Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जनमत पार्टीका ‘सिंह’ को पालिकामा आतँक, पैसा नबुझाउने अधिकृतहरुलाई पालिकामा टिक्नै गाह्रो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २८, २०८०
जनमत पार्टीका ‘सिंह’ को पालिकामा आतँक, पैसा नबुझाउने अधिकृतहरुलाई पालिकामा टिक्नै गाह्रो

वीरगंज (पर्सा), २८ पुस । जनमत पार्टी पर्साका इन्चार्ज एवं पार्टी प्रवेश राष्ट्रिय संयोजक माधव सिंहले अहिले पर्साको स्थानीय तहमा आतँक मच्चाएका छन् । सप्तरी जिल्ला कोइलाडी गाउँपालिका वडा नंं. ६ घर भई वीरगंज बस्दै आएका सिंह पर्साको स्थानीय निकायमा हामिक सरुवाको नाममा आतँक मच्चाउँदै आएका हुन् ।

२०८० साउन २९ गते जनमत पार्टीबाट अनिता साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाए लगत्तै पार्टीका जिल्ला इन्चार्जहरुले तराईका अधिकाँश जिल्लामा प्रमुख प्रशासकीय अधिकृत फेरबदलको लागि पैसा असुल्न थालेका छन् । त्यही क्रममा पर्साका इन्चार्जको जिम्मेवारी पाएका सिंहले पर्साको पालिकाहरुमा अधिकृत फेरबदल गराउन, भएकै ठाउँमा टिकाउन एवं आफ्नो अनुकुल अधिकृत सरुवा गराएर ल्याउनका लागि लाखौं रकम असुल्दै आएका छन् ।

यहाँसम्म कि निमित्त प्रमुख प्रशासकीय अधिकृतमा टिकाउन एडभान्समा चेक पनि लिएको चर्चा छ । पर्साको पोखरिया नगरपालिकामा अजय श्रीवास्वतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतमा टिकाउनका लागि एडभान्समा चेक नै लिएको चर्चा छ । यति मात्रै होइन, यो त उदाहारण मात्रै हो । केही दिन अघि मात्रै बारा जिल्लाको बारागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल केसरीको अन्यत्र सरुवा भएको थियो, त्यस पश्चात सिंहले एक लाख रुपैयाँ बुझेपछि पुनः फिर्ता बोलाइदिए । अधिकृत फेरबदल उनको बायाँ हातको कुरा छ ।

इन्चार्ज सिंहले आफ्नो पार्टीको मन्त्री भएकोले पर्सा मात्रै होइन, बाराका केही जिल्लाका हाकिमहरुलाई सरुवा गराएका छन् । पार्टीलाई पैसा नबुझाएकै कारण उनले पर्साका अधिकाँश पालिकाका अधिकृतहरुलाई सरुवा गराई सकेका छन् । र पैसा बुझाउने अधिकृतहरुलाई सरुवा गराएका ल्याएका छन् । उनीबाट प्रमुख प्रशासकीय अधिकृतहरु त्रासको माहोल नै छाएको छ ।

पालिकामा पहिलादेखि नै कार्यरत रहेका प्रमुख प्रशासकीय अधिकृतहरुले पार्टीको फण्डको नामले पैसा नबुझाए प्रदेशको मन्त्रालय तथा अन्य निकायमा सरुवा गराईदिने र पैसा बुझाउने अधिकृतलाई पालिकामा सरुवा गराईदिने काम गर्दै आएका छन् । अनिता साह मन्त्री भएको ५ महिनाको अन्तरालमा सिंहले पैसा नदिने पर्साका एक दर्जन बढि प्रमुख प्रशासकीय अधिकृतहरुलाई फेरबदल गराई सकेका छन् । उनी यस कार्यमा माहिर मानिएका छन् ।

कुनैपनि अधिकृतलाई पालिकामा बस्नुछ भने जनमत पार्टीको फण्डको नाममा पैसा बुझाउनुपर्ने हुन्छ, नत्र सीमित समयमा बुझाउने प्रतिबद्धता दिए मात्रै पालिकामा सरुवा हुने गरेको छ, नदिए पुनः सरुवा फिर्ता गराउने गरेका छन् । अहिले पर्सा जिल्लाका अधिकाँश अधिकृतहरु एवं सरकारी कार्यालयहरुमा उनकै चर्चा छ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउतले भ्रष्टाचार विरोध अभियानको नौटंकी गरि रहेका छन् र उनका कार्यकर्ताहरु पार्टीको मन्त्रीको आडमा लुटतन्त्र नै मच्चाएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक साइकल र्‍याली

विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक साइकल र्‍याली

जेष्ठ २०, २०८३
जग्गा विवाद उग्र रूप लिँदा सामुहिक आक्रमण, घटनाको सत्यतथ्य छानविन गर्न दुबै पक्षको माग

जग्गा विवाद उग्र रूप लिँदा सामुहिक आक्रमण, घटनाको सत्यतथ्य छानविन गर्न दुबै पक्षको माग

जेष्ठ २०, २०८३
एक महिनादेखि बेपत्ता सशस्त्र प्रहरी असई र युवती काभ्रेको जंगलमा मृत फेला

एक महिनादेखि बेपत्ता सशस्त्र प्रहरी असई र युवती काभ्रेको जंगलमा मृत फेला

जेष्ठ २०, २०८३
आ.व. २०८३/०८४ को बजेटमा पनि परेन कमला पुल, सरकारप्रति जनताहरुको बढ्यो आक्रोश

आ.व. २०८३/०८४ को बजेटमा पनि परेन कमला पुल, सरकारप्रति जनताहरुको बढ्यो आक्रोश

जेष्ठ २०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि