Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राधाकृष्ण प्रा.वि.मा राजनीतिकरण : कार्यकर्ता भर्ति केन्द्र बन्दै गएकोप्रति स्थानीयको चिन्ता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ८, २०७९
राधाकृष्ण प्रा.वि.मा राजनीतिकरण : कार्यकर्ता भर्ति केन्द्र बन्दै गएकोप्रति स्थानीयको चिन्ता

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ८ फागुन / पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. ५ स्थित एक प्राथमिक विद्यालय अहिले राजनीति चपेटाको कारण विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । वडाध्यक्षदेखि पार्टीका नेता कार्यकर्ता एवं नगरपालिकाका मेयरसम्मको विद्यालयमा राजनीतिकरणले गर्दा विद्यालयमा विद्यार्थीहरुको भविष्य नै अन्धकारमा पर्ने देखिन्छ ।
ग्रामीण क्षेत्रका बालबालिकाहरुलाई शिक्षा हासिल गर्न सदरमुकाम वीरगंज धाउनुपर्ने बाध्यतालाई न्यूनीकरण हुने उद्देश्य सहित वि.स. २०६२ सालमा पोखरिया नगरपालिका वडा नं. ५ सतवरिया स्थित श्री राधाकृष्ण नेपाल राष्ट्रिय प्राथमिक विद्यालय विद्यालय संचालन गरिएको छ । विद्यालय संचालनदेखि हदसम्म पढाई हुँदै आएकोमा स्थानीय तहको मातहतमा विद्यालय आएदेखि राजनीतिकरणको चपेटामा परेको कारण बालबालिकाको भविष्य भन्दा पनि विद्यालयको भविष्य नै अन्यौलमा परेको छ ।
स्थानीय तहका जनप्रतिनिधहरुले आफ्नो पायक पर्ने शिक्षकलाई ल्याउने र कायकर्तालाई भर्ति गर्ने कार्यले गर्दा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको भविष्य अन्धकारमा पर्ने स्थानीयहरु चिन्तित भएका छन् । कक्षा १ देखि ५ सम्म पढाई हुने विद्यालयमा जम्मा १ सय ८७ जना विद्यार्थीहरु अध्ययनरत छन् तर उपस्थिति भने ३० देखि ३५ प्रतिशत मात्रै । त्यसमा पनि विद्यार्थीहरुलाई बस्नको लागि बेन्च छैन, बालबालिकाहरु भुइँमै बसेर अध्ययन गर्ने गरेका छन् ।
१ सय ८७ जना विद्यार्थीहरुलाई अध्यापन गराउनका लागि २ जना राहत, १ जना बालविकास तथा १ जना कार्यालय सहयोगी कार्यरत रहँदै आएकोमा हाल ४ जना कर्मचारी थपिएका छन् । अहिले निम्न माध्यमिक तहका स्थायी शिक्षक लालबाबु प्रसाद चौहान प्रधानाध्यापक भएर विद्यालयमा हाजिर भएका छन् तर उनले एक्लै होइन, थप ३ जना कर्मचारीलाई सँगै लिएर गएका छन् ।
पहिलाकै ४ जना शिक्षकहरु अध्यापन गराउँदै आएकोमा अहिले १ जना स्थायी शिक्षक, २ जना कार्यालय सहयोगी सहित ८ जना कर्मचारी छन् । प्रधानाध्यापक चौहान पनि त्यही वडाका बासिन्दा हुन् । आफ्नै ठाउँको विद्यालयमा आएर शिक्षाको गुणस्तरीय बढाउनुको सट्टा आफूले पुच्छर समातेको नेताको आशिर्वादमा प्रधानाध्यापक भएर आएकोेले उनको इसारामा विद्यालयमा कार्यकर्ता भर्ने कार्यलाई तिब्रता दिएका छन् ।
प्रधानाध्यपाक चौहानले वडा नं. ५ का वडाध्यक्ष महिन्द्र महतो चाँईको निर्देशनमा विना कुनै नियम प्रक्रिया पुरा गरि ३ जना कर्मचारीलाई विद्यालयमा काम गराई रहेका छन् । न कुनै सूचना, न कुनै नियुक्ति, सिधै कक्षा कोठामा आएर बालबालिकालाई अध्यापन गराउने र कार्यालय सहयोगीले खाजा बनाउने, पानी ल्याउने काम गरि रहेको छ । विना कुनै जानकारी विद्यालयमा ४ जना कर्मचारी थपिएपछि स्थानीयहरुले विरोध गरेका छन् । वडाध्यक्षको इसारामा प्रधानाध्यापकले कुनै नियम प्रक्रिया नै पुरा नगरी शिक्षकलाई अध्यापन गराउन लगाएको स्थानीय संजय कुमार साहले जानकारी दिए ।
उनका अनुसार विद्यालयमा शिक्षकको आवश्यकता रहेकोले नियम प्रक्रिया पुरा गरि शिक्षक भर्ना गर्नुपर्ने बताए । वडाध्यक्षको निर्देशनमा हावा तालमा जो सुकै व्यक्ति पनि आएर विद्यालयमा अध्यापन गराउने कार्यले भोलिको दिनमा विवाद हुन सक्ने र कार्यकर्ता भर्ति केन्द्रको रुपमा परिणत हुने भएकोले यसलाई तत्काल सच्याउनुपर्ने माग गरे । शिक्षको आवश्यकता रहेकोले प्रअ चौहान वडाध्यक्षलाई भनेर २ जना शिक्षक र २ जना स्वयसेवकलाई पठाउन लगाएको कार्य नियमसंगत नरहेको र यसले दीर्घकालीन समस्याको समाधान पनि नहुने भएकोले नियम प्रक्रिया पुरा गरि शिक्षक भर्ना गर्नुपर्ने अथवा नगरपालिकासँग माग गर्नुपर्ने बताए ।
विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने मनसाय नै छ भने गाउँभेला गरेर कुनै ठोस निर्णय गरि मात्रै अगाडि बढ्नुपर्ने बताए । नत्र वडाध्यक्षले जो सुकैलाई पठाउँदैमा आएर अध्यापन गराउने कार्य बन्द हुनुपर्ने बताए । यहाँका अधिकाँश नागरिकहरुको बालबालिकाहरु शिक्षा हासिल गर्नका लागि वीरगंज धाउनु परेकोले गाउँघरका विद्यालयहरुमा गुणस्तरीय शिक्षाको व्यवस्था गर्नुपर्ने बताए ।
यसैगरि अर्का स्थानीय अब्द्वेयल आलमले विद्यालयमा निःशुल्क सेवा दिने नाममा पार्टीका कार्यकर्ताहरुलाई भर्ति गर्ने कार्य भएकोले यसलाई तत्काल रोक्नुपर्ने माग गरे । उनले प्रधानाध्यापक चौहान विद्यालयमा हाजिर भएको एक महिना नवित्दै विद्यालयमा निःशुल्क सेवा दिने व्यक्तिहरुको घुइँचो लागेको व्यङ्गयात्मक प्रतिक्रिया दिए । यहाँसम्म कि निःशुल्क सेवा दिने कार्यालय सहयोगीहरुको पनि लाइन लागेको बताए । उनले यस विद्यालयको अवस्था असाध्यै दयनीय रहेको र त्यसमा पनि राजनीतिकरण बढेकोले विद्यालयको भविष्य नै अन्कारमय बनेको बताए ।
यसबारे विद्यालयका प्रधानाध्यापक लालबाबु प्रसाद चौहानले आफू यही माघ ३ गतेबाट कार्यभार सम्हालेकोले विस्तारै विद्यालयको समस्यालाई सुधार गर्दै जाने बताए । उनले दरबन्दी अनुसार १ जना स्थायी, २ जना राहत तथा १ जना बालविकास तथा १ जना कार्यालय सहयोगी कार्यरत रहँदै आएकोमा गाउँघरकै थप २ जना व्यक्तिले अध्यापन गराई रहेको र १ जना कार्यालय सहयोगीले खाजा बनाउने कार्य गरि रहेको स्वीकारे ।
उनले हाल कार्यरत व्यक्तिहरुको कुनै नियुक्ति नभएको र अनुभव बटुल्नको लागि र विद्यायलाई सहयोग गर्ने उद्देश्यले उनीहरु विद्यालयमा अध्यापन गराउँदै आएको बताए । विद्यालयमा श्रमदान गर्न ३ जना व्यक्तिहरु कार्यरत रहेको तर विवाद उत्पन्न भएको चाँडै नियम प्रक्रिया पुरा गरि शिक्षक भर्ना गरिने बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि