Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नगरवासिको समस्या बुझ्न टोलटोलमा पुगे मेयर सिंह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २५, २०७९
नगरवासिको समस्या बुझ्न टोलटोलमा पुगे मेयर सिंह

वीरगंज (पर्सा), २५ मंसिर / वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नगरका विभिन्न टोलमा पुगेर नगरवासीसँग सुझाव लिन थालेका छन् । नगरवासीकै चाहना अनुरुप काम गर्ने प्रतिबद्धता जनाएका सिंहले नगरको विकासमा नगरवासीको प्रत्यक्ष सहभागिता गराउन उनीहरुका सुझाव संकलन गर्न सुरु गरेका हुन् ।
मेयर सिंहले शनिबार विहान वडा नम्वर १ बजार छपकैयाँको नयाँ टोलामा स्थानीयलाई भेट्दै त्यहाँको विकासका लागि गर्नु पर्ने कामका बारेमा सुझाव लिएका छन् । मेयर सिंहसहित पुगेको टोलीलाई स्थानीयले फुलमाला लगाएर स्वागत गर्दै आफ्नो टोलमा बाटो, नाला र विद्युतीय तारको व्यवस्था मिलाइदिन आग्रह गरे ।
स्थानीयको समस्या सुन्दै मेयर सिंहले आफूहरु समस्या समाधानका लागि नै टोलटोलमा आएको भन्दै अगाडि आएका समस्या समाधानका लागि तत्काल काम अघि बढाइने बताए । कर्मचारीसहित लिएर पुगेका मेयर सिंहले नयकाटोलाको सडक र नाला निर्माणका लागि आवश्यक इस्टिमेट तयार पारेर काम अघि बढाउन निर्देशन दिए ।
सँगै रहेका वडा सदस्य दिपेन्द्र राउतले विद्युतीय तारका लागि प्राधिकरणसँगको समन्वयमा तत्काल समस्या समाधान गर्ने गरी काम गर्ने स्थानीयलाई प्रतिबद्धता दिलाए । नयकाटोलाबाट निस्केका मेयर सिंहले वडा नम्वर २४ रामगढवामा पुगेर त्यहाँ निर्माण भइरहेको सडक ढलानको अनुगमन गर्दै गुणस्तरीय काम गर्न निर्देशन दिए ।
ढलानमा प्रयोग भइरहेको छड तथा सिमेन्ट बालुवाको मिश्रण परीक्षणका लागि कर्मचारीलाई निर्देशन दिँदै सडक ढलानको ठेक्का लिएका ठेकेदारलाई पनि मापदण्ड अनुरुप निर्माण गर्न निर्देशन दिए । त्यस लगत्तै रामगढवाका स्थानीयसँग भेट गर्दै उनले त्यहाँको विकासका लागि गर्नु पर्ने कामको सुझाव मागेका थिए ।
स्थानीयले तिलाबे नदीका कारण वर्षायाममा आफ्नो टोल डुबानमा पर्ने भएकाले त्यसका लागि सहज निकासको उपलब्ध गराउन नाला र सडक निर्माण गरिदिन आग्रह गरे । त्यहाँबाट वडा नम्वर २१ परवानीपुर पुगेका सिंहले धम्म तराई विपश्यना केन्द्र अगाडी रहेको पार्ककको निरीक्षण गर्दै त्यसलाई व्यवस्थित बनाउन निर्देशन दिए । शनिबार नै मेयर सिंहसहितको टोली वडा नम्वर २७ रामपुर जसौली पुग्यो । तिलाबे नहर वारी नै गाडी रोकेर साँघुरो कल्भर्ट हुँदै पुगेको टोलीलाई त्यहाँका स्थानीयले पुल नहुँदा आफूहरुले समस्या भोगि रहेको भन्दै नहरमा सवारी आउजाउ गर्न मिल्ने पुल बनाइदिन आग्रह गरे ।
मेयर सिंहले आफूहरु त्यसैको लागि आएको भन्दै सँगै रहेका इन्जिनियर भरत बहादुर थापालाई नापजाँच गरेर इस्टिमेट तयार पार्न निर्देशन दिए । रामपुर जसौलीमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक स्तरोन्नतिका साथै शैक्षिक अवस्था सुधारका लागि आवश्यक व्यवस्था मिलाउने पनि मेयर सिंहले प्रतिबद्धता जनाए ।
त्यहाँबाट वडा नम्वर २२ जगरनाथपुर फर्केको टोलीले त्यहाँ स्थानीयसँग छलफल गर्दै स्थानीय स्तरमा रहेका समस्याको जानकारी लियो ।
विभिन्न वडामा चालु रहेका योजनाको अनुगमन, गर्नु पर्ने कामहरुको प्राथमिकिकरण र योजना कार्यान्वयनका लागि मेयर सिंह कर्मचारीसहित टोलटोलमा पुग्न लागेका हुन् । मेयर सिंहले प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, योजना शाखाका राजेश चौरसिया, इन्जिनियर भरत बहादुर थापा लगायतको टोली लिएर टोल टोल पुगेका हुन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

असार २०, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि