छन् ।

कार्यालयमा एक जना कार्यालय प्रमुख, लेखा शाखातर्फ एक जना सहायक लेखा अधिकृत, एक जना वरिष्ठ सहायक लेखापाल, सहायक लेखापाल चार जना, कनिष्ठ लेखापाल दुई जना, प्रशासनतर्फ एक जना शाखा अधिकृत, दुई जना सहायक शाखा अधिकृत, एक जना वरिष्ठ सहायक, चार जना सिनियर मिटर रिडर, दुई जना कार्यालय सहायक, पाँच जना मिटर रिडर, दुई जना सवारी चालक र चार जना कार्यालय सहयोगीको दरबन्दी भएपनि हाल कार्यालय प्रमुख ई महर्जन, एक जना वरिष्ठ सहायक लोखापाल, एक जना कनिष्ठ सहायक, एक जना सिनियर मिटर रिडर र दुई जना मिटर रिडरका रूपमा कार्यरत रहेका छन् ।

यस्तै कार्यालयको इञ्जिनियरिङ शाखातर्फ एक जना इञ्जिनियर र सहायक प्राविधिक अधिकृतको दरबन्दी भएपनि ती दुबै पद रिक्त रहेको प्रमुख ई महर्जनले बताए । त्यस्तै उत्पादन तथा गुणस्तर शाखातर्फ एक जना केमिष्ट, एक जना सव इञ्जिनियर, १५ जना पम्प सञ्चालक, दुई जना स्याम्प्लर, तीन जना हेल्पर, दुई जना हेरालुको दरबन्दी भएपनि हाल हेरालु एक जना बाहेक सबै पद रिक्त रहेको कार्यालय प्रमुख महर्जनको भनाई छ । वितरण शाखातर्फ एक जना सव इञ्जिनियर, दुई जना सिनियर प्लम्बर, आठ जना कार्यालय सहयोगी र आठ जना कार्यालय सहयोगीको दरबन्दी भएकोमा हाल एक जना सिनियर प्लम्बर र चार जना कार्यालय सहयोगी मात्र कार्यरत छन् ।

दरबन्दी अनुसारको कर्मचारी नहुँदा दैनिक ज्यालादारीमा कर्मचारी राखेर कार्यालयको कामकाज सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रमुख ई महर्जनको भनाइ छ । तर बजेट अभावमा गत पुस १ गतेदेखि १३ जना दैनिक ज्यालादारी कर्मचारीलाई सेवाबाट हटाएर अहिले १० जना ज्यालादारी कर्मचारीबाट जेनतेन कार्यालयको कामकाज सञ्चालन गर्दै आएको उनले बताए । लामो समयदेखि दरबन्दी अनुसारको कर्मचारी नहँुदा सेवाग्राहीलाई सेवा प्रदान गर्न, प्रशासनिक टिप्पणी उठाउने, कम्प्युटरसम्बन्धी काम, कार्यालयको कार्यसम्पादन विश्लेषण र खानेपानीको धारा मर्मतलगायतको काम प्रभावित हुँदै आएको कार्यालय प्रमुख ई महर्जनको कथन छ ।

सीमित जनशक्तिका बाबजुद कार्यालयको कामसँगै सेवाग्राहीको गुनासो सुन्ने र समस्या समाधानका लागि निरन्तर काम गर्दै आएको उनको भनाइ छ । कार्यालयमा देखिएको जनशक्ति अभावबारे संस्थानको केन्द्रीय कार्यालयसहितको निकायमा पटक-पटक जानकारी गराएर कर्मचारी माग गरेपनि हालसम्म पदपूर्ति नभएको उनले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि