Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा क्षेत्र नं. १ को (ख) मा ४ जना उम्मेदवारबीच प्रतिस्पर्धा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १, २०७९
पर्सा क्षेत्र नं. १ को (ख) मा ४ जना उम्मेदवारबीच प्रतिस्पर्धा

वीरगंज (पर्सा), १ कात्तिक / पर्सा क्षेत्र नं. १ को (ख) प्रदेशसभा निर्वाचनमा ४ जना उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नं. १ को (ख) मा २० जना उम्मेदवार रहेपनि चार जना उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।
यस क्षेत्रमा प्रदेशसभा सदस्यको लागि विभिन्न दलबाट ८ जना र स्वतन्त्र १२ जना गरि २० जना उम्मेदवार छन् । जस मध्ये गठबन्धनका दुई उम्मेदवार र एक स्वतन्त्र सहित अन्य दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
यस क्षेत्रबाट प्रदेशसभा सदस्यको लागि एमाले–जसपा गठबन्धनबाट मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी उम्मेदवार छन् भने नेपाली कांग्रेस – नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टीसहितको पाँच दलीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामनारायण कुर्मी उम्मेदवार छन् ।
त्यसैगरी, हाम्रो नेपाल पार्टीबाट ओमप्रकाश सर्राफ, जनता प्रगतिशिल पार्टीबाट अंकुश पटेल, नेपाल सुशासन पार्टीबाट मनौवर हुसेन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनय प्रसाद झा, जनम पार्टीबाट शिव प्रसाद यादवर र नेपाल लोकतान्त्रिक पार्टीबाट हरिन्द्र प्रसाद कुर्मी उम्मेदवार छन् ।
त्यसैगरी, स्वतन्त्रबाट आफताब अहमद, कासिम मियाँ धोबी, जुनैद हवारी, पुन्देश्वर प्रसाद यादव, मुकेश साह सोनार, राकेश कुमार दुबे, रामरुप प्रसाद साह, रोगिन्द्र ठाकुर हजाम, विशाल कुमार, शशिकपुर मियाँ, श्याम प्रसाद गुप्ता र सन्तोष कुमार श्रेष्ठ उम्मेदवार छन् ।
२० जना उम्मेदवार रहेपनि जसपाका उम्मेदवार मुख्यमन्त्री लालबाबु राउत, कांग्रेसका रामनारायण कुर्मी, हाम्रो नेपाल पार्टीका ओमप्रकाश सर्राफ र स्वतन्त्र उम्मेदवार शशिकपुर मियाँबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।
उम्मेदवार राउत जसपाका कार्यकारणी समिति सदस्य हुन् । वीरगंज महानगरपालिकाको वडा नं. १३, तेजारथ टोल निवासी उम्मेदवार राउत यस अघिको निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भई मुख्यमन्त्री बनेका हुन् तर उनीमाथि विभिन्न प्रकरणमा भ्रष्टाचारको आरोप पनि लागेको छ भने मुख्यमन्त्री बनेपनि आफ्नो क्षेत्रमा जनतालाई सन्तुष्ट हुनेगरि काम नगरेको कारण यस पटक उनीबाट वीरगंजबासी असन्तुष्ट छन् ।
अर्का गठबन्धनका उम्मेदवार कुर्मी कांग्रेस पर्साका जिल्ला उपसभापति हुन् । वीरगंज महानगरपालिकाको वडा नं. १४ ठुलो पिपरा निवासी कुर्मी यस अघिको निर्वाचनमा प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं. १ को (क) बाट चुनाव लडेपनि पराजित भएका थिए ।
अर्का प्रतिस्पर्धी उम्मेदवार सर्राफ लोसपाको वीरगंज महानगर अध्यक्ष हुन् । वीरगंज महानगरपालिकाको वडा नं. १६ नगवा निवासी सर्राफलाई लोसपाले टिकट नदिएपछि हाम्रो नेपाल पार्टीबाट उम्मेदवार भएका हुन् । समाजिक कार्यमा सक्रिय रहने सर्राफ यस अघिको निर्वाचनमा यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा स्वतन्त्र चुनाव लडेका थिए । त्यस यता उनी विभिन्न सामाजिक कार्यमा सक्रिय छन् । चुनावमा पराजित भएपनि समाजमा उनको क्रेज बढि छ ।
पदमा नरहेपनि उनी सधैं जनताको साथमा हातेमालो गर्दै सामाजिक कार्य गर्दै आएका छन्, जसले गर्दा यसपटक उनी दल वा स्तन्त्रबाट भएपनि उनलाई जिताउने स्थानीय जनताहरुको भनाई छ । सर्राफ अहिले आफ्नो चुनावी अभियानलाई तिब्रता दिएका छन् । जनताको घरदैलोमा पुगी भोट माग्ने कार्यलाई तिब्रता दिएका हुन् । उनले गरेका विगतका सामाजिक कार्यलाई मूल्याँकन गर्दै जनताले यस पटक आफूलाई जिताउने उनको विश्वास छ ।
उम्मेदवार मियाँ लोसपाका केन्द्रिय सदस्य हुन् । वीरगंज महानगरपालिकाको वडा नं. १३ मूर्ली निवासी मियाँलाई पनि लोसपाले टिकट नदिएपछि स्वतन्त्र चुनाव लडेका हुन् । मियाँ मधेशी दलका पुराना नेता हुन् । उनी मधेश मुद्दाका वकालत गर्ने पुराना नेता भएपनि अवसर नपाएका कारण पछाडी परेको वताइन्छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

चैत्र ३०, २०८२
सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

चैत्र ३०, २०८२
विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

चैत्र ३०, २०८२
भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

चैत्र ३०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि