Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कालिकामाईकाे समस्या समाधान गर्न मागः आगजनीदेखि मल र शिक्षक अभावसम्मका मुद्दा प्रशासनमा

पालिका कार्यालयको आगजनी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न माग, वडाध्यक्ष पदमुक्त भएपछि प्रभावित सेवा प्रवाहदेखि भूमिहीनलाई जग्गाधनी पुर्जा र किसानलाई पर्याप्त मल उपलब्ध गराउन प्रशासनको ध्यानाकर्षण ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ७, २०८३
कालिकामाईकाे समस्या समाधान गर्न मागः आगजनीदेखि मल र शिक्षक अभावसम्मका मुद्दा प्रशासनमा

वीरगंज (पर्सा), ७ मंसिर । पर्साको कालिकामाई गाउँपालिका–१ का स्थानीयवासीले लामो समयदेखि भोग्दै आएका जनसरोकारका समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय पर्साको ध्यानाकर्षण गराएका छन् । पालिका कार्यालयमा भएको आगजनीको निष्पक्ष छानबिन, वडा कार्यालयको सेवा प्रवाह सुचारु, भूमिहीनलाई जग्गाधनी पुर्जा, किसानलाई पर्याप्त मल तथा विद्यालयमा शिक्षक व्यवस्थापन गर्न माग गर्दै उनीहरूले प्रशासनसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।

स्थानीय सन्देश यादव र श्यामप्रसाद कुशवाहाले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै कालिकामाई–१ का नागरिकले भोगिरहेका समस्याप्रति गम्भीर बन्न र समाधानका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन तथा पत्राचार गरिदिन आग्रह गरेका छन् ।

ज्ञापनपत्रमा सबैभन्दा पहिले गाउँपालिका कार्यालयमा भएको आगजनी घटनालाई उठाइएको छ । उक्त घटनाको निष्पक्ष र पारदर्शी अनुसन्धान गरी वास्तविक दोषी पहिचान गर्नुपर्ने उनीहरूको माग छ । घटनामा प्रमाण नष्ट गर्ने उद्देश्य वा राजनीतिक प्रतिशोधका कारण आगजनी गराइएको हुन सक्ने आशंका व्यक्त गर्दै त्यसमा संलग्न जोकोहीलाई राजनीतिक संरक्षणबिना कानुनी कारबाहीको दायरामा ल्याउन उनीहरूले जोड दिएका छन् ।

त्यस्तै, पार्टी परित्यागका कारण वडा नं. १ का वडाध्यक्ष पदमुक्त भएपछि वडा कार्यालयबाट प्रवाह हुने नियमित सेवासमेत प्रभावित भएको ज्ञापनपत्रमा उल्लेख छ । जनप्रतिनिधिसम्बन्धी राजनीतिक विवादको असर सर्वसाधारण नागरिकले भोग्नुपर्ने अवस्था अन्त्य गर्दै दैनिक प्रशासनिक तथा सिफारिसलगायतका सेवा सहज रूपमा उपलब्ध गराउन तत्काल वैकल्पिक व्यवस्था मिलाउन माग गरिएको छ ।

भूमिहीनलाई पुर्जा, किसानलाई मल र सिँचाइको माग
स्थानीयवासीले वडा नं. १ अन्तर्गतका रविदास, टिनडोबिया र मुडलीका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गासम्बन्धी समस्या पनि उठाएका छन् । वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग समन्वय र पहल गर्न उनीहरूले माग गरेका छन् ।

कृषि क्षेत्रमा देखिएका समस्यालाई पनि ज्ञापनपत्रमा प्राथमिकताका साथ समेटिएको छ । मुडली, टिनडोबिया र रविदासका किसानलाई सिँचाइ सुविधा सहज बनाउन गाउँको पूर्वतर्फ तथा उत्तर–दक्षिण दिशामा बग्ने नहरको समयमै सरसफाइ र उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ ।

त्यसैगरी, रासायनिक मलको अभावले किसानलाई खेतीपाती गर्न कठिनाइ भइरहेको भन्दै साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत गाउँपालिकामा मलको आपूर्ति उल्लेख्य रूपमा बढाउन आग्रह गरिएको छ । हाल प्रत्येक कोटामा उपलब्ध हुँदै आएको ४२० बोरा मलको परिमाण बढाएर ६ हजार बोरा पुर्‍याउनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।

तीन वर्ष पुरानो शिक्षक भर्नाको सूचना कार्यान्वयन गर्न दबाब
शिक्षा क्षेत्रको समस्यालाई समेत प्रशासनको ध्यानाकर्षण गराउँदै स्थानीयवासीले गाउँपालिकाभित्रका विद्यालयमा शिक्षक अभाव रहेको विषय उठाएका छन् । शिक्षकको कमीका कारण पठनपाठन प्रभावित भइरहेकाले आवश्यक जनशक्ति तत्काल व्यवस्थापन गर्नुपर्ने उनीहरूको भनाइ छ ।

यसका लागि २०८० पुस १६ गते प्रकाशित स्वयंसेवक शिक्षक तथा कर्मचारी पदपूर्तिसम्बन्धी सूचना कार्यान्वयन गरी माध्यमिक र निम्न माध्यमिक तहका विद्यालयमा आवश्यक शिक्षक नियुक्त गर्न माग गरिएको छ ।

स्थानीयवासीले आगजनी घटनाको अनुसन्धानदेखि शिक्षा, कृषि, भूमिहीनको समस्या र सार्वजनिक सेवा प्रवाहसम्मका विषयमा प्रशासनले गम्भीरतापूर्वक चासो लिनुपर्ने बताएका छन् । ज्ञापनपत्रमा उल्लिखित मागहरूमा आवश्यक छानबिन गरी सम्बन्धित निकायमार्फत समस्या समाधानको प्रक्रिया अघि बढाउन प्रमुख जिल्ला अधिकारी दाहालसँग आग्रह गरिएको छ ।

कालिकामाई–१ का स्थानीयले उठाएका यी मागले गाउँपालिकामा सुशासन, सार्वजनिक सेवा, कृषि र शिक्षासँग जोडिएका समस्या एकसाथ सतहमा ल्याएका छन् । अब प्रशासन र सम्बन्धित स्थानीय निकायले यी मागलाई कागजी आश्वासनमा सीमित नराखी कति छिटो कार्यान्वयनमा लैजान्छन् भन्ने चासो बढेको छ ।

Tags: जिल्ला प्रशासन कार्यालय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

किसान परिवारका तीनै दाजुबहिनी निजामती सेवामा, मेहनतले फेरियो परिवारको पहिचान

किसान परिवारका तीनै दाजुबहिनी निजामती सेवामा, मेहनतले फेरियो परिवारको पहिचान

मंसिर ७, २०८३
कालिकामाईकाे समस्या समाधान गर्न मागः आगजनीदेखि मल र शिक्षक अभावसम्मका मुद्दा प्रशासनमा

कालिकामाईकाे समस्या समाधान गर्न मागः आगजनीदेखि मल र शिक्षक अभावसम्मका मुद्दा प्रशासनमा

मंसिर ७, २०८३
गर्भवती महिलाको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड, चारजना पक्राउ

गर्भवती महिलाको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड, चारजना पक्राउ

मंसिर ७, २०८३
जनकपुरधाम-अयोध्याबीच सिधा रेल सेवा सुरुः धार्मिक, सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने अपेक्षा

जनकपुरधाम-अयोध्याबीच सिधा रेल सेवा सुरुः धार्मिक, सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने अपेक्षा

मंसिर ७, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि